Wednesday, May 20News That Matters

क्षतिग्रस्त त्रियुगा नगरपालिकाले अझै सेवा संञ्चालन गर्न सकेन

पूर्णपुष्टि, उदयपुर, भदौ २९ गते
देशभरका स्थानीय पालिकाहरु क्रमागत रुपमा संञ्चालन हुँदै गर्दा उदयपुरको त्रियुगा नगरपालिका भने अझै संञ्चालनमा आउन सकेको छैन । जेन्जी आन्दोलनका निसानामा परेको त्रियुगा नगरपालिकामा काम गर्न सक्ने अवस्था छैन । आन्दोलनकारीका अराजक समूह छिरेर भौतिक संरचना र सामानहरुमा तोडफोड गरेपछि पालिका संञ्चालनमा समस्या भएको हो । पालिका भित्र रहेका कम्प्युटर, ल्यापट, कुर्सि टेवुल लगायतका सामाग्रीहरु पूर्ण रुपमा क्षती पुगेको छ । आईतवार कर्मचारी र जनप्रतिनिधिहरु छलफलमा जुटेका छन् । छलफलपछि संञ्चालन बारे निष्कर्ष निकाल्ने जनाईएको छ ।