Tuesday, April 21News That Matters

उदयपुरका निजी विद्यालयहरुले दियो सोक विदा

पूर्णपुष्टि, २४ भदौ ।
उदयपुरमा निजी विद्यालयहरुले दुई दिन सोक विदा दिएको छ । सोमवार जेन्जी आन्दोलनमा ज्यान गुमाउनेहरु प्रति श्रदान्जली व्यक्त गर्दै निजी विद्यालयहरु मंगलबार र बुधार सोक विदा दिएको हो । जिल्लामा रहेका प्यावसन, नेशनल प्यावस, अपेन, हिसान लगायतमा आवद्ध निजी विद्यालयहरु सोक विदा दिएको हो । यी निजी विद्यालयका बिभिन्न छाता संगठनले जेन्जी आन्दोलनका मृतकहरु प्रति श्रदान्जली ब्यक्त गर्दै सरकारको लापर्वाहीलाई गम्भीर ध्यानाकर्षण समेत गरेको छ । विद्यार्थी पुस्तानै बिषेशगरी जेन्जी पुस्ता रहेको भन्दै नयाँ पुस्ताको अधिकार कुन्ठीत गर्ने र उनिहरुको आवश्यकतालाई प्रतिवन्ध गर्ने सरकारको कार्य नै गलत भएको जनाएको छ ।