Tuesday, July 7News That Matters

Month: ७ वर्ष अगाडि

डुबेर एक जनाको मृत्यु

डुबेर एक जनाको मृत्यु

समाचार
सुनसरी, साउन ३२ गते । सुनसरीको रामधुनीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका – ६ निबासी ४५ वर्षीय पदमबहादुर श्रेष्ठ पोखरीमा डुबेर मृत्यु भएको हो । शुक्रबार दिउँसो पौने ४ बजे घर नजिकै रहेको पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
रविलाई ५ दिन हिरासतमा राख्न अनुमति

रविलाई ५ दिन हिरासतमा राख्न अनुमति

समाचार
साउन ३०  गते ।  अदालतले पत्रकार रवि लामिछाने सहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्या गर्नमा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत, चितवनले अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ । रवीलाई अदालतमा उपस्थित गराउनु अघि उनका समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए । भिडका बीच प्रहरीले रवि, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । न्यूज २४ टेलिभिजनको कार्यलयबाटै बिहीबार साँझ लामिछाने र कँडेललाई गिरफ्तार गरिएको थियो भने अस्मिता कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो ।...
८ सय युवालाई ठगी गर्ने १ जना पक्राउ

८ सय युवालाई ठगी गर्ने १ जना पक्राउ

समाचार
साउन ३१ गते । युरोपियन देश पठाईदिन्छु भन्दै ८ सय भन्दा बढी ठगी गर्ने एक जना पक्राउ परेको छ । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका रामबहादुर खड्का पक्राउ परेको हो । ठगी गर्नका लागि खड्काले छुट्टा छुट्टै नाममा पाँचवटा फेसबुक आइडी बनाएको पाइएको प्रहरीले जनाएको छ । महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापाको नाममा फेसबुक एकाउण्ट खोलेर साथी बनाउँदै खड्काले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।...
नेकपाको नयाँ नेतृत्व, कस्लाई के परे

नेकपाको नयाँ नेतृत्व, कस्लाई के परे

समाचार
३१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सह–ईन्चार्न सहतिर केन्द्रिय कार्यलयका सचिवहरु तोको छ । शुक्रबार बसेको सचिवालयको बैठकले  केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो । बैठकले अधिकांश मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य नरहेका विना मगर,लालबाबु पण्डितलगायतका मन्त्रीले पनि बिभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल रहको छ । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई पर्यटन विभाग प्रमुखनै बनेका छन् । माधव नेपाल विदेश विभाग प्रमुख भएका छन् भने सुवास नेम्वाङ संसदीय विभाग प्रमुख भएका छन् । त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निर्वाचन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।...
नेपालमा भेटियो मकै सिध्याउने फौजी किरा

नेपालमा भेटियो मकै सिध्याउने फौजी किरा

समाचार
साउन ३१ गते ।  अमेरिकी फौजी किरा नेपालमा फेला परेको छ । मकै बाली सखाप पार्ने किरा नेपालमा प्रवेश गरेको पुष्टि भएको हो । ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासीलगायतका जिल्लाका मकै खेतिमा यस किराको संक्रमण भेटिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी ब्यवस्थापन केन्द्रले जनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटको अनुसन्धानमा फौजी किरा नेपाल प्रवेश गरेको पुष्टि भएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले किराबारे थप अनुसन्धान अगाडि बढाएको थियो । नेपालमा पहिलोपटक देखिएको यो किराले छोटो समयमै मकैबाली सखाप पार्ने भएकाले कृषि क्षेत्रमा चिन्ता थपिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । पूर्वको झापादेखि पश्चिमको दाङ जिल्लाका विभिन्न भागबाट संकास्पद नमूना ...
सप्तकोशीले बगाउँदा १ बालको मृत्यु

सप्तकोशीले बगाउँदा १ बालको मृत्यु

समाचार
सुनसरी, साउन ३१ गते । सुनसरीको बराहक्षेत्रमा सप्तकोशीले बगाएर एक बालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका – ६ निबासी शिवराज राईको छोरा ११ वर्षीय मेदिम राईलाई सप्तकोशीले बगाएर मृत्यु भएको हो । दिउँसो पौने १ बजे राईसहित ५ जना पौडी खेल्ने क्रममा बालकलाई नदिले बगाएको प्रहरीले जनाएको छ । नदिले बगाएको बालकको करिब ८ सय मिटर तल माछा मार्ने मान्छेले उद्दार गरेपनि मृत्य भईसकेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सनुसरीले जनाएको छ ।...
आगलागी हुदा टेम्पो जलेर नष्ट

