Tuesday, July 7News That Matters

Month: ७ वर्ष अगाडि

हेटौंटा सिमेन्ट उद्योग संकटमा

हेटौंटा सिमेन्ट उद्योग संकटमा

आर्थिक, समाचार
साउन १२ गते । नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग यतिबेला आफ्नो पहिचान जोगाउन संघर्षमा छ । २०३३ सालमा एशियाली विकास बैंकको सहयोगमा हेटौंडाको लामसुरे हाइटमा स्थापना भएको उद्योगले शक्ति ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । पूर्ण सरकारी स्वामित्वमा संचालन हुदै आएको उद्योगले हरेक नयाँ आर्थिक वर्षमा नयाँ लक्ष्यको लिएर अघि बढेपनि विभिन्न कारणले नतिजा निराशाजनक आउँछ । आफ्नै उद्योग नभएकाले नेपाली बजारमा एकछत्र राज गर्दै आएका भारतीय सिमेन्ट विस्थापित गर्ने उद्देश्यले राजा वीरेन्द्रले सुनौलो परियोजनाको रुपमा यस उद्योग खोलेको थियो । जुन लक्ष्य र उद्देश्यका साथ उद्योग खोलिएको थियो तर त्यो नभई अहिले उद्योग सञ्चालन गर्नका लागि मात्रै सञ्चालित छ । आजभन्दा करिब ३४ वर्ष पहिले नेपालमा पहिलो पटक गुणस्तरीय सिमेन्ट उत्पादन गरी उद्योगले सिमेन्ट निर्यातको हब बनेर अगाडी बढेको भएपनि...
४४ जना नेपाली महिला कारदार चीनबाट फर्काइयो

४४ जना नेपाली महिला कारदार चीनबाट फर्काइयो

समाचार
साउन ११ गते । बैदेशीक रोजगारीमा चिन पुगेका ४४ जना नेपाली महिला कामदारलाई नेपाल फर्किएका छन् । चीनमा समस्यामा परेका ४४ जना नेपाली महिला कामदार स्वदेश फर्किएका हुन्् । ल्याओनिङ प्रान्तको दान्दोङ रिशिङ कारखानामा कार्यरत नेपाली महिलाहरुलाई नेपाल फर्काइको बेइजिङमा अवस्थित नेपाली दूताबासले जनाएको छ । नेपाल फर्किएका नेपाली महिला कामदार भोली काठमाण्डौँ आईपुग्ने छन् । नेपाली महिलाहरु श्रम स्वीकृती लिएर दान्दोङ रिशिङ कारखानामा काम गर्न गत मे महिनामा नेपालबाट आएको दूताबासले जनाएको छ । तर, जुन दोस्रो साता करार अनुसार पारिश्रमिक र सेवा सुविधा नपाएको गुनासो आएपछि दूताबासले उद्दार कार्य थालेको थियो । चीन सरकारसँगको सम्वयनमा म्यानपावर कम्पनीको खर्चले महिला कामदारहरुलाई स्वदेश फर्काइएको दूताबासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...

२५ औं विश्व आदिवासी दिवश, कटारीमा धुमधामका साथ मनाईने

समाचार
कटारी, साउन ११ गते । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारी उदयपुरले यस वर्ष पनि वृहत कार्यक्रमका साथ मनाउने भएको छ । महासंघको आज महासंघ हलमा बसेको भेलाले आगामी ९ अगष्ट तारिख २४ साउनका दिन कटारीमा विगतमा जस्तै धुमधामका साथ मनाउने निर्णय गरेको परिषदका अध्यक्ष केदार मगरले जानकारी दिनुभयो । त्यसैगरी यस वर्षको कार्यक्रममा नगर भित्रबाट एसईई परीक्षा उत्तीर्ण गर्न सामुदायिक विद्यालयबाट उत्कृष्ट श्रेणी ल्याएका प्रत्येक वडाका एक छात्र र एक छात्रालाई दिवशको अवसरमा सम्मान गरिने परिषदका सचिव पदम राईले जानकारी दिनुभयो । दिवशको अवसरमा कटारीमा विभिन्न जातजातिहरुको साँस्कृतिक झाँकी सहित नगर परिक्रमा गरी विविध कार्यक्रमका साथ दिवश मनाउने तयारी भईरहेको महासंघले जनाएको छ । लोकसेवा आयोगले निकालेको सुचनामा आरक्षण हटाईएको विरोधमा आन्दोलनरत आदिवासी जनजाति महासंघले दिवशसँगै विरोधका कार्यक्रमल...
ग्लोबल छनोटमा नेपालले कुवेतलाई हरायो

