
पूर्णपुष्टि, असोज ३१ गते ।
जेन्जी अभियान्ता मिरज ढुँगानाले राजनितिक दल खोल्ने भएको छ । उनि नयाँ राजनीतिक दल खोल्ने तयारीमा लागेका छन्।
ुगरिखान देऊु भन्ने अभियानका संयोजकसमेत रहेका उनले राजनीतिक दल खोल्नेबारे सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् ।
‘अब हामीले राजनीतिक दल खोल्नैपर्ने अवस्था देखेका छौं,’ उनले भने, ‘राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि( हामी देशको अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौं । जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्न नागरिक तहको संरचना बन्दैन तबसम्म हामी निर्वाचनमा जानेवाला छैनौं ।’
