Tuesday, July 7News That Matters

Month: ७ वर्ष अगाडि

भालुको आक्रमणमा एक महिला घाईते

भालुको आक्रमणमा एक महिला घाईते

समाचार
सोलुखुम्बु, साउन २५ गते । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक महिला घाईते भएकी छिन् । सोलुदुधकुण्ड नगरपालिका – ३ लोदिङ निबासी ४२ वर्षीय माया शेपा घाईते भएकी हुन् । भालुले मकै खाएर हैरान पारेपछि बारिमा मकै रुङ्न बनाएको टहरामा बसी भालु त्रसाउन टिन बजाउने क्रममा बच्चा सहित आएको भालुले गतराती साढे ९ बजे अचानक आक्रमण गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल सोलुखुम्बु ल्याई थप उपचारको लागि मिसन अस्पताल सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
सशस्त्र प्रहरी जवान नै तस्कर

सशस्त्र प्रहरी जवान नै तस्कर

समाचार
साउन २५ गते । बाघको छाला सहित दार्चुलामा एक जना सशस्त्र प्रहरी जवान पक्राउ परेको छ । दुहुँ गाउँपालिका–२ हिकिलाबाट खलङ्गा ल्याउदै गरेको छालासहित जवान दिपक सिंहलाई शुक्रबार राती पक्राउ गरेको हो । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखिएको अवस्थामा ३९ इञ्च लाम्बाई र १० इञ्च चौडाई भएको  छाला बरामद गरेको प्रहरीले जनाएको छ । सिंह सशस्त्र प्रहरी सुरक्षा गुल्म न. ५० को जवान पदमा कार्यरत छन् । पक्राउ परेका सिंहलाई थप अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।...
बरिष्ठ पत्रकार चेम्जोङ सहित ४ जना पुरस्किृत हुने

बरिष्ठ पत्रकार चेम्जोङ सहित ४ जना पुरस्किृत हुने

समाचार
साउन, २५ गते । आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६ बरिष्ठ पत्रकार कौशल चेम्जोङसहित ४ जनालाई पुरस्किृत गर्ने घोषणा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको “ आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६” मा बरिष्ठ पत्रकार कौशल चेम्जोङ (रेडियो), गणेश राई (छापा),  शोभा श्रेष्ठ (टेलिभिजन) र राजबहादुर गुरुङ (अनलाइन) पुरस्कृत गर्ने घोषणा गरेको हो । विहिबार बसेका पुरस्कार छनोट समितिको बैठकले गरेको निर्णय फोनिज सचिवालयले शुक्रबार अनुमोदन गरेर विज्ञप्ति जारी गरेको सचिवालले जनाएको छ । जनही नगद २० हजार रहेको पुरस्कार फोनिजको स्थापना दिवसको अवसरमा साउन २७ गते प्रदान गरिनेछ ।   कौशल चेम्जोङ – रेडियो (त्रियुगा एफएम, उदयपुर) २०४५ सालबाट दृष्टि साप्ताहिकदेखि पत्रकारीता सुरुवात गरेका चेम्जोङ वरिष्ठ पत्रकार हुन् । तीन दशकक...
लिभरपुलको शानदार जित

लिभरपुलको शानदार जित

पर्यटन, समाचार
साउन २५ गते । इंग्लिस प्रिमियर लिगका पहिलो खेलमा लिभरपुलले शानदार जित हात पारेको छ ।  गएराति एन्फिल्डमा भएको खेलमा नर्विचलाई ४–१ गोलले पछिपार्दै जित हात पारेको हो । खेल सुरु भएको ७ औँ मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गरे । १९ औं मिनेटमा मोहम्मद सलाले गोल गरे भने २८ औं मिनेटमा भर्जिल भान डाइकले अर्को गोल गरे । त्यसैगरी ४२ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलको सानदार जित भएको थियो । पहिलो हाफमै ४–० को गोल गरेका लिभरपुलको गोल रक्षक एलिसन घाईते भएर मैदान बाहिरिएपछि  मौकाको फाईदाउ उठाउदै दोस्रो हाफमा नर्विच सिटीका टिमु पोक्कीले एक गोल गर्दै चित्त बुझाएको थियो ।...
जिल्ला आदिवासी जनजाति महासंघको अध्यक्षमा उदास

