Wednesday, May 27News That Matters

गाईघाटमा सुरु भयो दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला

पूर्णपुष्टि, १ पुष ।
उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला सोमवारबाट सुरु भएको छ । झिँगु नेवा पुँच उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिका र ११ नं वडाको सह आयोजनामा मेला सुरु भएको हो । मेलामा आदिवासी जनजातिका परिकारहरुलाई बिषेश प्राथामिकता दिईएको छ । नेवारी, किराती, थारु, दनुवार, भुजेल लगायत बिभिन्न आदिवासी जनजातिको परिकारहरु मेलामा समावेश छ । मेलाको मुख्य आकर्षण आदिवासी जनजातिहरुको खानाको परिकार, जातजातिको भेषभुषा, बिभिन्न जातजातिमा आधारित झाँकी प्रदर्शन तथा सांस्कृतिक मनोरञ्जन रहेको छ । सामूहिक प्रतिबद्धता र सहकार्यको थालनी, लोक संस्कृतिको जगेर्ना, होमस्टेको अवधारणा अनुसार संस्कृतिक तथा धार्मिक सद्भाव जस्ता उदेश्य प्राप्तीका लागि ।मेलाको आयोजना हुने गरिएको आयोजकले जनाए ।