Tuesday, July 7News That Matters

Month: ७ वर्ष अगाडि

संविधान कार्यन्वयनमा जुटिरहेको : मुख्यमन्त्रि राई

संविधान कार्यन्वयनमा जुटिरहेको : मुख्यमन्त्रि राई

समाचार
उदयपुर, साउन ३० गते । नेपालमा लागु भएको संघिय शासन प्रणालीको संविधान कार्यन्वयनमा जुटिरहेका प्रदेश न. १ का मुख्यमन्त्रि शेरधन राईले बताएका छन् । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) को १ न. प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रि राईले संविधान कार्यन्वयनमा सवै जुटिरहेको बताएका हुन् । परिर्वतनका लागि नेपालमा भएको ठुला साना संघर्षहरुमा पत्रकारीता, संचारमाध्यमहरुको उल्लेख्य भुमिका रहेकाले संघिय प्रणाली शासन व्यावस्थाका संविधानलाई कार्यन्वयन गर्नका लागि उल्लेख्य भूमिका खेलिदिन मुख्यमन्त्रि राईले आग्रह गरेका छन् । राज्यले पत्रकारीता क्षेत्रलाई उच्च स्थान दिएकाले वाच डगको भूमिका निर्वाह गर्दै निष्पक्ष रुपमा कलम चलाउन मुख्यमन्त्रि राईले अनुरोध गरेका छन् । समयले धेरै फड्को मारिसके पनि मानिसको सोचमा परिर्वतन आउन नसकेकाले सोच परिवर्तन गर्न जरुरी छ । सोच नै...
उच्च अदालतबारे मुख्यमन्त्रीको कुराले वकिलहरु उत्साहित

उच्च अदालतबारे मुख्यमन्त्रीको कुराले वकिलहरु उत्साहित

समाचार
उदयपुर, साउन ३० गते उदयपुरका वकिल समुहले १ नं. प्रदेश मुख्यमन्त्री शेरधन राईलाई भेटगरी उदयपुरमा उच्च अदालत मागको विषय स्मरण गराएका छन् । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेशको प्रथम महाधिवेशन स्थलमा वकिल समुहले मुख्यमन्त्री राईसंग भेटगरी स्मरण गराएका हुन् । नेपाल बार एशोसिएसन उदयपुर इकाईको अगुवाईमा रहेका वकिल समुहले मुख्यमन्त्रीसंग छोटो समय लिदै उदयपुरमा उच्च अदालतको आवश्यकता दोहोर्याएका थिए । मुख्यमन्त्री राईले यहाँको आवश्यकता र उच्च अदालत टाढा हँदाको समस्याबारे आफु पहिले नै जानकार भईसकेको र उदयपुरबासीकै भावना अनुरुप आप्mनो तहबाट उदयपुरमै उच्च अदालत हुनेगरी संघीय सरकारलाई लेखि पठाएको जानकारी दिए ।  मुख्यमन्त्रीको कुराले वकिलहरु मात्र नभई सिंगो उदयपुर जिल्लाबासी उत्साहित र आशाबादी बनेको नेपाल बार एशोसिएसन, उदयपुरले जनएको छ ।...
लिम्चुङबुङ गाउँपालिका अध्यक्ष सम्मानित

लिम्चुङबुङ गाउँपालिका अध्यक्ष सम्मानित

समाचार
उदयपुर, साउन ३० गते । पहिचानको मुद्दालाई व्यवहारिकरुपमै उतार्न सफल भएको भन्दै उदयपुरका एक पालिका अध्यक्ष विहिबार सम्मानित भएका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई सम्मानित भएका हुन् । साविक सुनकोशीलाई किराँत पहिचानसंग सम्बन्धीत लिम्चुङबुङ गाउँपालिका नामाकारण गर्न सफल भएको भन्दै अध्यक्ष राईलाई नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), १ नं. प्रदेशले उदयपुरको राजाबासमा भएको पहिलो प्रदेश महाधिवेशन सम्मान गरेको हो । अध्यक्ष राईलाई कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले कदरपत्र प्रदान गरेका थिए भने फोनिज १ नं. इन्चार्ज दिपेन राईले खादा ओढाएर सम्मान  गरेका थिए । संविधानले संघीयतासंगै पहिचानलाई अंगिकार गरेपनि पहिचानको मुद्दा ओझेलमा परिरहेको अवस्थामा सो पालिकाले पहिचानको आधारमा पालिकाको नाम नामाकरण गर्न सफल भएकोमा प्रशंसा समेत गरिएको छ...
कश्मीरमा युद्ध भए विश्वका शक्ति राष्ट्रहरु जिम्वेवारी ः पाकिस्तानी प्रधानमन्त्री खान

कश्मीरमा युद्ध भए विश्वका शक्ति राष्ट्रहरु जिम्वेवारी ः पाकिस्तानी प्रधानमन्त्री खान

