
पूर्णपुष्टि, २८ असोज ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा झुण्डिएको अवस्थामा मिहिला मृत फेला परेको छ । पालिकाको वडा नं ३ स्थित क्षत्र भुजेलको श्रीमती २० बर्षिया निङ्मा यान्जी शेर्पाले कोठा भित्र सलमा झुण्डीएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ । आईतबार कोठामा सलमा झुन्डीएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । श्रीमान क्षत्र भुजेलले झुन्डिएको अवस्थामा श्रीमतीलाई फेला पारेपछि बचाउन सकिन्छ भन्ने उदेश्येले सलबाट निकालेर खाटमा राखेका थिए । तर श्रीमती भने मृत अवस्थामा थिए । माईती पक्षबाट हत्याको दावी गरेको छ । माईती पक्षले हत्या गरेको आरोप लागाउँदै भुन्डिएको कुरामा बिरोध गरेको छ । मृत महिलाको पोष्ट मार्टम गर्न जिल्ला हस्पिटल उदयपुर ल्याईएको छ । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
