Tuesday, July 7News That Matters

Month: ७ वर्ष अगाडि

घुस सहित पक्राउ विव्यास समितिका अध्यक्ष

घुस सहित पक्राउ विव्यास समितिका अध्यक्ष

समाचार
साउन ३१ गते ।  नगरपरासीका एक विद्यालय व्यावस्थपन समितिका अध्यक्ष र प्रधानध्यापकलाई ६५ हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पाल्हीनन्दन गाउँपालिका–३ को सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्यायलाई रंगेहात पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलकार्यालयको टोलीले बिहीबार परासीको लुम्बिनी प्लसको कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका थिए ।...
मुख्यमन्त्रि राईद्धारा बाढी पहिरो क्षेत्रको अवलोकन

मुख्यमन्त्रि राईद्धारा बाढी पहिरो क्षेत्रको अवलोकन

समाचार
उदयपुर, साउन ३१ गते । उदयपुरको रौतामाईका बाढी पिडित क्षेत्रमा प्रदेश न. १ का मुख्यमन्त्रि शेरधन राईले स्थलगत अनुगमन गर्नुभएको छ । रौतामाई गाउँपालिका – ७ मुर्कुची बजारको छौड्याहा खोला र पुँवारे खोलाले गरेका क्षतीको स्थलगत अनुगमन गर्नुभएको हो । गत असार ३० गते राती घरमा सुतिहरेको अवस्थामा छौड्याहा खोलामा अचानक आएको बाढीले बगाई घाईते भएकी  सुनिता तामाङसँग प्रत्यक्ष भेटघाट गरी प्रदेश सरकारले सेवा सुविधा उपलब्ध गराउने मुख्यमन्त्रि राईले आश्वसन दिनुभएको छ । बाढी पहिरोले क्षती गरेका खानेपानी, सिचाई लगायतका क्षतीको स्थलगत अनुगमन र मुर्कुची बजारमा रहेको रौता जनता क्याम्पसको पनि अवलोकन गर्नु भएको छ  । मख्यमन्त्रि राईले बजारमा जनताको जनगुनासो समेत सुन्नु भएको थियो । पालिकाको समग्र विस्थापित, जोखिम, मृत्यु लगायतका बाढी पहिरोबाट भएका क्षती र राहत, उद्दारको विवरण सहित मुख्यमन्त्रि राईलाई ...
भारतमा बढी खोजीने सनी

भारतमा बढी खोजीने सनी

मनोरञ्जन
साउन ३१ गते । बलिउडमा यति बेला अभिनेत्री सनी लियोनीले सफलता कमाई रहेकी छिन् । पोर्नस्टारबाट बलिउड प्रवेश गरेकी सनीलाई भारतमा राम्रो स्थान पाएका हुन् । अगष्ट २०१९ सम्म गरिएको गुगल सर्च सर्भेमा सनीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता सलमान खान तथा शाहरुख खानभन्दा बढी खोजिएको पाइएको छ । भारतको गुगल सर्चमा सनी सबैभन्दा बढी खोजिएकी हुन् । गुगल ट्रेण्ड एनालिटिक्सका अनुसार सनीका भिडियोहरू सबैभन्दा बढी खोजिएको छ । अघिल्लो वर्ष पनि भारतको सबैभन्दा बढी गुगलमा खोजिने व्यक्तिमा सनी नै थिईन् । सनीले सलमान खानको शो बिग बोसमार्फत् टेलिभिजन हुँदै बलिउडसम्मको यात्रा तय गरेकी थिइन् तर अहिले उनै सलमानभन्दा बढी खोजिनेमा उनी परेकी छन् । भर्खरै सनीले नेपाली फिल्म ‘पासवर्ड’ मा पनि आइटम डान्स गरेकी छन् ।...
रवि लामिछानेसहित ३ जना पक्राउ

रवि लामिछानेसहित ३ जना पक्राउ

समाचार
साउन ३० गते ।  आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ रेको छ । कार्यलयबाट नै पक्राउ परेका लामिछाने र कँडेल भन्दा केहि घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उक्त अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चितवनको गत साउन २२ गते । कंगारु होटलमा मृत भेटिएका पूर्वसहकर्मी शालिकराम पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए । उक...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
ओखलढुङ्गा, साउन ३० गते । ओखलढुङ्गाको खिजिदेम्बामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । खिजिदेम्बा – ४ निबासी ३६ वर्षीय बालकुमारी विक भिरबाट लडेर मृत्यु भएको हो । गतराती साढे ७ बजे घरबाट दिदिको घर जाँने क्रममा भिरबाट लडेर विकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ प्रहरी घटना स्थल पुगी शव भिरबाट निकाली थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।...
पुजारी मृत अवस्थामा फेला

