
पूर्णपुष्टि, उदयपुर, पुष २८ गते ।
नेपाली कम्युनिष्ट पार्टी उदयपुरले भर्खरै मात्र आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादी सहितको नेपाल कम्युनिष्ट पार्टीले उदयपुरमा पनि १८ जनाको नाम सिफारिस गरेको हो । उक्त सिफारिसमा पूर्व एकीकृत समाजवादी पार्टीका युवाहरु भने असन्तुष्ट रहेको छ । पूर्व एकीकृत समाजवादीका युवाहरु र जेन्जीहरुको माग अनुसार युवाहरुलाई उम्मेदवारी सिफारिस नगरेको भन्दै समाजवादी निकट युवा संघ नेपालले आफै उम्मेदवारी सिफारिस गरेको हो । अध्यक्ष टिका राम राई र सचिव राजेश दनुवारको हस्ताक्षर पत्रमा उम्मेदवारको नाम सिफारिस गरेको हो । ५ जना युवा तथा जेन्जीहरुको नाम सिफारिस गरेको हो । जसमा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ राजेश दनुवारको नाम सिफारिस गरेको छ भने २ बाट जेन्जी युवा सुदिप राई र लक्की राईको नाम सिफारिस भएको छ भने समानुकपाति तर्फ क्षेत्र नं २ बाट टिकाराम राई र क्षेत्र नं १ बाट बेनी ठाकुरको नाम सिफारिस गरेको हो ।

