ओलम्पिक कमिटीका चुनाव सुरु
भदौ २८ गते ।
नेपाल ओलम्पिक कमिटीको साधारण सभा तथा चुनाव सुरु भएको छ । साधारण सभा तथा चुनाव ललितपुरको आफ्नै भवनमा शनिबारदेखि सुरु भएको हो ।
साधारण सभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेको थियो । निर्वाचनसँगै राष्ट्रिय मान्यता प्राप्त र अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीको विवाद समाधान भएको मन्त्री विश्वकर्माले बताए । सबै मिलेर नयाँ नेतृत्व चयन हुनेमा आफू आशावादी भएको उनले बताए ।
उद्घाटन सत्रपछि निर्वाचन प्रक्रिया सुरु हुने छ । १९ सदस्यीय कार्यसमितिमा १७ जना निर्वाचित गर्ने र दुई जना पछि मनोनित गर्ने ओलम्पिकको विधानमा उल्लेख छ ।
उप–महासचिवमा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेना र कोषाध्यक्षमा रतनकुमार तण्डन यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावमा वर्तमान अध्यक्ष जीवनाराम श्रेष्ठ र उमेशलाल श्रेष्ठको प्यानल प्रतिस्पर्धामा छ । जीवनराम...