जिल्ला आदिवासी जनजाति महासंघको अध्यक्षमा उदास

समाचार
उदयपुर, साउन २५ गते ।  नेपाल आदिवासी जनजाति सहासंघ जिल्ला समन्वय परिषद उदयपुरको अध्यक्षमा गौरीशंकर उदास चयन भएका छन् । २५ औँ विश्व आदिबासी जनजाती दिवससँगै छैटौँ जिल्ला अधिवेशनबाट उदाससहित नयाँ नेतृत्वमा १७ सदस्य चयन भएका हुन् । उपाध्यक्ष टिकाराम थामी, बलधन राई र उषा माझी, सचिब शारादाकुमारी दनुवार, सह–सचिब तेन्जी शेर्पा, लिलाबहालुर सुनुवार र मनमाया भुजेल, कोषाध्यक्ष बिक्रमी चौधरी चयन भएको छ । त्यसैगरी सदस्यहरुमा बलराम उराउ, सरिता हायु, बाबुराम पहरी, रबिन गुरुङ, फणिन्द्र तामाङ, मनोज लिम्बु, जयराम पुर्वाछाने मगर र कलम बोटे चयन भएको संघले जनाएको छ । महासंघको जिल्ला समन्वय परिषदमा सर्वसहमतबाट नयाँ कार्यसमिति चयन भएको थियो । सर्वसहमतबाट चयन भएका नयाँ कार्यसमितिका दसस्यहरुलाई निर्वाचन मण्डलका संयोजक हरिबहादुर श्रेष्ठले सपथ ग्रह गराएका थिए ।...

छोराले कुटेर बाबुको मृत्यु

समाचार
झापा, साउन २४ गते । झापाको कमलमा छोराले कुटेर एक बाबुको मृत्यु भएको छ । कमल गाउँपालिका – १ निबासी ७० वर्षीय सर्यबहादुर थापालाई आफ्नै छोराले चिर्पटले हिर्काएर शुक्रबार मृत्यु भएको हो । विहान करिब सवा ७ बजे घरायशी कुराले विवाद हुदा ३१ वर्षीय प्रकाश थापाले बाबुलाई चिर्पटले हिर्काएर घटनास्थलै बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । चिर्पट प्रहार गर्ने प्रकाश प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।  ...

रुख ढलेर पैदल यात्रीको मृत्यु

समाचार
मोरङ, साउन २४ गते । मोरङको कानेपोखरीमा रुखले किचेर एक जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका – ७ आईतबारे निबासी ५१ वर्षीय पार्वता भट्टराईलाई रुखले किचेर विहिबार मृत्यु भएको हो । दिउँसो करिब सवा ४ बजे कानेपोखरीबाट रमाईलो तर्फ गईरहेको अवस्थामा अचानक आएको हावाहुरीले रुख ढल्दा किचेर भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । रुखले किचेर घाईते भएकी भट्टराईलाई पथरी अस्पतालमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भउको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।...
डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु

समाचार
संखुवासभा, साउन २४ गते । संखुवासभाको खाँदबारीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । खाँदबारी नगरपालिका – ९ तुम्लिङटार निबासी बीरबहादुर कुमालको छोरा ४ वर्षीय विमल कुमाल पोखरीमा डुबेर मृत्यु भएको हो । गतराती पौने ८ बजे घर निजकै रहेको कोशी कोरीडोरको पानी  जमेको पोखरी छेउमा खेल्ने क्रममा पोखरीमा लडी पसेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

करेन्टेनरको ठक्करबाट साईकल चालकको मृत्यु

समाचार
मोरङ, साउन २४ गते । मोरङको बरगाछीमा कन्टेनरको ठक्करबाट साईकल चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका – ५ बरगाछीमा कन्टेनरले साईकललाई ठक्कर दिदा पालिका – १ निबासी स्वेता सहनीको मृत्यु भएको हो । राती करिब १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको एनएल ०१ एल ५१३५ नम्बरको भारतीय कन्टेनरले भित्रि बाटोबाट निस्कदै गरेको साईकललाई ठक्कर दिदा ३५ वर्षीय सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । कन्टेनरको ठक्करबाट घाईते भएका सहनीको विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा करिब साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...

विद्यार्थीले बुझाए ज्ञापन पत्र

समाचार
झापा, साउन २४ गते । झापाको कचनकवल गाउँपालिकालाई संयुक्त विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएको छ । पालिकाले कक्षा १२ सम्म निशुल्क शिक्षा लागु गर्ने क्रममा एक विद्यालय एक संकाय लागु गरेको विरोध गर्दै ज्ञापन पत्र बुझाएको हो । विद्यार्थी संगठनले एक विद्यालय एक संकाय लागु गरेर विद्यार्थीलाई दुःख दिन खोजे आरोप लगाएको छ । निर्णय सच्याई एक विद्यालय एक संकाय हटाई अरु संकाय पनि अध्ययन गर्ने व्यावस्था मिलाउन माग गर्दै पालिकामा ज्ञापन पत्र दिएको संगठनले जनाएको छ । तीन दिन भित्र उक्त निर्णय सच्याई यथावत रुपमा अध्ययन गर्ने व्यावस्था मिलाउन ज्ञापन पत्र बुझएको संगठनले जनाएको छ ।...