
पूर्णपुष्टि/उदयपुर, भदौ २८ ।
माओवादी मजदुर पार्टीका महासचिव हिमालसिंह राईले जेनजी पुस्ताले एउटा आन्दोलन छेड्न सफल भएकोमा बधाई तथा शुभकामना दिएका छन् । उनले जेनजी पुस्ता सहित भएरै पनि इतिहास रचेको बताएका छन् । उनले चालिसौ बर्षको पुराना सडेगलेका चरम भ्रष्टाचारीहरुलाई ठिक पारेर छाडेकोमा प्रशंसा गर्दै अवका दिनमा यस्तै न्यायपूर्ण आवाज उठाइरहन भनेका छन् । उनीहरुको आन्दोलनलाई जनविद्रोहको रुपमा ब्याख्या गर्दै उनले नेताहरुको अहमता, घमण्ड, शोषण र गलत आचरणलाई उदाङ्गो पारिदिएको बताएका छन् । जेनजीको उच्च विचार र पवित्र धारणाको उच्च कदर गर्ने आज हिजो विज्ञप्ती जारी गर्दै बताउनुभएको छ ।