पुजारी मृत अवस्थामा फेला

समाचार
सुनसरी, साउन ३० गते । सुनसरीको एक शिव मन्दिरका पुजारी मृत अवस्थामा फेला परेको छ । दुहवी नगरपालिका –१ साहु टोलका शिव मन्दिरको पुजारी मृत अवस्थामा फेला परेको हो । विहन करिब पौने ८ बजे मन्दिर परिसरमा पुजारी दुनपा– ५ निबासी ६० वर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा, साउन ३० गते । झापाको मेचिनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका – ९ मागुरवाडी निबासी ६० वर्षीय गंगा थपलिया हात्तिलाई थापेको विजुलीको नाङ्गोबाट करेन्ट लागेर मृत्यु भएको हो । विहान करिब ७ बजे घर पछिाडी हात्तिबाट जोगिन जोडेको विजुलीको नाङ्गो तारबाट करेन्ट लागेर थपलियाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
दुधकोशीले बगाएर १ जना बेपत्ता

दुधकोशीले बगाएर १ जना बेपत्ता

समाचार
ओखलढुङगा, साउन ३० गते । ओखलढुङगाको दुधकोशीमा पौडी खेल्ने क्रममा नदिले बगाएर एक जना बेपत्ता भएको छ । चिसंखुगढी गाउँपालिका – १ कुईभिर सिलउरी घाटमा पौडी खेल्दा नदिले बगाएर बेपत्ता भएको हो । नमस्ते अल इन्टरनेशनल आयुवेर्दिक कम्पनी काठमाण्डौबाट आयुवेर्दिक औषधी बिक्री बितरणको लागि आएका डोटी जिल्लाको चौकी गाउँपालिका –७ निबासी २० बर्षीय चन्द्रबहादुर खड्का र झपेन्द्र नेपाली नदिमा पौडी खेल्ने क्रममा खड्का बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी प्रहरी टोली पुगी स्थानियको सहयोगमा बेपत्ता खड्खाको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।...

सिँचाइ आयोजनाको पुनर्निर्माण गर्न सवा २ अर्ब लाग्ने

समाचार
साउन ३० गते । अविरल वर्षाले आएको बाढीका कारण क्षतिग्रस्त भएका सिँचाइ आयोजना पुनर्निर्माण गर्न करिब सवा २ अर्व लाग्ने भएको छ । क्षतीग्रस्ट संरचनाका लागि करिब २ अर्व ११ करोड २२ लख रुपैया लाग्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । तात्कालीन र दीर्घकालीन कार्ययोजना अनुसार तात्कालीन मर्मत र निर्माणका लागि ३८ करोड २२ लाख आवश्यक पर्ने सिँचाइ विभागले देखाएको मन्त्रिले बताए । मर्मतका लागि अर्थमन्त्रालयसँग ३८ करोड २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध गराउन माग उनले बताए । गत वर्ष ५ अर्ब बजेट निकासा भएकोमा यस बर्ष साढे २ अर्ब मात्रै भएको भन्दै सबै बजेट स्थानीय तहमा गएकाले नदी संरक्षण, नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तीन वटै सरकारबीच समन्वय आवश्यक पर्ने मन्त्रि पुनले बताए ।...
चेम्जोङ सहित १० जना पत्रकार सम्मानित

चेम्जोङ सहित १० जना पत्रकार सम्मानित

समाचार
उदयपुर/साउन, ३० बरिष्ठ पत्रकार उदयपुरका कौशल चेम्जोङ सहित १० जना अग्रज पत्रकारहरु उदयपुरमा सम्मानित भएको छ । सम्मान हुनेहरुमा उदयपुरका बरिष्ठ पत्रकार  चेम्जोङ सँगै , उदयपुरकै महेश्वर चाम्लिङ, धरानका हर्ष सुब्बा, गोपाल देवान,  धनकुटाको संजयसन्तोषी राई, विजय सन्तोषी राई,  हिमा चेम्जोङ  इटहरीका यम प्रधान, इलामको सटेन्द्र जबेगु र झापाको रमेश शमदर्शी राई, रहेका छन् । १ नं प्रदेशको आदिवासि जनाजाति पत्रकार महांसंघको प्रथम ऐतिहासिक महाधिवेशनको अवसरमा गाईघाट स्थित राजावासमा उनिहरुलाई प्रदेश नं १ का मुख्यमन्त्रि शेरधन राईले नगद रु ५ हजार सहित कदर पत्रले सम्मान गरेको छ आदिवासी जनजाति पत्रकार महासंघ फोनिज उदयपुरको आयोजनामा भईरहेको सो अधिवेशनको उद्घाटन कार्यक्रममा सम्मान गरिएको हो । विगत लामो समय सम्म व्यवसायीक पत्रकारितामा कलम चलाएर संञ्चार क्षेत्रमा ठुलो योगदान पुराएको भन्दै उनिहरुलाई सम्मान...