उदयपुर सिमेन्टलाई विद्युतको मार, सातामा अढाई करोड नोक्सान
गाईघाट–विद्युत प्राधिकरणको चरम लापरवाहीमा परी देशकै सबैभन्दा ठुलो उद्योग उदयपुर सिमेण्ट उद्योगले सातादिनमा अढाई करोड नोक्सान व्यहोर्नु परेको जनाएको छ ।
उत्पादन र विक्रीका हिसावले उद्योग नाफामै रहेपनि प्राधिकरणबाट नियमित विजुली आपुर्ति नहुदा एक सातामै २ करोड ५० लाख नोक्सान व्यहोर्नु परेको उद्योगका नायब महाप्रबन्धक तथा प्लाण्ट महाशाखा प्रमुख नवलकिशोर साहले बताए ।
उद्योगको बैंक मौजाद अहिलेपनि ५ करोड बढि रहेको साहले बताए । अघिल्लो आर्थिक बर्षमा २५ करोड मुनाफा गरेको उद्योगले यो बर्ष बिद्युत समस्याका कारण सोचेअनुरुप मुनाफा गर्न सक्ने अबस्था नदेखिएको साहले बताए ।
प्राधिकरणले उद्योगलाई २४ घण्टा बिद्युत आपुर्ति उपलब्ध गराउने आश्वसन दिएपनि दैनिक सरदर १५ घण्टाभन्दा बढि उपलब्ध गराउन नसकेको गुनासो उनले गरे । साहका अनुसार उद्योगले गति लिएकै बेला दैनिक १० देखि १२ पटक बत्ति जाने आउने गर्दा ठूलो ...









