Tuesday, April 28News That Matters

साकेला सिली प्रतियोगिताका कलकारहरुलाई बधाई तथा प्रमाण पत्र

पूर्णपुष्टि, ७ असार ।
स्व. गिता राई स्मृति रनिङ सिल्ड साकेला सिली प्रतियोगितामा सहभागी भई शान्त्वना स्थान हासिल गरेका बोक्से बाबरीका कलकारहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । जेष्ठ ३१ गते सम्पन्न प्रतियोगिताको शान्त्वना मध्येका एक टिम बोक्से बावरी रहेका थिए । उक्त टिमलाई किरात राई यायोख्खा बाबरी साकेला सिली नाच संरक्षण समिति बोक्सेले बधाई तथा सम्मान गरेको हो । समितिको आयोजना तथा चाम्लिङ् खाम्वात्तिमको सहजीकरणमा बधाई तथा प्रमाण पत्र वितरण गरिएको हो ।

साकेला प्रतियोगितामा सहभागी कलकारहरु सहित प्रतियोगिताको लागि आर्थिक, भौतिक र बिभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगीदाताहरुलाई पनि प्रमाण पत्र सहित सम्मान गरिएको छ । प्रतियोगितामा धरान १५ प्रथम बनेका थिए भने धरान १८ र १९ दोस्रो, तरहरा तेस्रो बनेका थिए । बोक्से बावरी सहित अन्य ३ ओटा टिमले शान्त्वना पुरस्कार पाएका थिए । साही अनुसार साकेला सिल्ली संरक्षण समितिले कलकारहरुलाई सम्मान पत्र वितरण गर्नुका साथै बधाई ज्ञापन गरेका थिए । सम्मान पत्र त्रियुगा नगरपालिकाकी नगर उपप्रमुख महेश्वरी राईले प्रदान गर्नुभयो ।