Monday, April 20News That Matters

मुगिलन–नारायणगढ सडक खण्डमा एकैसाथ ठोक्किए सात गाडी

पूर्णपुष्टि, कार्तिक १ गते ।
मुगिलन–नारायणगढ सडक खण्डमा वस र ट्रक सहित एकैसाथ ७ ओटा गाढी ठक्कर खाएको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार र्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ । शनिवार बिहान ७ः३० बजे दुर्घटना भएको खानालले जनाएको छ ।