Tuesday, April 28News That Matters

दिक्तेलका मेयर भट्टराईको आन्दोलनमा गाईघाटका मेयर वस्नेतको ऐकबद्धता

पूर्णपुष्टि, १८ साउन ।
खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको मेयर तिर्थराज भट्टराईको आन्दोलनमा त्रियुगा नगरपालिका गाईघाटका मेयर वसन्त वस्नेतले ऐकबद्धता जनाएको छ । स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै मेयर भट्टराई काठमाण्डौँको माईतिघर मण्डलामा अमरन अनसन बसिरहेको छ । उनले स्थानीय स्रोत साधनको उचित उपयोग गर्न पाउन माग गर्दै साउन ११ गतेबाट अमरन अनसन सुरु गरेको हो । उनले बाँदर लगायत अन्य बन्यजन्तुले कृषिमा गरेको आतंक, विश्वव्यापी जलबायुको असर, पर्यावरणीय संकट तथा वाँस, गाँजा लगायतका बनस्पती लगायत ७ बुद्धे माग सहितको अनसन सुरु गरेको हो । उक्त माग र अनसनलाई समर्थन गर्दै मेयर वस्नेतले पनि ऐकबद्धता जनाएको हो । वस्नेतले प्रेस बिज्ञाप्तीनै जारी गरेको भट्टराईको उक्त कार्यलाई समर्थत जनाएको हो ।