
पूर्णपुष्टि, ७ भदौ ।
तिज भन्ने वित्तिकै रमाईलो, मनोरञ्जन र खानपान भन्ने बुझिन्छ । यति मात्रै पनि हैन पुजा आजा रंग रोगन र पहिरन पनि यस भित्र पर्छ । हरितालिका तिजको अवसर पारी यो बेला खास अधिकांश महिलाहरु खानपान र नाचगानमै व्यस्त भैरहेको छ । तर यहि अवसरमा गाईघाटका केहि महिलाहरु सिपमा सहभागी भएको छ । तिजमा सिप नारा सहित यी महिलाहरुले दुई दिने डल कुसन सिप सिकिरहेको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुर र नेपाल घरेलु तथा साना उद्योग महासंघ त्रियुगा नगर समिति गाईघाटको संयुक्त आयोजनामा तिजमा सिप जोडेर दुई दिने कुसन डल तालिम गाईघाटमा आयोजना गरिएको हो ।

जनता सँग मेयर कार्यक्रमको सहयोगमा संञ्चालन भएको उक्त तालिमको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतले गरे । उद्घाटन गर्दै मेयर वस्नेतले सिकेका तालिमलाई सदावहार प्रयोगमा ल्याउन सुझाए । तालिम लिने अनि तालिमको सदुपयोग नहुदा महिलाहरु आर्थिक स्रोतबाट पनि बन्चित भैरहेको वस्नेतको भनाई छ । उनले महिलाहरुको क्षेत्रमा अन्य थप कार्यक्रम त्रियुगा नगरपालिकाले ल्याउने पनि प्रतिवद्धता जनाए ।
सिलाई संघकी अध्यक्ष ज्ञानु प्रधानले तिजलाई नया तरिकाले पनि मनाउन सकिने जनाईन् । खास तिजमा महिलाहरुले रमाईलो र मनोरञ्जनमा कयौँ खर्च सकाउँदै गर्दा तिजलाई खर्च जुटाउन सिपलाई पनि जोडेर लैजान सकिने जनाईन् । गाईघाटमा कयौँ महिलाहरुले तिज मनाईरहँदा सिपमा जोडिने महिलाहरुले उदाहरणीय र उपयोगमुखी तिजको रुपमा सिप सिकिरहेको जनाईन् ।


