रेडियोभित्र गीत गाउने मान्छे खोज्दा बाजेको रामधुलाई खाँए : गायक भुवन सुप्तिहाङ राई/कुराकानी
अहिले के मा व्यस्त हुनुहुन्छ ?
अहिले म मेरो एल्बम सम्मान मेरो को प्रमोशनमा लागिरेको छु । यो दशैं, तिहार, छठ पर्वको उल्लासमय माहौलसंगै एल्बमको प्रमोशनमा छु ।
एल्मब सम्मान मेरो को प्रमोसनका लागि के के गर्दै हुनुहुन्छ ?
काठमाठौंमा त निकै नै यसको प्रचार प्रसारका काम भए, यो उल्लसमय पर्वको माहौलमा पूर्वी भेगमा गरौं भन्ने हो । तसर्थ विभिन्न ठाउँमा कन्सर्टहरु रहेका छन्, मिडियामा भेटघाट, कुराकानी, जस्तै की आज हजुरसंग भयो । अनि अन्य पम्प्लेटिङ, पोष्टरिङ लगायत छन् ।
सम्मान मेरो कस्तो खालको एल्बम हो ?
अहिले एक अर्कामा सम्मान गर्ने परिपाटी हराउदै गएको छ । चेलाले गुरुलाई गर्ने सम्मान, नयाँपुस्ताले अग्रजलाई गर्ने सम्मान, सानाले ठूलालाई गर्ने सम्मानमा कमी आएकको छ । कला, प्रतिभा, सिर्जनाका लागि हुनुपर्ने सम्मानमा कमी आएको छ । त्यसैले अहिलेको समय र अवस्थालाई मध्येनजर गरेर ल्याएको एल्बम हो । स...









