Tuesday, April 28News That Matters

रौतामाईका वडाअध्यक्ष र ताप्लीका वडा सदस्यको निधन

पूर्णपुष्टि, ८ असार ।
उदयपुरको रौतामाई गाउँपालिका २ का वडा अध्यक्ष होम वहादुर दाहालको निधन भएको छ । उनको आईतबार निधन भएको हो । स्वास्थ्य समस्याका कारण काठमाण्डौँमा उपचार भैरहेको दाहालको अचानक निधन भएको बुझिएको छ । दाहालको निधनमा गाउँपालिकाले एक दिने शोक विदा समेत दिएको छ । दाहालको निधन प्रति दुख व्यक्त गर्दै पालिकाको आकस्मिक सेवा बाहेक अन्य सबैखाले सेवाहरु ठप्प पार्ने निर्णय गरेको छ । यस्तैगरी ताप्ली गाउँपालिका स्थित वडा सदस्यको पनि निधन भएको छ । ताप्ली ३ का वडा सदस्य छवि जर्गा मगरको पनि निधन भएको हो । मगरको शनिवार निधन भएको परिवारले जनाएको छ । मगरको निधनमा पालिकाले शोक विदा दिएको छ ।