Wednesday, April 29News That Matters

दुर्घटनाको केन्द्र उदयपुरमा कसरी संञ्चालन भैरहेको छ ट्राफिक सप्ताह ?

पूर्णपुष्टि, ७ असार ।
उदयपुरमा शुक्रबारदेखी प्रारम्भ भएको ट्राफिक सप्ताहको आज दोस्रो दिन सवारी अनुगमन, प्रतिस्पर्धा रहित यात्रा, मोवाईल फोन प्रयोगबारे सचेत र सायरी मुक्त सवारी मुख्य रहेको छ । यस अन्तर्गत सवारी साधनमा लेखिएको सायरी हटाउने अभियान संञ्चालन गरिएको छ । यता सवारीहरुको अवस्थाको अनुगमन गरिनुका साथै यात्रा अबधिभर मोवाईल फोनको प्रयोग नगर्न पनि यात्रुहरुलाई सचेत गराईएको छ भने सवारी चलाउँदा प्रतिस्पर्धाको रुपमा चलाउनु नहुने भन्नेबारे पनि सचेत गराईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरबाट खटिएको ट्राफिक प्रहरी टोलीहरुले बिहानै बाट सडकमा दोस्रो दिनको कामलाई तिव्रता दिएको छ । एक हप्ता सम्म संञ्चालन हुने उक्त कार्यक्रम हरेक दिन फरक फरक हुनेछ ।

सप्ताहको तेस्रो दिन भने तिन पाङ्ग्रे सवारी साधन इ रिक्सा र अटोहरुको अनुगमन तथा प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । यस अन्तर्गत तीन पाँग्रे सवारी साधनको अवस्था र सामान्य चेकजाँच, सिट क्षमता भन्दा बढी यात्रु संञ्चालनको अवस्था, दुर्घटनाबारे चेतना मुलक बु्रसर तथा पम्प्लेट वितरण, सवारी पत्र कागजातबारे चेक जाँच र प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ भने सप्ताहको चौँथो दिन कागजात पत्र चेक जाँच, मापासे जाँच, दुई पाँग्रै सवारीको स्लो र रेस प्रतियोगिता, दुई पाँग्रे सवारी सँग दुई मिनेट, लेन अनुसासन, ओभरटेक, तिव्र गति, जिकज्याक गरी चलाउनेलाई सचेत, जेब्रा क्रसिङमा पैदल यात्रीहरुलाई प्राथामिकता, मापासे कक्षा संञ्चालन सम्बन्धी सचेतना, सवारी स्वरुप परिवर्तन सम्बन्धि कानुनी जानकारी, साईड लाईट तथा ट्राफिक लाईटबारे सचेत, मोटरसाईकलको अगाडी बच्चाबच्ची नराख्नेबारे सचेत र बिगतका दुर्घटनाहरुको तस्विर भिडियो देखाईने कार्यक्रमहरु रहेको छ भने सप्ताहको पाँचौ दिन भने आफ्नो लेनको अनुसासन कायम गर्ने र आकस्मिक सवारी प्राथामिकता दिने बारे सचेत गराईने छ । जसमा लेन अनुसासनको पालना गर्नु पर्ने, मौखिक तथा होर्डिङ बोर्ड प्रयोग गरी सचेत गराईने, दमकल, एम्वुलेन्स, साईरन जडित तथा आकस्मिक सवारी साधनहरुको लागि दाहिने लेन खाली गरौँ भन्ने बारे प्ले कार्डको प्रयोग, चालक तथा परिचालिकाहरुलाई प्रशिक्षण दिईने, नाकाबाट प्रवेश गर्ने सवारीहरुलाई नाकामै लेन अनुसासनको प्रशिक्षण दिईने, यातायात मजदुर संघ संगठनका प्रतिनिधिहरु सहित मजदुरहरुकै उपस्थितिमा प्रशिक्षण कार्यक्रम गरिने र लेन नछुटिएका सडकहरुमा रेखाहरु निर्माण गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् भने सप्ताहको छैठाँ दिन विद्यालयका सवारी साधन चालक तथा परिचालिकाहरुलाई प्रशिक्षण दिईने । सवारी चालक अनुमति पत्रका कागजातहरु चेक जाँच, मेकानिकल चेक जाँच, तिव्र गति, ओभरटेक, सिट क्षमता भन्दा बढी विद्यार्थी वसमा सवार सम्बन्धी छलफल, विद्यार्थी चढाउने र ओराल्ने सहि स्थान छनोटबारे जाकारी, प्यावसन तथा एनप्यावसनका प्रतिनिधि, प्रधानाध्यापक तथा संञ्चालकहरु सँग छलफल, स्कुल वसमा अनिवार्य परिचालिका र ढोका बन्द गरेर मात्रै चलाउने बारे सचेत लगायतका कार्यक्रमहरु रहेका छन भने कार्यक्रमको सातौँ दिन भने सप्ताह समापन गरिने छ । उदयपुरमा पछिल्लो बैशाख र जेष्ठ दुई महिनामा मात्रै ८० ओटा दुर्घटना भैसकेका छ । जसमा ५ जनाको मृत्यु भएको छ भने १७० जना घाईते छ । दुर्घटनाको केन्द्र बनेको उदयपुरमा यस सप्ताह व्यापि ट्राफिक क्रियाकलापले दुर्घटना न्युनिकरण गर्छ या गर्दैन ? अर्थात दुर्घटनाको अवस्था कम गर्न सहयोग पुराउँछ की पुराउँदैन त्यो हेर्न बाँकी छ ।