Tuesday, July 7News That Matters

Month: ७ वर्ष अगाडि

खोलामा डुबेर १ जनाको मृत्यु

खोलामा डुबेर १ जनाको मृत्यु

समाचार
झापा, साउन २९ गते । झापाको माईखोलमा डुबेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षीमा नगरपालिका –१० को माईखोलामा डुबेर सपन चौधरीको मृत्यु भएको हो । बिहान पौने ११ बजे माईखोलाको पुलदेखी  करिब १ किलोमीटर दक्षिण तर्फ पानीमा तैरीरहेको अवस्थामा  ५५ वर्षीय चौधरी मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ प्रहरी घटना स्थल पुगी थप अनुसधान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
लिम्चुङ्बुङको क्षतिग्रस्त सडक संचालन

लिम्चुङ्बुङको क्षतिग्रस्त सडक संचालन

समाचार
उदयपुर, साउन २९ गते । अविरल वर्षाले क्षतीग्रस्त भएका लिम्चुङबुङको सडक मर्मतपछि संचालनमा आएको छ । क्षतीग्रस्त सडक मर्मत गरेपछि गाउँपालिकाका केन्द्रसम्म बुधबारदेखि सडक संचालनमा आएको हो । गत २१ गतेबाट गाईघाट–मुर्कुची–पुँवारे–माझखर्क–लिम्चुङ्बुङ सडक खण्ड मर्मत सुरु गरिएको थियो । तीन ठुला मेसिन तीनै ठाउँबाट एकै साथ प्रयोग गरी सडक मर्मत गरी पालिका केन्द्रसम्म सडक सुचारु गरेको मुर्कुची–पुँवारे–डिल्लिबर–माझखर्क–लिम्चुङ्बुङ सडक मर्मत उपभोक्ता समितिले जनाएको छ । वर्षापछि प्राकृतिक नाकाबन्दीमा परेको पालिकाको केन्द्रसम्म सडक खुलाई खाद्य ढुवानी गर्ने गरी वान वे ट्रयाक खोलेको मुर्कुची–पुँवारे–डिल्लिबर–माझखर्क–लिम्चुङ्बुङ सडक मर्मत उपभोक्ता समितिका सदस्य नेत्रबहादुर कार्कीले बताए । सडक खुलेपछि स्थानियबासी खुसी भएको र खाद्यन्न बोकेको ट्याक्टर र बोलेरो समेत माझखर्क र पालिका केन्द्र बाराहा पुगेक...
होटलमा आगलागी हुदा ११ लाखको क्षती

होटलमा आगलागी हुदा ११ लाखको क्षती

समाचार
मोरङ, श्रावण २९ गते । मोरङका पथरीशनिश्चरेको एक होटलमा आगलागी हुदा ११ लाख बराबरको क्षती भएको छ । पथरीशनिश्चरे नगरपालिका –२ लिच्चि डाडाको होटल जल्दा उक्त रकम बरारको क्षती भएको हो । विहान करिब साढे ६ बजे टिनको छानो र बासको टाटिले बारेको सुकमाया राईको एकतले होटलमा  बिधुतको तार सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको छ । होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र ५ हजार नगद समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो प्रहरी स्थानियको सहयोगमा किरब साढे ७ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
निजि क्षेत्रसँग प्रस्ताव माग

निजि क्षेत्रसँग प्रस्ताव माग

समाचार
साउन २९ गते ।  नेपाल भ्रमण वर्ष २०२० को लागि सरकारले निजी क्षेत्रसँग सहकार्यको प्रस्ताव माग गरेको छ । सचिवालयले पहिलो पटक निजी क्षेत्रबाट नेपाल भ्रमण वर्षसँग सहकार्य गर्ने खालका कार्यक्रमको प्रस्ताव माग गरेको हो । नेपाल भ्रमण वर्षको उद्देश्यसँग मेल खाने पर्यटन प्रवद्र्धनका कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गरिने सचिवालयले जनाएको छ । सभा–सम्मेलन, सेमिनार, अन्तरक्रिया, प्रदर्शनी, मेला, उत्सव–महोत्सव, परिचयात्मक भ्रमण, विशेष जात्रा एवम पर्वजस्ता गतिविधि सञ्चालनमा सचिवायले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । प्रस्ताव पठाउँदा यस्तो कार्यक्रमले दिने योगदानको विषयमा पनि उल्लेख गर्नु पर्नेछ । स्थानीय तहमा हुने कार्यक्रममा निजी क्षेत्रले स्थानिय सरकारहरुबाट पनि अनुमति लिनुपर्ने भएको खण्डमा स्वीकृति वा संलग्नताको पत्र आवश्यक हुने सचिवालयले जनाएको छ । सरकारले वार्षिक २० लाख पर्यटक भि...
बैतडीमा मदिरा निषेधित वडा घोषणा

