Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

पहिरोले पुरेर १ जनाको मृत्यु

पहिरोले पुरेर १ जनाको मृत्यु

समाचार
भोजपुर, भदौ १५ गते ।  भोजपुरको साल्पासिलिचोमा पहिरोले पुरेर एक जनाको मृत्यु भएको छ । साल्पासिलिचो गाउँपालिका – ६ थुमलुङमा निबासी मानबहादुर विष्टको पहिरोले पुरेर मृत्यु भएको हो । घर नजिकै अलैची बगानमा अलैची गोड्ने क्रममा अचान आएको पहिरोले शनिबार बेलुकी करिब ६ बजे ६५ वर्षीय विष्टलाई पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले पुरेर घाईते भएका विष्टलाई तत्काल उद्दार गरी घर लगेपनि विहान सवा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुग्दा विष्ट आफ्नै घरमा मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...

अवैध सामान बरामद

समाचार
झापा, भदौ १५ गते । झापाको मेचीनगरबाट राती प्रहरीले अवैध सामान बरामद गरेको छ । मेची नगरपालिका – ६ बाट राती ३ बजे करिब २ लाख ५२ हजार बराबरको अवैध सामान बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटेका प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको मोटर पार्टस, हार्डवेयरको सामान तथा विभिन्न प्रकारको कपडा बरामद गरेको प्रहरीले जनाएको छ । बरामद भएका सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मेची बुझाईएको प्रहरीले जनाएको छ ।...
सोसाईटी चेन्ज गर्न धेरै कामहरु गर्नुछ : एनिका र अनमोल, लिटल आइकन–२

सोसाईटी चेन्ज गर्न धेरै कामहरु गर्नुछ : एनिका र अनमोल, लिटल आइकन–२

मनोरञ्जन
क्यानभास एकेडेमी, गाईघाटमा कक्षा ८ मा अध्ययनरत एनिका खड्का गत भदौ ७ गते गाईघाटमा भएको यमाहा मिस्टर एण्ड मिस लिटल आईकन, सिजन–२ को विजेता हुन् । बालबालिकाका क्षमता, प्रतिभालाई प्रस्तुतीको अवसर दिदै उनीहरुमा आत्मविश्वास बढाउने उद्देश्यले आयोजित उक्त कार्यक्रमबाट उनी उदयपुरको दोस्रो लिटल आइकन बनेकी हुन् । बुबा टिका खड्का र आमा निर्मला खड्काको साथ, सहयोग र साथीभाइको प्रेरणाबाट आइकन बनेको बताउने एनिका सानै भएपनि कुराकानीमा परिपक्कता र बौद्धिकता देखाउछिन् । त्यसैले पनि उनी आइकन बन्न सफल भईन् । उनी जस्तै केटाहरुको तर्फबाट उदयपुर इङ्लिस बोर्डिङ स्कुल गाईघाटमा कक्षा ६ मा अध्ययनरत अनमोल थापा पनि आइकन बनेका छन् । बुवा अस्विनकुमार थापा र आमा सरिता गेलाल थापाको साथ र सहयोगबाट आइकनमा भाग लिएर आइकन बन्न सफल भएका उनी रमाईलो कुराकानी गर्नमा पनि माहिर देखिन्छन् । पूर्णपुष्टिकी सम्बाददाता प्रतिक्षा मगरले दुब...
तिजमा व्रत बस्दा ख्याल गर्नु पर्ने कुरा

तिजमा व्रत बस्दा ख्याल गर्नु पर्ने कुरा

स्वास्थ्य
भदौ १५ गते । तिजमा अधिकांश महिला ब्रत बस्ने भएकाले आफ्नो स्वास्थ्यलाई पनि ख्यान गर्नु पर्दछ । पहिला जस्तो पानी पनि नखाई ब्रत बस्ने चलन कम हुदै गएपनि फलफुल खादा पनि ख्याल गर्नु पर्दछ । आफ्नो स्वास्थ्यलाई ख्याल नगरि ब्रत बस्नु भनेको रोग निम्त्याउनु हो । व्रत बस्दा ध्यान दिनुपर्ने कुरा – भात नखाए पनि सुजी, साबदाना लगायतका परिकार खानुपर्छ । –पानी, जुस, फलफूल, दूध खाएर बस्नु पर्छ । – केहि नखाएपनि पानी चै खानै पर्छ । – दिनमा ब्रत बसेपनि राती ब्रत बस्नु हुदैन । – ब्रतको नाममा लामो समय व्रत बस्नाले धेरैखालका रोग लाग्न सक्छ । – ब्रत बस्दा स्वास्थ्यको ख्याल नगर्नाले शरीर कमजोर भएर ढल्ने तथा अस्पतालसम्म पुग्नु पर्ने अवस्था आउँन सक्छ । व्रत बस्दाको फाइदा – आत्मसन्तुष्टि हुन्छ । – खानाबाट हुने एलर्जी तथा पेट फुल्ने समस्यालाई ठिक गर्छ । – खानाले भएको ग्याष्ट्राइटिसलाई राम...
पहिरो गएपछि स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध

पहिरो गएपछि स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध

समाचार
भदौ १५ गते । रसुवाको तातोपानी क्षेत्रमा पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रमा गतराती पहिरो खसेपछि स्याफ्रु–रसुवागढी सडक अवरुद्ध भएको हो । पानी पर्न नरोकिएकाले अवरुद्ध सडक खुलाउन सकिएको छैन । पानी रोकिएपछि अवरुद्ध सडक सफा गर्ने रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ । वर्षाको समयमा वर्षेनी अवरुद्ध सडक जलविद्युत् आयोजनाले सडक मर्मत तथा पहिरो पन्छाउदै आएको छ ।...
जीप दुर्घटनामा १५ जना घाइते