समाचार, संसार
साउन ३० गते । विवादित कश्मिरमा भारत र पाकिस्तान युद्ध भए विश्व शक्ति राष्ट्रहरुले जिम्मा लिनु पर्ने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बताएका छन् । कश्मीरको हैसियतसम्बन्धी विगतका संयुक्त राष्ट्रसङ्घका प्रस्ताव कार्यान्वयन गराउन विश्व शक्ति राष्ट्रहरू विफल भएको प्रधानमन्धि खानले बताए। भारतीय प्रधानमन्धि नरेन्द्र मोदीले दश दिन अगाडी कश्मीरको विशेष हैसियत खारेज गरेर ठूलो रणनीतिक त्रुटि गरेको खानले बताए । प्रत्येक वर्ष अगस्ट १४ का दिन पाकिस्तानले स्वतन्त्रता दिवस मनाउँदै आएको छ । उक्त दिनको अवसर पारेर एकता दिवसको रूपमा मनाउन भन्दै प्रधानमन्त्री खान बुधवार पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबाद पुगेको थियो । मुजफ्फबाद पुगेका प्रधानमन्त्रि खानले त्याहाका सदनको विशेष सत्रमा सम्बोधन गर्दै भारतले संविधानको धारा ३७० खारेज गरेर भारतीय प्रधानमन्त्री मोदीले “आखिरी कार्ड खेलेक...
विद्युत आउने जाने गर्दा औद्योगलाई समस्या

विद्युत आउने जाने गर्दा औद्योगलाई समस्या

लिम्चुङबुङ डायरी, समाचार
साउन, ३० गते । लोडसेडिङ मुक्त भएपनि मोरङ, सुनसरीको औद्योगिक क्षेत्रमा केहि समयदेखि दैनिक १५ पटक भन्दा बढी विद्युत् कटौती हुन थालेको छ । यसरी पाँच–पाँच मिनेटमा विद्युत् आउने जाने गर्दा उद्योगीहरु मारमा परेका छन् । सरकारले ल्याएको कर नीतिले निराश बनेका उद्योगीहरु अघोसित विद्युत् कटौतीले झनै निराश बनेका छन् । ‘हाम्रो समस्या कहाँ पोखौं ?’ उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे प्रश्न गर्छन, ‘समृद्ध नेपाल, सुखी नेपाली ५ लाख युवालाई स्वदेशमै रोजगारी यसरी नै आउँछ ?’ यो समाचार आजको कारोबार दैनिकमा छापिएकोा छ ।...
योजना र संयन्त्र बनाउन नसक्दा चिनियाँ असन्तुष्ट

योजना र संयन्त्र बनाउन नसक्दा चिनियाँ असन्तुष्ट

लिम्चुङबुङ डायरी, समाचार
साउन ३० गते । नेपाललले योजना दिन र संयन्त्र बनाउन नसक्दा चिन असन्तुष्ट भएको छ । चीनको महत्वकांक्षी योजना ‘बेलट एन्ड रोड इनिसिएटिभ्स’ (बिआरआई)मा सहभागी भएको दुई वर्ष वितिसक्दा सम्म नेपालले केहि गर्न नसकेपछि असन्तुष्ट भएको हो । पाकिस्तान, श्रीलंका लगायतका देशहरुमा बिआरआईका लागि कार्यकारी प्रमुखको नेतृत्वमा संयन्त्र गठन गरी गरिसकेका छन् । नेपालले प्रष्ट योजना प्रस्तुत गर्न र औपचारिक संयन्त्र बनाउन नसक्दा चिनियाँ पक्ष असन्तुष्ट रहेको जनाईएको छ । २०७४ वैशाख २९ मा नेपालले बीआरआईमा सहभागी हुने सम्झौता गरेको थियो । तीन वर्षमा सदस्यता नवीकरण हुने सम्झौताको पहिलो चरणमा केहि प्रगति विना नै सन् २०२० मा सकिँदै छ । चीनले बिआरआईमार्फत १ सय ५२ देशमा ४ सय अर्ब डलरको भौतिक पूर्वाधार, रेल वे, सडक यातायात लगायत ठूला परियोजना बनाइसकेको छ । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ । ...
विभिन्न संघसस्थाद्वारा प्रदेश अधिवेशनको सफलताको कामना

