
पूर्णपुष्टि, १७ बैशाख ।
त्रियुगा नगरपालिका रोजगार सेवा केन्द्रले उत्कृष्ट रोजगारदाता तथा श्रमिकहरुलाई सम्मान गरेको छ । १३६ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा त्रियुगाको २४ जना रोजगारदाता र २३ जना श्रमीक गरी जम्मा ४७ जनालाई बुधबार सम्मान गरेको हो । त्रियुगा नगरपालिकाको सभा हलमा प्रधानमन्त्री रोजगार कार्यक्रम तथा आन्तरिक रोजगार प्रवद्र्धन अभियान अन्तर्गत श्रम तथा रोजगारी क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने रोजगारदाता तथा श्रमिकहरुको उत्कृष्ट मुल्याङ्कन गर्दै सम्मान गरिएको हो ।
यस सम्मानले रोजगारदाता र श्रमिकहरुमा उच्चमनोवल र आउने समयमा थप रोजगार बढाउने उत्साह मिल्ने त्रियुगा नगर प्रधानमन्त्री रोजगार शाखाकी संयोजक निशा घलेले बताईन् । घलेकी अनुसार संञ्चार उद्यमी, उद्योगी, फर्म, होटल, कन्ट्रक्सन, मोवाईल ब्यवसायी, ग्यारेज, डेरी, यातायात व्यवसायी लगायत बिभिन्न रोजगारदातालाई सम्मान गरेको हो । उनिहरुलाई त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेत, उपमेयर महेश्वरी राई लगायत वडाअध्यक्षहरुले सम्मान गरेका थिए । उद्योग बाणिज्य सघ, साना घरेलु तथा उद्योग महासघ र विभिन्न सघ संस्थाहरुसङको सहयोगमा छनोट गरि सम्मान गरिएको थियो ।सम्मानित हुने उत्कृष्ट रोजगारदाताहरुको लिस्ट ।
१ गिरिबन्धु प्लास्टिक रिसाइकलिङ्ग उद्योग (प्रदिप गिरी)
२ उदयपुर मिडिया एजेन्सी (विक्रम राई)
२ अग्रिम कृषि तथा पशु पंक्षि फर्म (दिपा तामाङ्ग)
४ अजम्बरी कृषि नर्सरी तथा पशुपक्षी उद्योग (सुषमा कुमारी राई)
५ बेसार प्रशोधन उद्योग (गीता थापा)
६ न्यू सटिङ्ग सुटिङ्ग टेलर्स (टाइसन)सिता परियार
७ के.के.लाईम इन्डस्ट्रिज (केशव बुढाथोकी)
८ बाबा विश्वकर्मा कृषि औजार फर्म (चन्द्र वि.क.)
९ रौता पानी उद्योग (परशुराम चौधरी)
१० शिव शक्ति होम डेकोरेटिभ उद्योग (सौगात के.सी.)
११ थारु क्म्युनिटी होम स्टे (लाल बहादुर चौधरी)
१२ कालिका अटोलिंक प्रा.लि.(सुनिल कमार ठाकुर)सगरमाथा १३ डिपार्टमेन्ट स्टोर(रण कुमार राई)
१४ पाथिभरा दुध डेरी उधोग(भिम प्रसाद लिम्बु)
१५ राधा इम्पोरियम(योगेन्द्र प्रसाद गुप्ता)
१६ सन्जिव मोटरसाइकल सर्भिस सेन्टर (संजिव कुमार महतो)
१७ इनफोटेक सप्लायर्सभुपाल (सिंह राउत)
१८ हिमाली यातायात व्यावसाही संघ (रौता हिमाली यातायात प्रा.ली.)
१९ सामुदायिक रेडीयो उदयपुर(वन्दना दनुवार)
२० न्युरौता काष्ठ फर्निचर उद्योग (सुरेन्द्र कुमार शर्मा)
२१ रौताहा कन्स्ट्रकसन (राकेश खत्री)
२२ माँ भगवती ज्बेल्स(काशिनाथ साह)
२३ रत्ना रिसोर्ट(प्रज्वल अधिकारी)


