
पूर्णपुष्टि, ७ बैशाख ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक दिवस कुँवर र प्रहरी चौकी अमाहीवरयातीमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्कीलाई २०८१ साल चैत “महिनाको सर्वोत्कृष्ट प्रहरी” ९द्यभ्क्त् एइीक्ष्ऋभ् इँ त्ज्भ् ःइल्त्ज्० घोषित गरेको छ ।
विभागीय मूल्य(मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने गरेको भन्दै कुँवर कार्कीलाई उत्कृष्ट प्रहरी घोषित गरेको हो । प्रहरी निरीक्षक कुँवरले चैत २५ गते सुनसरीको धरान(६ स्थित वनमा शंकास्पद मृत्यु भएकी धनकुटा महालक्ष्मी नगरपालिका(१ की ३४ बर्षीय चुन कुमारी दाहाल बुढाथोकीको अनुसन्धानको क्रममा हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको को थियो भने प्रहरी सहायक निरीक्षक कार्कीले चैत २१ गते मोरङको जहदा गाउँपालिका(७ का २७ बर्षीय उमेश कामतको घरबाट १०८८ किलोग्राम गाँजा बरामद गरी निजलाई पक्राउ गरेको थियो । दुबै जना प्रहरी कर्मचारीले गरेको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल चैत “महिनाको सर्वोत्कृष्ट प्रहरी” ९द्यभ्क्त् एइीक्ष्ऋभ् इँ त्ज्भ् ःइल्त्ज्० घोषित गरिएको हो ।