जीप दुर्घटनामा १५ जना घाइते

समाचार
भदौ १५ गते । धादिङमा जिप दुर्घटना हुदा १५ जना घाईते भएका छन् । खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको जीप आइतबार दुर्घटना हुँदा घाईते भएका हुन्् । ज्वालामुखी गाउँपालिका –५ साँधभञ्ज्याङमा ओभर ट्याक गर्ने क्रममा तिज मनाउन माईत हिडेका यात्रु बोकेका बा १ झ ५४३१ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । ज्वालामुखी गाउँपालिका खरी निबासी २९ वर्षीय सोमबहादुर मंग्राती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का‚ २५ वर्षीया गिता रोक्का‚ २२ वर्षीय धन बहादुर दुवाडी ६ वर्षीया रोचिता गुरुङ, १० वर्षीया सरिता रोक्का, १० वर्षीया पार्वती नेपाली‚ ५० वर्षीया देबकुमारी थापामगर, ५० वर्षीय मायादेवी आले, १० वर्षीया सुनिल बालकोटी, १३ वर्षीया सिर्जना नेपाली र ५ नम्बर वडाकाको १७ वर्षीया सरस्वती गुरुङ घाईते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना महिला र ५ जना पुरुष घाईते भएका छन् । सामान्य १३ जना...
एटीएमबाट पैसा चार्ने ५ चिनियाँ पक्राउ

एटीएमबाट पैसा चार्ने ५ चिनियाँ पक्राउ

समाचार
भदौ १५ गते । काठमाण्डौँको दरबार मार्गबाट एटीएमबाट पैसा चोर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गतराती दबार मार्गको नविल बैँकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालार्ई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको परिचय नखुलाईएको भएपनि सबै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । १ करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजार अमेरिकी डलर उनीहरुको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । एटीएमबाट पैसा चोरी गर्ने समूह विरुद्ध काठमाडौं प्रहरी परिसरले विशेष अपरेसन चलाएको थियो ।...
मलिकाको दोश्रो फिल्म ‘पानी फोटो’

मलिकाको दोश्रो फिल्म ‘पानी फोटो’

मनोरञ्जन, समाचार
भदौ १५ गते । नायिका मलिका महत्तले अभिनय गरेको चलचित्र ‘यात्रा’ गतबर्ष मात्रै रिलिज भएको थियो । त्यसपछि मलिकाले कुन चलचित्र अभिनय गर्ला भन्ने चर्चा चलिरहेको बेला अर्को ‘पानी फोटो’ चलचित्रमा काम गर्ने पक्का भएको हो । खगेन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको चलचित्रमा उनी अडिसनबाट नै छानिएकी हुन् । केही महिना अगाडि चलचित्रको घोषणा सभामा नायिकाको रुपमा मेनुका प्रधानको नाम मात्र अगाडि सारिएको थियो । चलचित्रका लागि एक जना कलाकार खोजिरहेका बेला अडिसनबाट मलिका फिट लागेपछि उनलाई लिएको निर्देशक लामिछानेले जनाएको छ । चलचित्रको छायांकन सुरु भएको छ । चलचित्र व्यापारिक रुपमा हिट नभएपनि मलिकाको कामको भने राम्रै तारिफ भएको थियो ।...
पहिरोले घर पुर्दा आमा र दुई छोरीको मृत्यु

पहिरोले घर पुर्दा आमा र दुई छोरीको मृत्यु

समाचार
भदौ १५ गते । जाजरकोटको भेरीमा पहिरोले घर पुरिदा एक आमा सहित दुई जना छोरीको मृत्यु भएका छन् । भेरी नगरपालिका– २, तिमिले निबासी दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो । घरमा सुति रहेको अवस्थामा राती करिब १:४५ बजे अचान घरमाथीबाट आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, ९ वर्षीया मोतीकला वली र ३ वर्षीया धनसरा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेकाले बाँच्न सफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेका उद्धार टोली र सशस्त्र प्रहरी बलले उद्दार गरिरहेको प्रहरीले जनाएको छ ।...
अमेरिकामा बन्दुक हमला ५ जनाको मृत्यु

अमेरिकामा बन्दुक हमला ५ जनाको मृत्यु

समाचार, संसार
भदौ १५ गते । अमेरिकाको टेक्सासमा बन्दुक आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने दर्जनौ घाईते भएका छन् । एल पासोको घटना सेलाउन नपाउदै टेक्सासका पश्चिमी शहर ओडिसा र मिडल्यान्डमा शनिबार दिउँसो बन्दुक आक्रमण भएको हो । गाडीमा सवार बन्दुकधारीको आक्रमणबाट ५ को मृत्यु भएको र करिब १६ घाइते भएको टेक्सासका प्रहरीले जनाएको छ । घाईतेहरुको ओडेसाको अस्पतालमा उपचार भईरहेका छन् । बन्दुक आक्रमणमा २ वर्ष मुनिका बच्चा समेत परेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएको छ । बन्दुकधारीले सबैभन्दा पहिला तिनीहरु चढेको गाडी रोक्ने ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । अन्दाजी ३० वर्षीय बन्दुकधारी त्यसपछि हुलाक सेवाका ट्रक नियन्त्रणमा लिएर मिडल्यान्ड नगरतर्फ हुइँकिएका थिए ।...