Monday, March 30News That Matters

लैँगिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरीय निर्देशन समितिको तेस्रो बैठक तथा अन्तरक्रिया

पूर्णपुष्टि, उदयपुर/चैत्र १२ गते ।

जिल्ला स्तरीय लैँगिक हिंसा सम्वोधन निर्देशन समितिको तेस्रो बैठक गाईघाटको कोहवर होटलमा बुधबार सम्पन्न भएको छ । समितिका सदस्य सचिव समेत रहेको जिल्ला समन्वय समितिको आयोजनामा बैठक सम्पन्न भएको हो । बैठकले बिबिध सहित ६ ओटा निर्णयमा छलफल गरेको छ । समितिको काम र पहिलो बैठकको समिक्षा सहित महत्वपूर्ण निर्णय र त्यस बिषयमा अन्र्तक्रिया गरिएको हो । बैठकले लैँगिक हिंसा रोकथाम तथा प्रतिकार्यको प्रगतीको प्रस्तुती, एकद्धार संकट व्यवस्थापन केन्द्रको कार्ययोजना प्रगतीबारे प्रस्तुती तथा जानकारी, मामला तथा व्यवस्थापनको करार सम्बन्धमा छलफल, एकद्धार संकट व्यवस्थापनको आगामी आ.ब को बजेट बिनियोजन बारे छलफल तथा अन्तरक्रिया गरेको ओसिएमसी नेपालकी बरिष्ठ मनोपरामर्शदाता रन्जना ताजपुरियाले बताउनुभयो । उहाँले यस निर्देशन समितिको नियमित बैठकले महिला हिंसा तथा लैँगिक हिंसालाई न्युनिकरणमुखी कार्यक्रमहरुलाई सहज बनाएको बताउनुभयो । निर्देशन समितिको प्रत्यक्ष काम र नियमित बैठकले हिंसा रोकथाम तथा प्रतिकार्यलाई रोकथाममा सहज भएको छ । समितिले बिभिन्न सरोकारवाला निकायहरुलाई जिम्मेवार र आर्थिक स्रोतमा एकबद्ध बनाउन समेत सहयोग पुगेको छ । समितिले गरेको बिभिन्न कार्यक्रम र प्रगतिलाई युएनएफपिए उदयपुर जिल्ला संयोजक राज किशोर साफिले प्रस्तुतीकरण तथा जानकारी दिनुभएको थियो ।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना (GBVPR) – UNFPA, स्विस विकास तथा सहयोग एजेन्सी (SDC) र काठमाडौंस्थित नर्वेजियन दूतावासको आर्थिक सहयोगमा साझेदार संस्था मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (CMC नेपाल) मार्फत सञ्चालित कार्यक्रमका उपलब्धिहरूलाई संस्थागत रूपमा दिगो बनाउने तथा लैङ्गिक हिंसाको प्रतिकार्यका लागि एकद्धार संकट व्यवस्थापन केन्द्रबाट प्रदान हुने बहुपक्षीय सेवाहरूका लागि OCMC ko सेवालाई निरन्तरता दिने सुनिश्चितताका लागि यो बैठक आयोजना गरिएको थियो।

त्रियुगा नगर प्रमुख तथा लैंगिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरीय निर्देशन समितिका अध्यक्ष समेत रहेका बसन्त बस्नेतको सभाध्यक्षमा तेस्रो बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बैठकमा कटारी नगर प्रमुख राजेश चन्द्र श्रेष्ठ, त्रियुगा नगर उप्रमुख महेश्वरी राईको लगायतको पनि उपस्थिति रहेको थियो ।