ग्लोबल छनोटमा नेपालले कुवेतलाई हरायो

खेलकुद, समाचार
साउन ११ गते । विश्वकपको ग्लोबल छनोटमा नेपालले कुवेतलाई हराउदै एक जित टाढा रहेको छ । टी–२० विश्वकप छनोटका एसियाका फाइनलमा नेपालले कुवेतलाई ७ विकेटले पछि पार्दै जित हात पारेको हो । आईतबारको खेलमा आयोजक टिम सिंगापुरलाई हराएपछि नेपाल एसिया फाइनलको शीर्ष स्थानमा पुग्नुका साथै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । कुवेतले दिएको एक सय ४२ बलको लक्ष्य नेपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो । पारस खड्काको कप्तानी खेलेमा खड्काले ४२ बलमा ११ चौका र एक छक्काको मद्दतमा ६८ रन बनाएका थिए । शरद भेषावकरले नटआउट ३८ रन जोडेका थिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३÷३ विकेट लिएको थियो भने करण केसीको नाममा एक विकेट रहृयो । कुवेतका कप्तान मोहम्मद शासिफले बलिङबाट तीन विकेट लिएका थिए । यो भन्दा पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो । मोहम्मद शासिफ...
८ सय ८० मेगावाटबाट २ सयमा झारिदै

८ सय ८० मेगावाटबाट २ सयमा झारिदै

आर्थिक, समाचार
साउन ११ गते । आयोजनाको सर्भेमा आठ सय ८० मेगावाट विद्युत उत्पादन गर्न सकिने तामाकोसी–३ जलविद्युत आयोजनाको क्षमता तेस्रो पटक घटाएर दुई सयमा झार्ने तयारी भएको छ । नर्वेको स्ट्याटक्राफ्ट कम्पनीको लगानीमा आयोजनाको काम सुरु गरीएको भए २ वर्ष पहिले नै दोलखामा विजुली उत्पादन हुन्थ्यो । एसएन पावरले गरेको योजनाको अध्ययनले आठ सय ८० मेगावाट क्षमताको विद्युत गृह निर्माण गर्न सकिने देखाएको थियो । २०१२ देखि निर्माण कार्य सुरु गरेर सन् २०१६ भित्र २ सय २० मेगावाट र अर्को एक बर्ष्भित्र पुरै विजुली उत्पादन गरिसक्ने योजना थियो । पछि फेरी नर्वेजियन कम्पनीले निर्माण सम्पन्न गराउन लगाउने भन्दै आयोजनालाई ६ सय ५० मेगावाटमा झार्न लगाईयो त्यसै अनुसार सर्भे पनि भएको थियो । तर बजार सुनिश्चित नभएको भन्दै आयोजना विकास सम्झौता गर्नेबेला  २०७२ पुसमा नर्बेली कम्पनी आयोजनाबाट हात निकालेका थिए । नर्वेली कम्पनी बाह...
बातानेस प्रान्तमा दुई पटक भुकम्प

बातानेस प्रान्तमा दुई पटक भुकम्प

समाचार, संसार
साउन ११ गते । फिलिपिन्सको बातानेस प्रान्तमा दुई पटक भुकम्प दाजा हजारौँ घाईते भएका छन् भने करिब आठ जनाको मृत्यु भएको छ । एकाविहानै आएको ५.४ र ५.९ म्याग्नेट्युडको भुकम्पले निन्द्रमै दर्जनौ मानिसको ज्यान लिएको थियो भने हजारौँ घाईते भएका हुन् । भूकम्प जाँदा मानिसहरू घरभित्रै रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । भूकम्प गएपछि आउन सक्ने सुनामीको भने चेतावनी जारी गरिएको छैन । विहानै भुकम्प गएकाले विहानी निन्द्रामा मानिसहरु भएकाले भाग्न नपाएको प्रहरी अधिकारीहरुले जनाएको छ । फिलिपन्सका रेडक्रसले सामाजिक सञ्जालमा राखेका फोटोहरुमा भुकम्पले भग्नावशेषमा परिणत गरेका घरहरु देखिन्छ ।...
खोल्छामा पौडी खेल्दा एक बालकको मृत्यु

