Tuesday, July 7News That Matters

Month: ७ वर्ष अगाडि

प्रकाश बचाइदिन परिवारको आग्रह

प्रकाश बचाइदिन परिवारको आग्रह

समाचार
उदयपुर /भदौ ,३ खोटाङको  साकेला गाउँपालिका वडा नं २ रतन्छाका प्रकाश राई बिरामी भएर थलिएको दुईमहिना भयो  । घरमा आर्थिक अवस्था कम्जोरी भएकै कारण उनको अहिले उपचारमा समस्या भएको छ । करिब चौध लाख रकम उपचारको क्रममा सकिएपछि परिवार बाट अरु आर्थिक जुटाउन नसकि रहेको अवस्था छ । अझै ४ महिना हस्पिटलमै बसेर उपचार गर्नु पर्ने डाक्टरले सल्लाह दिएपछि परिवार आर्थिको लागि भौतारिरहेको छ । जापानिज इन्सेफ्लाईटिस रोगले ग्रस्त भएको राईको अहिले काठमाण्डौको वीर हस्पिटलमा आइसियुमा राखेर उपचार भईरहेको छ । परिवारका अविभावक नै विरामि भएर थलिएपछि दुईओटा छोरीहरु र श्रीमतीको समेत विजोग भईरहेको छ । सबै रकम उपचार मै सकिएपछि थप उपचारको लागि परिवारले सबै सँग धेरै थोरै आर्थिक सहयोगको अपेक्षा गरेको छ । देश विदेशमा रहनु हुने सम्पूर्ण मनकारी नेपालीहरु संघ संस्था, व्यक्ति लगाएतलाई परिवारले सहयोगको याचना गरेको हो । उपचारक...
बाँकेमा ८ हजार हेक्टर वन अतिक्रमण

बाँकेमा ८ हजार हेक्टर वन अतिक्रमण

समाचार
भदौ ३ गते ।  राप्ती नदीमा आएको बाढीले विस्थापित भएका वासन्दिहरुको आश्रय स्थल बन क्षेत्र बन्दै गएको छ ।  वर्षेनी विस्थापित भएका पिडितहरुले अहिले सम्म करिब ८ हजार हेक्टर वन अतिक्राण भईसकेको हो । बाँकेमा अहिले हरेक वर्ष विपद् व्यवस्थापनका नाममा ८ हजार १ सय ६६ हेक्टर वन अतिक्रमण भएको वन डिभिजन कार्यालयको तथ्याङ्कको तथ्याङले देखाएको छ । वन क्षेत्र अतिक्रमण गरेर बसेका ४ हजार ३४ घरधुरीले बसोबास छाड्न मानेका छैन । बाढीपीडितले शुरुमा अस्थायी बस्ती बसाल्दै आए पनि पछि छाड्न नमान्ने गरेको कार्यालयले जनाएको छ । आश्रय लिएका वन क्षेत्र खालि गराएपनि फेरी बस्न थालेका छन् भने कतिपयले बस्ती छाड्न नमान्दा बल प्रयोग गर्नु पर्ने बाध्यता आएको जनाईएको छ ।...
एनसेल टावर आगजनी

एनसेल टावर आगजनी

समाचार
भदौ ३ गते । दाङको एक एनसेलको टावरमा अज्ञात समूहले आगजनी भएको छ । शान्तिनगर गाउँपालिका – ५ रगैाँको टावरमा गएराति आगजनी भएको प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द (विप्लप) समूहले आगजनी गरेको हुनसक्ने प्रहरीले अनुमान गरे पनि अहिलेसम्म कसैले घटनाको जिम्मेवारी नलिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगजनीबाट टावरको जेनेरेटर र तार लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मेट्रो रेलमा चिन र भारतको प्रतिस्पर्धा

मेट्रो रेलमा चिन र भारतको प्रतिस्पर्धा

लिम्चुङबुङ डायरी, समाचार
भदौ ३ गते । उपत्यकामा मेट्रो रेल निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) का लागि चिन र भारतको प्रतिस्पर्धा सुरु भएको छ । आगामी लगानी बोर्डको बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्यांकन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । चारवटा प्रस्ताव मध्ये दुईवटाको मुल्यांकन गर्दा उपयोगी देखिएकाले मुल्यांकन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डले जनाएको छ । डिपीआरका लागि चीनको संयुक्त कम्पनी चाइना रेलवे सियुवान सर्भे एन्ड डिजाइन ग्रूप र राइट्स–रेल इन्डिया टेक्निकल एनड सर्भिसेज कम्पनी लिमिटेडबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएको हो ।...
कटारीमा रवि समर्थकको  विरोध प्रर्दशन