आगलागी हुदा टेम्पो जलेर नष्ट

समाचार
झापा, साउन ३१ गते । झापाको अर्जुनधारामा तार सर्ट हुदा एउटा टेम्पो जलेर नष्ट भएको छ । अर्जुनधारा नगरपालिका – ६ को भित्री सडक खण्डमा  मे १ ह ५८६ नम्बरको टेम्पो जलेर नष्ट भएको हो । पश्चिमबाट पूर्व महानन्द चोक तर्फ आउदै गरेको टेम्पोमा अचानक तार सर्ट भई आगलागी हुदा जलेर पूर्ण रुपमा नष्ट भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
मगर मृत अवस्थामा फेला

मगर मृत अवस्थामा फेला

समाचार
झापा, साउन ३१ गते । झापाको भद्रपुरमा एक जना मृत अवस्थामा फेला परेको छ । भद्रपुर नगरपालिका – १ तुलसी चौक निबासी ४२ वर्षीय जितबहादुर दर्लामी मगर मृत अवस्थामा फेला परेको हो । बुधबार घरबाट कसैलाई केहि नभनि हिडेका मगर साँझ घर नफर्केपछि आफन्तले खोजतलास गर्ने क्रममा विहान करिब ८ बजे घर नजिकै रहेको आफ्नै खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि तत्काल प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  ...
प्रदेश १ को फोनिजका नवनिर्वाचित अध्यक्ष जम्नेली

प्रदेश १ को फोनिजका नवनिर्वाचित अध्यक्ष जम्नेली

समाचार
उदयपुर, साउन ३१ गते । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को १ न. प्रदेश प्रथम अधिवेशनबाट अर्जुन जम्नेलीको अध्यक्षमा २१ कार्यसमिति चयन भएका छन् । उदयपुरको राजाबासमा शुक्रबार सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनबाट जम्नेलीको अध्यक्षतामा प्रदेशीक कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । एतिहासिक प्रथम प्रदेश अधिवेशनबाट फोनिजको प्रदेश उपाध्यक्ष फिपराज बेघा र भूमिका सुब्बा चयन भएका हुन् भने महासचिवमा विदुर खवास चयन भएको हो । त्यसैगरी सचिवमा सन्देश सुब्बा र अप्सरा समाल मगर चयन भएका हुन् भने कोषध्यक्षमा सुशान राई चयन भएको हो । त्यसै गरी सदस्यहरुमा वीरबहादुर पापे, राजन साम्पाङ राई, प्रेम देवान, टंकलाल राई, भाष्कर चौधरी र महेन्द्र मादेन चयन भएका छन् । भने महिला सदस्हयहरुमा साहारा लिम्बु, मानवी तामाङ र विनादेवी तामाङ चयन भएका हुन् । त्यसैगरी अल्पसंख्यक सदस्यमा विजय धिमाल चयन भएको हो । ...
ईग्लिस प्रिमियर लिग खेलन तयार ओजिल र कोलासिनाच

ईग्लिस प्रिमियर लिग खेलन तयार ओजिल र कोलासिनाच

खेलकुद, समाचार
साउन ३१ गते । ईग्लिस प्रिमियर लिग खेल्नका लागि मोसिट ओजिल र सिड कोलासिनाच तयार रहेको आर्सनलका प्रशिक्षक इमरीले बताएका छन् । शनिबार राति हुने वर्नलीविरुद्धको खेलको लागि दुवै खेलाडी खेल खेल्नको लागि तयार भएको प्रशिक्षक इमरीले बताए । दवै खेलाडी अभ्यासका लािग फर्किएका हुन् । दुवै खेलाडी सुरक्षाका कारण यस अघि उपस्थित थिएनन् । दुवै राम्रा खेलाडी भएकाले खुशीको कुरा  प्रशिक्षक इमरीले बताए ।...