खोल्छामा पौडी खेल्दा एक बालकको मृत्यु

Breaking News 1
पाँचथर, साउन ११ गते ।  पाँचथरको ठिङगेपुर खोल्छामा पौडि खेल्दा एक जना बालकको मृत्यु भएको छ । याङवक गाउँपालिका – १ र २ को सिमाना ठिङगेपुर खोल्छामा पौडि खेल्ने क्रममा बालकको मृत्यु भएको हो । पालिका – १ निबासी डम्बर मगरको छोरा ११ वर्षीय अर्विन मगरको पौडी खेल्ने क्रममा पानीमा डुबी साँझ करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । पानीमा डुबेको देखेपछि बहिनिले अभिभावकलाई खबर गरी तत्काले उद्दार गरी जिल्ला अस्पताल फिदिम ल्याएपनि पौने १० बजे डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
भरुवा बन्दुक सहित २ जना पक्राउ

भरुवा बन्दुक सहित २ जना पक्राउ

Breaking News 1
मोरङ, साउन ११ गते । मोरङको जनजागृती सामुदायीक वनबाट दुई थान बन्दुक सहिति दुई जना पक्राउ परेका छन् । कानेपोखरी गाउँपालिका – ७ को जनजागृती सामुदायीक वनबाट बन्दुक सहित दुई जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेका हुन् । अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिको संयुक्त गस्ति टोलीले सामुदायीक वन क्षेत्रमा कानेगापा – ५ जहदा निबासी २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका – ४ निबासी ४४ वर्षीय शम्भु गहतराजलाई भेटेपछि चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट लोड गरि राखेको दुई थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । हतियार सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
जंगली च्याउ खाएर ४ जना विरामी

जंगली च्याउ खाएर ४ जना विरामी

समाचार
धनकुटा, साउन ११ गते ।  धनकुटाको गोठेगाउँमा जंगली च्याउ खाएर चार जना विरामी भएका छन् । चौविसे गाउँपालिका – ७ गोठेगाउँमा जंगली च्याउ खाँदा एकै परिवारका चार जना विरामी भएका हुन् । चौगापा – ७ निबासी ६३ वर्षीय टेकबहादुर लिम्बु, ६२ वर्षीया अमृतकुमारी लिम्बु, ३३ वर्षीया लक्ष्मिमाया लिम्बु र ४४ वर्षीया सुकमाया लिम्बु जंगली च्याउ खाएर विरामी भएको प्रहरीले जनाएको छ । जंगलमा पलाएको च्याउ टिपेर ल्याई पकाएर खाएपछि विरामी परेको प्रहरीले जनाएको छ । विरामीहरुलाई स्थानिय स्वास्थ्य चौकी मौना बुधुकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
पौडी खेल्दा मृत्यु

पौडी खेल्दा मृत्यु

समाचार
पूर्णपुष्टि, श्रावण ११  गते । पाँचथरमा खोल्छामा पौडी खेल्ने हुँदा एक बालकको ज्यान भएको छ । जिल्लाको याङवरक गाउँपालिका १ र २ को सिमास्थल ठिङगेपुर खोल्छामा पौडि खेल्ने क्रममा बालकको ज्यान गएको हो । पाँचथकोर याङवरक गाउँपालिका १ का डम्वर मगरको ११ वर्षिय छोरा अर्बिन मगर पौडि खेल्ने हुँदा डुवेर ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । शुक्रबार साझ पौने ७ बजेको समयमा खोल्सामा डुबेको देखेपछी बहिनिले अभिभावकलाई खवर गरेकी थिईन् । उनलाई तत्काल पानीबाट निकाली उपचारको लागी जिल्ला अस्पताल फिदिम पाँचथर लगिए पनि डाक्टरले मृत घोषणा गरेको थियो ।...