Tuesday, April 28News That Matters

अस्ताए त्रियुगा नगरगानको सर्जक खिलराज घिमिरे

पूर्णपुष्टि, ८ असार ।
उदयपुरको त्रियुगा नगरपालिकाका नगर गान सर्जक खिलराज घिमिरेको निधन भएको छ । घिमिरेको आईतबार बिहान निधन भएको हो । घिमिरे साहित्यकार समेत हुन् । सामाजिक क्षेत्र तथा सर्जक समेत रहेका घिमिरेले त्रियुगा नगरपालिकाको नगरगानको रचना गरेका थिए । नगरको परिवेश र अवस्थालाई मध्यनजर गरी नगरगान तयारी गर्नु पर्ने भन्दै सर्जकहरुलाई नगरगानको रचना गर्न भनिएको थियो । सबै भन्दा उत्कृट घिमिरेको रचना भएपछि उनकै रचनालाई नगरगानमा प्रस्तुत गरिएको थियो । नगरपालिकाले उत्कृष्ट रचनाकार घिमिरेलाई ५० हजार नगद समेत पुरस्कार प्रदान गरेका थिए । घिमिरेको असायमिक निधनले नगरलाई र सर्जकहरुलाई क्षती पुराएको भन्दै सम्मान स्वरुप एकदिने शोक विदा दिईएको हो ।