Wednesday, April 22News That Matters

सुनिता ढंगोल आज गाईघाट आउँदै

पूर्णपुष्टि, ६ पुष ।
काठमाण्डौँ माहानगरपालिकाकी उपमेयर सुनिता ढंगोल आज गाईघाट आउने भएकी छिन् । उनि प्रदेश स्तरीय तेस्रो खाना परिकार महोत्सव संञ्चालनका आयोजक झिँगु नेवा पुँचको निम्तोमा गाईघाट आउने भएकी हुन् । महोत्सवको पाँचौ दिन शनिवार लाखे प्रतियोगिता पनि हुँदैछ । ढंगोल सोही प्रतियोगिताको प्रमुख अथितिको रुपमा गाईघाट आउनेछिन् । महोत्सवले प्रत्येक दिन आदिवासी जनजातिहरुको कला सांस्कृतिको प्रतियोगिता गराउँदै आएको छ । जसमा राईहरुको साकेला, चौधरीको थारु नाच, नेवारको लाखे नाच लगायत अन्य समुदायहरुका नाच प्रतियोगिता गराईएको छ ।