
पूर्णपुष्टि, २४ भदौ ।
त्रियुगा नमुना माविका विद्यार्थीहरु बिहानै र्यालीमा उत्रिएको छ । सोमवार भएको जेन्जी आन्दोलनमा सरकारले दमन गरी युवा र विद्यार्थी मारेको विरोधमा उनिहरुले प्रदर्शन गरेको छ । ओली, देवा, प्रचण्ड प्रति आक्रोस पोख्दै विद्यार्थीहरुले विद्यार्थी र युवा मार्न पाईँदैनाको नारा घन्काएका छन् । जेन्जी आन्दोलनका १९ जना प्रदर्शनकारीमाथी प्रहरीले गोली चलाएर ज्यान लिएको छ । यसको चौतर्फी आलोचना र विरोध भैरहेको छ । यसै गरी जेन्जीले आज पनि गाईघाटमा प्रदर्शन गर्ने भएको छ ।