३० जुवाडे पक्राउ, साढे ३ लाख नगद बरामद
पूर्णपुष्टि, कात्तिक २ गते ।
गाईघाट -उदयपुरको मुख्य लागुऔषध कारोवारी पक्राउ गरी कारवाही चलाइरहेको जिल्ला प्रहरीले जुवाजन्य गतिविधिमा पनि विशेष निगरानी बढाउने क्रममा ठूलो संख्यामा जुवाडे र ठूलै मात्रामा नगद तथा तास, कौडा बरामद गरेको छ । प्रहरीले बुधबार ३० जना जुवा खेलिरहेका व्यक्तिहरु र ३ लाख ५८ हजार ९८० रुपैया नगद बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टकै कमाण्डमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ बाट २० जना जुवा खेलिरहेको व्यक्तीहरु पक्राउ गर्नुका साथै २ लाख ७२ हजार ९८० रुपैया नगद बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा त्रिनपा ८ का हरि बस्नेत, वडा नं. ११ का उदयकुमार कार्की, सुमन्त कोइराला, विएन राई, रमेश बुढाथोकी, दिपन राई, टामेन्द्र राई, डम्बर राई, भविन्द्र खत्री, राजु तुलाधर, चुडामणी राई, नविन बस्नेत, वडा नं. १० का जिवन पाण्डे, रामकुमार श्रेष्ठ, राम ...









