Tuesday, April 21News That Matters

त्रियुगा नगरपालिकाले दियो एक दिन सोक विदा

पूर्णपुष्टि, ७ चैत्र ।
त्रियुगा नगरपालिकाले आईतवार एक दिने सोक विदा दिएको छ । नगरपालिकामा कार्यरत नगर प्रहरीको रुखबाट लडेर निधन भएपछि सोक विदा दिएको हो । त्रियुगा नगरपालिका १४ नं वडा पुङमाङ निवासी त्रियुगा नगरपालिकामै कार्यरत नगर प्रहरी ५० बर्षिय राम कुमार थापा मगरको निधन प्रति एक दिने सोक विदाको घोषणा गरिएको थियो । मगरको शनिबार दिउँसो घाँस काट्ने क्रममा रुखबाट लडेर निधन भएको थियो । घाँस काट्दै गर्दा चिप्लेर लडी ज्यान गएको थियो । उनको घट्नास्थलमै निधन भएको वडाध्यक्ष हिमराज मगरले बताएका छन् ।