
पूर्णपुष्टि, गाईघाट, असोज ३१ ग्ते ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले सम्पूर्ण उदयपुरवासी जनताहरुलाई श्रममा जोडिन आह्वान गरेको छ । बिहिबार गाईघाट पिपलचोकमा शुभचिन्तकहरुलाई सम्बोधन गर्दै मेयर साम्पाङले श्रममा जोडिन आह्वान गरेको हो । उनले नेताको पिछा छोडेर श्रमको पछि लाग्न आह्वान गरेको हो । पाखुरा भन्दा ठुलो अरु बजेट हुनै नसक्ने साम्पाङले सुझाए । उनले आज सम्म नेताको पछि लागेकै कारण देश नाजुक अवस्थामा पुगेको जनाए । नेताहरुबाट धोका पाएको जनताहरुले अव पनि कुरा नबुझे देश थप संकटमा जाने उनले जनाए ।
श्रम गर्ने बानी हराउँदै गएपछि उत्पादन नहुने र उत्पादन नभएपछि आर्थिक पार्जन नहुने हुँदा देशलाई आर्थिक भार परेको उनको भनाई थियो । देशमै सम्भव हुने सानासाना कुराहरु पनि विदेशबाटै निर्यात गर्नु पर्ने अवस्थाले देशले कहिले आर्थिक सुधार गर्न नसक्ने पनि उनले जनाए । हाम्रो देश तिहारमा लाउने सायपत्री पुल सम्म उत्पादन गर्न नसक्ने भन्दै उत्पादन र श्रममा जोडिन पनि उनको आह्वान थियो । नेताको झोले भएर हैन देशको सच्चा श्रमदाता भएर देश माथि उठान सम्पूर्ण उदयपुरवासीलाई साम्पाङले आह्वान गरे ।
