घामले पग्लियो खानेपानी योजनाको पाईप
उदयपुर, भदौ १५ गते ।
लिम्चुङ्बुङको मझुवा बाराहा खानेपानी योजनाको पाईप घामले पग्लिएको छ । लिम्चुङबुङ गाउँपालिका – ३ बाराहामा निर्माधिन योजनाको पाईप रुखमा बाँधेर टाँगेको ठाउँमा पग्लिएको हो ।
विकट पहाडी भेगमा खानेपानीको समस्या समाधान गर्नका लागि राज्य संघियतामा नआई नै जिल्ला खानेपानी कार्यालय उदयपुरबाट परेको योजनाको पाईप घामले पग्लिएको लिम्चुङ्बुङ गाउँपालिका– ३ का वडा सदस्य गुरुमणी कुमाईले बताए ।
२०७२ सालमा ८८ लाखको सम्झौता गरि काम सुरु गरेको थियो । पंचवर्षीय योजना भएकाले चालु आर्थीक वर्ष २०७६/७७ सम्ममा योजनाको काम सम्पन्न गर्नु पर्ने सम्झौता गरेको सदस्य कुमाईले बताए । त्यस योजनाका ५० एमएमको पाईप रुखमा बाँधेर टाँगिएको ठाउँमा घामले पग्लेको उनले बताए ।
माटोमा गाढ्नु पर्ने भएपनि ठाउँ ठाउँमा रुखमा बाँधेर टाँगेको ठाउँमा करिब १ सय ५० मिटर कालो पाइप पग्लेर कामै नलाग्ने भएको सदस्य कुमाई...