बैतडीमा मदिरा निषेधित वडा घोषणा

समाचार
साउन २९ गते । बैतडीको एक वडाले मदिरा निषेधित वडा घोषणा गरेको छ । दशरथचन्द नगरपालिकाको ९ नम्बर वडा मदिरा निषधित क्षेत्र घोषणा मंगलबार गरिएको हो । मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ । भेलाले लीलाधर जोशीको संयोजकत्वमा सात सदस्यीय मदिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ । उक्त क्षेत्रमा कसैले मदिरा बिक्री वितरण, ओसारपसार र सेवन गरी होहल्ला गरे पहिलो पटक १५ हजार, १० हजार र १ हजार ५ सयदेखि ५ हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो, तेस्रो सोही व्यक्ति दोहोरिएमा जरिवाना दोब्बर–तेब्बर हुने र तीन पटकभन्दा बढी भेटिएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।...
कार्यालयमै पुगेर घुस दिने पक्राउ

कार्यालयमै पुगेर घुस दिने पक्राउ

समाचार
साउन २९ गते ।  प्रहरी कार्यालयमै पुगेर घुस दिन खोज्ने एक जना पक्राउ परेको छ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको हो । वीरगन्ज महानगरपालिका – २२ निबासी ३५ वर्षीय उपेन्द्रप्रसाद यादव पक्राउ परेको प्रहरीले जनाएको छ । बाराको एक ईलाका प्रहरी कार्यालयमा पुगेर अवैध रुपमा भारतबाट कुखुरा ल्याउनको लागि १० हजार घुस दिन खोजेपछि यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीलाई दिन खोजेको १० हजार घुस सहित पक्राउ परेका यादवलाई थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।...
ट्राफिकको भ्यानले ठक्कर दिदा पैदलयात्रुको मृत्यु

ट्राफिकको भ्यानले ठक्कर दिदा पैदलयात्रुको मृत्यु

समाचार
साउन २९ गते ।  काठमाण्डौमा ट्राफिक प्रहरीको म्यानको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको आकस्मिक निरीक्षण टोलीको भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको हो । काटेश्वरबाट बालकुमारी तर्फ आउँदै गरेको भ्यानले आकाशे पुलमुनि बा १ झ ७८६६ नम्बरको गाडीले राति ११ः१० बजे पहिचान नखुलेको व्यक्तिलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट घाईते भएका व्यक्तिको उपचारको क्रममा वीर अस्तालको ट्रमा सेन्टरमा विहान मृत्यु भएको प्रहरीले जाएको छ ।...
श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

समाचार
सुनसरी, साउन २९ गते । सुनसरीको बर्जुमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । बर्जु गाउँपालिका – ५ पुरानो नहर टोल निबासी २६ बर्षीय प्रदिप यादवले २३ वर्षीय श्रीमती अवन देवी यादवलाई कुटपिट गर्दा मृत्यु भएको हो । मंगलबार विहान घरायशी बादबिबादमा यादवले श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी थिईन् । घाईते यादवको उपचारको क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा साँझ करिब ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ । श्रीमती कुटपिट गरि फरार रहेका अभियुक्त यादवको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
प्रदेश २ मा रक्षाबन्धनको सार्वजनिक विदा

प्रदेश २ मा रक्षाबन्धनको सार्वजनिक विदा

समाचार
साउन २९ गते । प्रदेश २ सरकारले रक्षाबन्धनको सार्वजनिक विदा दिएको छ । हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धनको दिन विहिबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षाेल्लासका साथ रक्षाबन्धन  मनाउन सबैलाई प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले अनुरोध गरेका छन् । संघीय सरकारले पर्व लगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । यसअघि बकर इदको अवसरमा प्रदेश २ सँगै प्रदेश ५ ले सार्वजनिक बिदा दिएका थिए ।...
श्रृङ्खलाबद्ध वडा कार्यालय चारी गर्ने पक्रउ

श्रृङ्खलाबद्ध वडा कार्यालय चारी गर्ने पक्रउ

समाचार
साउन २९ गते । श्रृङ्खलाबद्ध रुपमा वडा कार्यालयमा चोरी गर्ने एक जना पक्रउ परेको छ । पोखराका वडा कार्यालयहरु चोरी गर्ने किशोर थापा पक्राउ परेको हो । काठमाडौं महानगरपालिका–११ घर भई (हाल) पोखरामा डेरा गरी बस्दै आएको थापाले श्रृङ्खलाबद्ध रुपमा वडा कार्यालयहरु चोरी गर्दै आएको प्रहरीले जनाएको छ । थापा पहिले पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका छन् । २०७१ सालदेखि ०७४ सम्म जेल जिवन विताएर छुटेलगतै फेरि चोरी धन्दा सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । थापासँग चोरीको सामान खरिद विक्रि गर्ने रुपचन्द्र गोपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चोरीको सामान मात्र किनबेच गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।...