Saturday, January 31News That Matters

चाँडबाँडको मुखमा अति विपन्न परिवारलाई राहत उपहार

पूर्णपुष्टि, रौता, असोज १२ गते ।
चाँड सबैको एउटै हो । तर मनाउने परिस्थिति भने बिल्कुलै फरक हुन्छ । चाँडबाँडमा हुँदा खाने र हुने खानेबीच बिभेद् छ । तर पनि बेलाबेलाको मनाउनै पर्ने चाँडबाँडले दिन दुखीलाई असाध्यै सताउँछ । यही समस्याको हल गर्न रौतामाई ६ का सक्रिय युवाहरुले गरिब दुखीहरुलाई राहत प्याकेज प्रदान गरेको छ । शनिवार रौता स्थित शुक्रराज राईको नेतृत्वमा १० घर अति विपन्न परिवारलाई राहत प्रदान गरिएको हो ।

राई सहित वडा नं ६ का सक्रिय युवाहरुको उपस्थितिमा वडा अध्यक्ष पृथ्वी राई सहित जनतप्रतिनिधिहरुले राहत प्रदान गरेका थिए । युवाहरुको सामाजिक अभियान अन्तर्गत आफ्नो गाउ आफै बनाउ भन्ने उदेश्य सहित वडा भित्रका अति विपन्न परिवारलाई २ बोरा चामल, दुई लिटर तेल, दुई केजी दाल सहितको राहत प्रदान गरेको हो । युवा अभियान्ता शुक्रराज राईले चाँडबाँडमा बिपन्नहरुले पनि खुसी साटोस र अरुले झैँ दशैँ मनाओस भन्दै राहत प्रदान गरेको जनाए । युवाहरुको आर्थिक संकलन अभियानमा राहत सामाग्री खरिद गरी प्रदान गरिएको राईले जनाए ।

दशैको मुखमा खाद्यन्न पाउँदा विपन्न परिवारले युवाहरुलाई धन्यवाद भनेका छन् । खाना लाउन धौधौ परिरहेको बेला चाँडबाँड भित्रिदा उनिहरुलाई आर्थिक आपत परेको बेला युवाहरुले राहत प्रदान गरेका थिए । अब खाद्यन्नको लागि चिन्ता नहुने उनिहरुले जनाए । राहत वितरण कार्यक्रम नेकपा माओबादि केन्द्र १ प्रदेश सचिवालय सदस्य एबिराज राई सहित वडा न ६ का अध्यक्ष पृथ्वी कुमार राई युवा नेता समाजसेवि नेकपा माओबादि केन्द्र रौतामाई गाउपालिका सह ईन्चार्ज तिर्थ तामाङ लगाएत युवा जमात सहभागिता थियो ।