Tuesday, April 21News That Matters

गृहमन्त्री लेखकले राजीनामा दिने

पूर्णपुष्टि, २३ भदौ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको बैठकमा गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन नेताहरूले माग गरेको छ ।

बैठकको सुरूवातमै महामन्त्री विश्वप्रकाश शर्माले जेनजीको प्रदर्शनमा धेरै मानिसहरूको मृत्यु भएकोले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्।

उक्त कुरामा समर्थन जनाउँदै अर्का महामन्त्री गगन थापाले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनु उपयुक्त हुने बताए।

‘सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कुरा स्वीकार गर्न हुँदैनथ्यो,’ थापाले भने।

साथै उनले कांग्रेस र एमाले गठबन्धन सरकारको औचित्य के हो भनेर पनि सोधेका थिए। ‘कांग्रेस र एमाले सरकारको औचित्य के होरु परि आए गठबन्धन सरकारबाट अलग हुनुपर्छ,’ महामन्त्री थापाले भने।