कटारीमा रवि समर्थकको विरोध प्रर्दशन

समाचार
उदयपुर, भदौ २ गते । रवि लामिछाने सर्थकहरुले देशैभर विरोध प्रदर्शन गरिरहेको बेला उदयपुरमा पनि प्रर्दशन भएकोे छ । कटारी बजारमा नागरिक समाजले सोमबार रविको समर्थनमा विरोध प्रर्दशन गरेको हो । “रविलाई रिहाई गर, झुटा आरोप खारेज गर, भष्ट्रचारी दलाल होसियार” लगायतका नाराबाजी गर्दै बजार परिक्रमा गरेर कोण सभा गरेको थियो । राज्यले चालेको गलत कदम प्रति आपत्ति जनाउदै विरोध प्रर्दशनको आयोजना गरेको नागरिक समाजका अगुवा रतन पोखरेलले बताए । सरकारले गलत क्रियाकलाप गरेको र स्वतन्त्र पत्रकारलाई कार्यकक्षबाट नै पक्राउ गरी झुटा आरोप लगाउन खोजिएकाले रविको समर्थनमा उत्रेको गरेको पोखरेलले बताए । भ्रष्ट्रचारको विरुद्धमा आवाज उठाउने रविलाई नहुदा झुटा आरोप लगाएकाले विरोध जनाएको  उनले बताए ।...
गाँजासहति  १ जना पक्राउ

गाँजासहति १ जना पक्राउ

समाचार
झापा, भदौ २ गते । झापाको शिवसताक्षीबाट लागु औषध सहित एक जना पक्राउ परेको छ । विशसताक्षी नगरपालिका – १० दोमुखा निबासी ५४ वर्षीय तीर्थलाल दाहाल पक्राउ परेको हो । गोप्य सुचनाको आधारमा प्रहरीले दाहालको घरमा खानतलासी गर्दा सुत्ने कोठामा २ केजी ७ सय ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेको दाहाल माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
चट्याङले एक जनाको मृत्यु, एक जना घाईते

चट्याङले एक जनाको मृत्यु, एक जना घाईते

समाचार
उदयपुर, भदौ २ गते । त्रियुगाको खाँबुमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ  भने एक जना घाईते भएका छन् । त्रियुगा नगरपालिका – १५ खाँबुको १३ वर्षीय निर्माला मगरको चट्याङ लागेर मृत्यु भएको हो भने २९ वर्षीय पूर्णबहादुर मगर घाईते भएका हुन् । दिउँसो साढे २ बजे पूर्णबहादुरको घरमा बसी रहेको अवस्थमा पानिसँगै परेको चट्याङले लागेर निर्मलाको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर दुवै जना घाईते भएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा निर्मलाको बाटोमै मृत्यु भएको छ भने अर्का पूर्णबहादुरको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
लागु औषध सहित २ जना पक्राउ

लागु औषध सहित २ जना पक्राउ

समाचार
सनुसरी, भदौ २ गते । सुनसरीको धरानमा कारमा लुकाईछिपाई लैजादै गरेको लागु औषध सहित २ जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–८ तिनकुनेमा चेक जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । गतराती करिब १२ बजे ईटहरीबाट धरान तर्फ आउदै गरेको को २ च १०२१ नम्बरको कारलाई  चेकजाँच गर्ने क्रममा धउनपा –१५ निबासी ३९ वर्षीय रुभिन श्रेष्ठ र कारमा सवार धउनपा – २ निबासी ५६ वर्षीय बनबरीलाल शर्माले पक्राउ परेको प्रहरीले जनाएको छ । लाईलेक्स २८ बोतल उनीहरुको साथबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेको दुवै जना र लागु औषध ओसारपसारमा संलग्न कारलाई ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
हराएका बालकको मृत अवस्थामा फेला

हराएका बालकको मृत अवस्थामा फेला

समाचार
झापा, भाद्र २ गते । झापाको दमकमा घरबाट हराएको बालक पोखरीमा मृत अवस्थामा फेला परेको छ । दमक नगरपालिका – ३ बेलडागी २  सेक्टर न.ई १, हर्ट न. २ सिबीरमा बस्ने नर बहादुर मगर को छोरा १४ वर्षीय ओषिष मगर मृत फेला परेको हो । आईतबार साँझ ५ बजे घरबाट हिडेका बालक बिहाँन साढे ७ बजे दनपा –३ हुम्से दुम्से सामुदायिक बनका कर्मचारीले पोखरीमा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
हत्याराबाट पैसा लिन खोज्ने एक महिला पक्राउ

हत्याराबाट पैसा लिन खोज्ने एक महिला पक्राउ

समाचार
भदौ २ गते ।  भोजपुरमा श्रीमानको हत्याका घटना लुकाउन हत्यारासँग पैसा लिएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका – ४ सिद्धेश्वर दावा निबासी मीना मिजार सार्कीले श्रीमानको हत्यारासँग लिएको आरोपमा पक्राउ परेको हो । मिनासहित घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरमा धकेलेर हत्या गरेपछि घटना लुकाउन छिमेकी हरिबहादुर लम्सालले अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ । मृतक पूर्णबहादुरकी श्रीमती मीनाले अभियुक्त रम्तेलसँग पैसा मागेको वयानमा खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ । रम्तेलसँग मीनाले २ लाख रुपैय...