Saturday, May 16News That Matters

खोटाङमाथि उदयपुरको शानदार जित

पूर्णपुष्टि कार्तिक ९ । बडादशै तथा शुभ दिपावलीको अबसर पारेर खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका चिसापानीमा आयोजित वडास्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधी त्रियुगा नगरपालिका, उदयपुरले जितेको छ ।

कातिक ५ गते सोमबारदेखि सुरु भएको प्रतियोगिताको बिहिबार सम्पन्न फाईनल खेलमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबु कुभिण्डेले ३–१ को सेटमा जितेको हो । खाँबुको कुभिण्डेले खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिकाको वडा नम्बर २ देबिस्थान टिमलाई पहिलो सेट २५–१३, तेस्रो सेट २५–२१ चौथो सेट २५–२३ ले जितेको हो । प्रतियोगितामा उदयपुर खोटाङ जिल्लाको बिभिन्न १८ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उप बिजेता खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको वडा नम्बर २ देबिस्थान भयो भने तेस्रो खोटेहाङ गाउँपालिकाको वडा नम्बर २ बाप्लुखा भलिबल टिम भएको थियो ।

जन्तेढुङ्गा गाउँपालिकाका पूर्ब अध्यक्ष स्वर्गीय शंकर राईको स्मृतिमा आयोजित दोस्रो स्मृति भलिबल प्रतियोगताका बिजेता टिमले ४४ हजार ५ सय, उपबिजेता टिमले २५ हजार ५ सय र तेस्रोले १५ हजार ५ सय नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र पाएका छन् । भलिबल प्रतियोगिताको ब्यबस्थापनको जिम्मेबारी लिएका राजन बस्नेतले त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबु कुभिण्डेबाट मोटर साईकलमा ५ घण्टा टाढा दुरी चिसापानीमा भलिबल टिम लगेर प्रतियोगिता जिताउन हौसला प्रदान गरेका थिए ।

अहिले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबु कुभिण्डेले त्रियुगा नगरपालिकामा नै राम्रो भलिबल खेलाडी उत्पादन गरिरहेको कुभिण्डेकै पूर्ब भलिबल खेलाडी कटक बहादुर राई (कौशल) बताउँछन् । यस बर्षको बडा दशै अघि पनि कुभिण्डेमा नै बृहत खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।