
पूर्णपुष्टि, ७ कार्तिक ।
त्रियुगा नगरपालिका १ जोगिदहका कृषकहरु धानको बिउबाट ठगिएको छ । करिब ३३ कठ्ठा खेती जग्गामा लगाईएको धानको बालामा दाना नलाग्दा कृषकहरु मार्कामा परेको हो । कृषक गोपाल दाहालका अनुसार गाईघाटको सिर्जना एग्रोभेट र अभिषेक एग्रोभेट बाट लगिएको उक्त धानको बिउको नाम समासद (एक) रहेको छ । यसरी पहिलो पटक धानवालीमा भुँस मात्रै फलेपछि किसानहरु आक्रोसित बनेको छ ।
यी दुई एग्रोभेटबाट केजीको ११० र एक सय रुपयाँको दरले ३६ केजी धानको बिउ कृषकले लगेका थिए । ति सबै धानको बिउ आज आएर घाँस मात्रै बन्न पुगेको गुणासो गरेकृषकहरुको गुणासो छ । कृषकहरुले बताए अनुसार सोही खाले धानको बिउ एग्रोभेटले सयकेजी भन्दा माथी अन्य कृषकहरुलाई पनि बेचेको भन्ने सुनेको जनाए । जोगिदह बाहेक अन्य ठाउँमा पनि धानको बिउ बेचेको र सबै भुँसमात्रै फलेको गुणासो आएको अर्का कृषक केशव अधिकारीको भनाई छ ।
अधिकारीले आफुले पनि ५ कठ्ठामा सोही धानको बिउ लगाएका थिए । बिगतमा करिब २५ मन सम्म फल्ने धान यो बर्ष २५ केजी पनि नहुने अधिकारीले बताए । धानको बोट पनि राम्रो बाला पनि राम्रो तर दाना भने नलागेको उनको भनाई छ । धानमा दाना नलागेपछि हरियोमै बस्तुलाई काटेर खान दिन थालेको अधिकारीले जनाए । धानवालीमा समस्या आएपछि अधिकारी सहित कृष्ण बहादुर अधिकारी, गोपाल दाहाल, सुवास कार्की र मिश्र बिक समेत चिन्तित बनेको छ । यी सबै कृषकहरुले एउटै बिउ लगाएका थिए । धानको बिउले बालीमा क्षती पुगेको भन्दै कृषकहरुले कृषि ज्ञान केन्द्र र त्रियुगा नगरपालिका कृषि बिकास शाखामा क्षतिपूर्ति माग गर्दै निवेदन नै दिएको छ । निवेदन दिएका कृषकहरुले कृषक ठग्ने ब्यपारीलाई कार्वाहीको माग राख्दै यस्ता खाले ठगिबाट सचेत रहन अन्य कृषकहरुलाई पनि अनुरोध गरेको छ ।
कृषक कृष्ण बहादुर अधिकारीले यो पटक घरमा खाद्यन्न संकट पर्ने जनाए । १८ कठ्ठा खेतको धानले बर्षेनी खान पुग्ने अवस्थामा यो पटक भने समस्या हुने जनाए । धान फलाईले अच्चमित पारेको भन्दै परिवार पाल्न मुस्किल पर्ने उनको भनाई छ । आफ्नै खेतीले खान पुग्ने धान फलिरेहेको बेला यो बर्ष भने चामल किनेर खानु पर्ने बाध्यता पारेको अधिकारीको भनाई छ । अखिल नेपाल किसान माहासंघ क्रान्तिकारी कोशी प्रदेशका सचिव रुद्र अधिकारीले किसानको समस्या समधान गर्न सम्बन्धित निकाय जगरुप नदेखिएको जनाएको छ । धानमा भुँस मात्रै देखिएपछि कृषि ज्ञान केन्द्र र त्रियुगा कृषि बिकास शाखामा जानकारी गराई सक्दा पनि उनिहरुले कृषकहरुको समस्या प्रति चासो नदेखाएको जनाएको छ । कृषकको समस्या समाधान नगरेमा सरकारलाई कृषक आन्दोलन भारी हुने उनले जनाए ।
केसब अधिकारीको गत बर्ष ५ कठ्ठा जग्गामा १६ मुरी धान फलेकोमा यो पटक २ मुरी मात्रै फल्ने अनुमान गरिएको छ । उनले सिर्जना एग्रोभेटबाट ६ के जि बिउ लगेका थिए । यस्तै कृष्ण ब अधिकारीले २० के जि १८ कठ्ठाका लागि बिउ लगेका थिए । सधैं फल्ने ५५ मुरि , यसपल्ट भने अनुमान ५ मुरि फल्ने अनुमान गरिएको छ भने गापाल दाहालले १० केजी बिउको करिब २० मुरी धान फल्दै आएकोमा यो पटक बिगतको तुलनामा ५ प्रतिशत पनि नफल्ने अनुमान गरिएको छ ।

