Friday, April 17News That Matters

बल्ल उठ्न थाल्यो गाईघाट बजारको फोहार

पूर्णपुष्टि, गाईघाट, ५ असोज ।
गाईघाटमा १२ दिन देखी अलपत्र फोहोर आईतबारदेखी उठ्न थालेको छ । त्रियुगा नगरपालिकाले फोहोर उठाउने भनेको करिब ५ दिन पछि बजार आसपासको फोहार उठ्न थालेको हो । जेन्जी आन्दोलन पछि फोहोर बजारमा वेवारीसे अवस्थामा थियो । फोहोर बढ्दै जाँदा दुर्गन्धीत र व्यवसायमै असर परेका थिए । बिषेशगरी बजारको मदन भण्डारी राजमार्ग अन्तर्गतका बजारहरु दुर्गन्धीत अवस्थामा रह्यो ।

फोहार समयमै नउठेपछि व्यपारीहरुले पसल अगाडीनै फोहोरको थुप्रो बढाउँदै गए । केहि पसलेहरुले ठुला बोरामा व्यवस्थापन गरेपनि कुहीने फोहोरका कारण बजारको वातावरण दुर्गन्धीत बन्दै गएका थिए । यस बिषयमा पत्रकारहरुले समचारहरु निरन्तर प्रकाशन गर्दै आए । सम्बन्धित व्यक्तिहरुलाई सोध्दा पटक पटक फोहोर व्यवस्थापनमा नगरपालिका लागि पर्ने भनिएनि तोकिएको समयमा फोहोर उठ्न सकिरहेको थिएन । दशैँले छोपेको गाईघाट बजारमा फोहोर व्यवस्थापन नहुँदा झनै अव्यवस्थित बन्दै गैरहेको थियो । अब निरन्तर फोहोर उठ्ला न उठ्ला त्यो भने हेर्न बाँकी छ ।