Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

१ नं. प्रदेशमा ३० जनाको रिपोर्ट नेगेटिभ, १६ को रिपाेर्ट आउन बाँकी

१ नं. प्रदेशमा ३० जनाको रिपोर्ट नेगेटिभ, १६ को रिपाेर्ट आउन बाँकी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १९ । कोरोना भाइरसको निरन्तर खबर अपडेटको क्रममा अहिलेसम्म १ नं. प्रदेशमा सुखद खबर नै रहेको छ । अहिलेसम्म भाइरस संक्रमित नभेटिएको सुखद खबर रहेपनि संक्रमितको आशंका अझै रहेकाले ढुक्क हुने स्थिति छैन । ढुक्क हुने भन्दा सतर्कता अपाउनु पर्ने आवश्यकता नै रहेको छ अझपनि । १ नं. प्रदेश सरकार, सामाजिक विकास मञ्त्रालयका प्रवक्ता डा. सुरेश मेहतालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाए अन’सार हालसम्म १ नंं प्रदेशबाट कोराना भाइरस (कोभिड ं१९) को आशंकामा नमुना संकलन गरिएका ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अर्थात ती तीस जनामा कोरोना भाइरसको संक्रमण देखिएको छैन । अन्य १६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । यस अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको हो । प्रवक्ता डा. मेहताका अनुसार सुनसरीबाट २५ जना, झापाबाट ५ जना,  मोरङगबाट ७ जना, धनकुटाबाट १ जना, र्तेहथुमबाट २ जना, सोलुखुम्वुब...
काेराेना भाइरसले ज्यानजाने विश्वभर ४२ हजार नाघ्याे

काेराेना भाइरसले ज्यानजाने विश्वभर ४२ हजार नाघ्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैन १९ । आजसम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ हजार नाघेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हिजोसम्मको कोरोना भाइरसका कारण मर्नेको संख्या ४२ हजार १ सय ७ पुगेको हो । हिजो मंगलबार एकैदिनमा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएको हो । एक लाखभन्दा बढी मानिस संक्रमि रहेको इटलीमा एकैदिनमा ८ सय ३७ जनाको मृत्यु भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिलेसम्म त्यहाँ १२ हजार ४ सय २८ जनाको ज्यान गइसकेको छ । स्पेनमा कारोना संक्रमणका कारण आठ हजार ४ सय ६४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय संक्रमण निकै बढिरहेको अमेरिकामा हिजो ७ सय १९ जनाको ज्यान गयो । यो संगै अमेरिकामा मृत्यु हुनेको जम्मा संख्या ३ हजार ८ सय ६० जना पुगेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतमा भने हिजो थप ३ जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ३५ पुगेको छ । यता, चाइ...
हिमाली यातायात र निर्माण व्यवसायी संघद्वारा सहयोग

हिमाली यातायात र निर्माण व्यवसायी संघद्वारा सहयोग

समाचार
पूर्णपुष्टि, चैत १९ । हिमाली यातायात व्यवसायी केन््द्र गाइघाटले गरीव तथा विपन्नलाई लकडाउनमा खाद्य संकट टार्न सहयोग स्वरुप आर्थिक सहयोग गरेको छ । केन्द्रले सो उद्देश्यका लागि त्रियुगा नगरपालिकाको विपद् राहत कोषमा ५० हजार रुपैया सहयोग गरेको हो । नगरपालिकाले यसरी प्राप्त रकमहरुबाट खाद्य सामग्री खरिद गरी वडाहरुका विपन्न वर्गको पहिचान गरी राहत वितरण गरिरहेको छ । निर्माण व्यवसायी संघले पनि सो नगरपालिकालाई २५ हजार रुपैया राहत कोषमा सहयोग गर्ने निर्णय गरेको छ । साथै संघले जिल्लाका अन्य सबै पालिकाहरुलाई पनि सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ । नगरपालिकालाई २५ र गाउँपालिकालाई २० हजारका दरले सहयोग प्रदान गर्ने जनाइएको छ ।...