के जनता सूचनाको मालिक हुन ?
सामाजिक अनुबन्धको सिद्धान्त (Social Contract) अनुसार शासकले जनताको पक्षमा शासन गर्ने गरी संझौता गरेका छन् । संविधान अनुसार मुलुकको सार्वभौमसत्ता जनतामा निहित छ । यसर्थ जनतानै मुलुकका मालिक हुन् । Principle Agent Theory अनुसार जनता Principal हुन् । सूचना दिने जिम्मेवारी भएकाहरु ब्नभलत हुन् । यसर्थ जनताको नासोरुपी सूचना जनताले अपेक्षा गरेका बखत पाउछन् वा पाउनुपर्दछ । यो नागरिकको मौलिक हक मध्येको श्रेष्ठ हक हो । यो लोकतन्त्रको आधारभूत आबश्यक तत्व पनि हो भन्ने कुरा सर्वप्रथम बुझनु र मनन गर्नु जरुरी छ ।
विश्वव्यापी मानव अधिकार घोषणा पत्रमा विश्वका सबै नागरिकलाई सूचना माग्ने, पाउने र प्रवाह गर्ने हक प्रदान गरिएको छ । हाम्रो संविधानको धारा २७ मा समेत “प्रत्येक नेपालीलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयमा सूचना माग्ने वा पाउने हक हुनेछ ।” भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ । य...