विभिन्न संघसस्थाद्वारा प्रदेश अधिवेशनको सफलताको कामना

समाचार
उदयपुर, साउन २९ गते ।  उदयपुरका विभिन्न संचार हाउस तथा संचार सस्थाहरुले नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को १ न. प्रदेश अधिवेशनको सफलताको कामना गरेका छन् । उदयपुरमा हुन लागेको पहिलो प्रदेश अधिवेशनले पत्रकारीताको क्षेत्रमा उर्जा थप्ने भन्दै उनिहरुले सफलताको कामना गरेका हुन् । विभिन्न व्यानर , पत्रपत्रिका, रेडियो मार्फत उनिहरुले शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुलाई स्वागत समेत गरेका छन् । उदयपुरका पत्रिकाहरु, एफएमहरु र अनलाईनहरुले शुभकामना व्यक्त गरेका छन् । त्यस्तै किराँत राई पत्रकार संघ, थारु पत्रकार समाज, तामाङ पत्रकार समूह, फोटो पत्रकार संघ लगायतले शुभकामना व्यक्त गरेका छन् ।...
फोनिजको प्रदेश अधिवेशनको तयारी पुरा

फोनिजको प्रदेश अधिवेशनको तयारी पुरा

समाचार
उदयपुर, साउन २९ गते । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) को प्रथम १ न. प्रदेश अधिवेशनको तयारी पुरा भएको आयोजकले जनाएको छ । उदयपुरको सदरमुकाम गाईघाट नजिकै राजाबासमा हुने अधिवेशनको तयारी पुरा भएको फोनिज उदयपुरका अध्यक्ष सुपराज राईले बताए । भोलि विहान ८ बजे उद्घाटन गर्ने अधिवेशनका लागि १ नं प्रदेश अन्र्तगतका जिल्लाहरुका प्रतिनिधि तथा पर्यावेक्षक आजै आईसकेका छन् । आगुन्तुक अतिथि, प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई आयोजकले स्वागत गर्दै बसाईको व्यावस्थापन मिलाएको छ । अधिवेशनलाई मुख्यमन्त्रि शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । फोनिजका केन्द्रिय पदाधिकारी, नेपाल पत्रकार महासंघका प्रदेश तथा केन्द्रका पदाधिकारीहरु, सांसद, पालिका प्रमुख तथा जनप्रतनिधिहरु लगायतका उद्घाटन समारोहमा आगमन हुने आयोजकले जनाएको छ । पहिलो प्रदेश अधिवेशन भएकाले एतिहासिक रुपमा सम्पन्न गर्ने तयारी रहेक...
उखु कृषकले पाएन भुक्तानी

उखु कृषकले पाएन भुक्तानी

आर्थिक, समाचार
साउन २९ गते । नवलपरासीका उखु किषकहरुले चिनी उद्योगलाई उधारो दिएको रमक अझै पाएको छैन । चिनी उद्योगहरुले गत वर्ष करीब ७० करोड रुपैयाँ र २०६९ सालमा उखु दिएको उखुको बाँकी रकममधये करीब ४ करोड रुपैयाँ अझै नदिएको उखु उत्पादक कृषक समितिले जनाएको छ । लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग सञ्चालनमा नआएका कारण किसानलाई रकम तिर्न बाँकी छैन भने अरू सबै चिनी उद्योगले किसानलाई करोडौँको रकम भुक्तानी गर्न बाँकी छ । इन्दिरा सुगर मिल्सले २०७० सालमा करीब १६ करोड रुपैयाँ र अघिल्लो वर्षको करीब ४ करोड रुपैयाँ गरी २० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ । त्यसैगरी लुम्बिनी चिनी उद्योगको करीब १४ देखि १५ करोड रुपैयाँ र बागमती चिनी उद्योगले करीब ३५ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जन...
मेलमिलाप केन्द्रलाई संक्षम बनाउनु पर्छ ः न्यायिक समिति

मेलमिलाप केन्द्रलाई संक्षम बनाउनु पर्छ ः न्यायिक समिति

समाचार
उदयपुर, साउन २९ गते ।  सवै स्थानीय तहका वडा मेलमिला केन्द्रहरु सक्षम बनाउन सके मात्र जनताले राहत पाउने न्यायिक समितिका संयोजकहरुले बताएका छन् । जिल्ला समन्वय समिति उदयपुर र मानवअधिकार मञ्च इलामले आयोजना भएको न्यायिक समितिद्धारा सम्पादन गरिएका कार्यहरुको अनुभव आदानप्रदान र यसको प्रभावकारिताका बिषयक कार्यक्रममा स्थानीय तहका न्यायिक समितिका संयोजकहरुले यस्तो बताएका हुन् । गाउँपालिकामा रहेको न्यायिक समिति भौगोलिक दृष्टिकोणले टाढा रहेकाले सामान्य झगडा पालिका केन्द्रसम्म आईपुग्नुभन्दा वडामा भए जनतालाई राहत मिल्ने ताप्लि गाउँपालिकाका उपाध्यक्ष कमलमाया राईले बताईन् । सबै वडाबाट पालिका केन्द्रमा आईपुग्न समय र आर्थिक हिसावले पनि खर्चिलो भएकाले वडास्तरका मेलमिलाप केन्द्रलाई वलियो बनाउनु पर्ने रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ज्यु ठकुरीले सुझाएको थिईन् । पहाडी विकट पालिकाको सबै वडा...