Sunday, April 19News That Matters

रास्वपा वरिष्ठ नेता बालेन्द्र साह उदयपुरमा घण्टी बजाउदै, समर्थकलाई हात हल्लाउदै हिड्दै

पूर्णपुष्टि/ २२ माघ, २०८२ । उदयपुर

चुनावी अभियानमा देश दौडाहामा रहेका राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले उदयपुरका कार्यकर्ता र समर्थकहरूलाई आज भेटेका छन् ।
उनले उदयपुरको दुवै निर्वाचन क्षेत्रका चुनाव प्रचारप्रसार तथा सम्पर्क कार्यालयहरूमा घन्टी बजाउँदै कार्यकर्ता र समर्थकहरुलाई हात हल्ल्याउँदै हिँड्ने काम गरेका छन् । काहीँ पनि सम्बोधन गरेका छैनन्।
उदयपुरको बेलकाको रामपुर, चौदण्डीगढीको बसाहा, बेल्टार, त्रियुगाको गाईघाट र कटारीको कटरी बजारमा यसो गरेका हुन्।
उनलाई हेर्न समर्थकहरूको ठूलो भीड देखिएको छ। उनको सुरक्षामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रह्यो।
हिजो नै उदयपुर आउने भनियो भने अस्वस्थताको कारण देखाउँदै उदयपुरको बेलका नगरपालिकास्थित सप्तकोशी पुलको कोसी प्यालेसमा बास बसेका थिए । हिजो उनले सप्तकोशीमा बोटिङ गर्दै धार्मिक स्थल बराहा क्षेत्र र किराँत आस्थाको केन्द्र ख्वालुङको भ्रमण गरेका थिए।