Wednesday, July 8News That Matters

Month: ६ वर्ष अगाडि

त्रियुगा राहत कोषमा नगरले छुट्याए १ करोड

त्रियुगा राहत कोषमा नगरले छुट्याए १ करोड

समाचार
गाईघाट/चैत्र, २१ विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण प्रभावित भएका विपन्न परिवार तथा संक्रमण रोकथामा र उपचारका लागि भन्दै त्रियुगा नगरपालिकाले कोषमा १ करोड बजेट छुटाएको छ । त्रियुगा राहत कोष नामक राष्ट्रिय बाणिज्य बैँङकमा रहेको खातामा नगरले १ करोड बजेट छुट्याएको नगर प्रमुख बलदेव चौधरीले बताउनुभयो । नगरले अहिले लकडाउनको कारण प्रभावित भएको १६ ओटै वडाका विपन्न परिवारका व्यक्तिहरुलाई वडाहरुमा खाद्यन्न पुराउने काम  नगरले गरिरहेकोे छ । नेपालमा समेत भाइरसको दिनानु दिन बढ्दै गएको संक्रमणको रोक थाम र उच्च सतर्कताको निम्ति आवश्यक अनुसार लकडाउनलाई निरन्तर दिनु पर्ने अवस्थामा त्यस्ता विपन्न जनताहरुलाई भोकमरी बाट बचाउन नगरले पहिलो प्राथामिकताका साथ बजेट छुटाएको पनि मेयर चौधरीले बताउनुभयो । राहत कोषमा जम्मा भएको रकम संक्रणको रोक थाम साथै कुनै पनि व्यक्तिहरुमा संक्रमण देखिएमा तत्काल उपचारमा...
लिम्चुङ्बुङको ४ स्थानमा हेल्प डेक्स स्थापना गर्ने

लिम्चुङ्बुङको ४ स्थानमा हेल्प डेक्स स्थापना गर्ने

समाचार
मिलन परियार लिम्चुङबुङ/चैत्र,२१  विश्वभर फैलिएको कोरोना भाईरसलाई उच्च सतर्कता अपनाउने भन्दै लिम्चुङबुङ गाउँपालिकाले पालिकाको ४ स्थानमा हेल्प डेक्स तयार गर्ने भएको छ । पालिकाले आफ्नो ठाउँमा छिर्ने मुख्य ४ ओटा नाकाहरुमा हेल्प डेक्स तयार गर्ने भएको छ । लिम्चुङबुङ छिर्ने नाकामा पूर्ण निगरानी र तैनाथका साथ उच्च सतर्कता जनाउन हेल्प डेक्स तयारी गर्ने लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले जनाउनु भएको छ । फ्रान्स बाट कोरोना भाइरस संक्रमित  युवती संगै कतार एयरवेज  फ्लाईट बाट ४ गते  लिम्चुङ्बुङ गाँउ पालिका ३ बाराहा का एक युवा पनि काठमाण्डौ बाट गाईघाट हुदै लिम्चुङ्बुङ  आईपुगेका थिए । यस्तै अवस्थामा त्यस्ता व्यक्तिहरुको स्वास्थ्य परिक्षण र सोधपुछ गरी बाहिर बाट आउने व्यक्तिहरुलाई विषेश निगरानी साथै उनिहरुको अवस्था पक्तालगाई सतर्कतालाई सहयोग पुराउने भन्दै पालिकाले ४ वटा मुख्य नाका...
बारीमै कुहिन थालेकाे तरकारी किनबेच मिलाइदिन माग

बारीमै कुहिन थालेकाे तरकारी किनबेच मिलाइदिन माग

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २१ । राष्ट्रिय कृषक महासंघ, उदयपुरले लकडाउनका कारण कृषकहरुले लगाएका तरकारीहरु बारीमै कुहन थालेकाले बजार लैजाने र उपभोक्तालाई उपभोग गर्ने वातावरण मिलाइदिन माग गरेको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघले सरकारसंग यस्तो माग गरेको हो । स्थानीय सरकार तथा प्रदेश र केन्द्र सरकारले किसानहरुको मार्कालाई मध्ये नजर गर्दै ढुवानी तथा निर्यातको व्यवस्था मिलाइ सर्बसाधारणलाई ताजा तरकारी खरिद गरेर उपभोग गर्ने वातावरण मिलाइ दिन माग गरिएको हो । साधारण किसानहरुको कृषि कर्म नै जिविकोपार्जनको माध्यम भएको र उपभोक्ताहरुले सहजरुपमा तरकारी खान पाउने व्यवस्था मिलाउन आजको आवश्यकता ठहर गर्दै यस्तो माग राखिएको कृषक महासंघ उदयपुरका अध्यक्ष कुशल राउतले बताउनुभयो । हिजो मात्र सरकारले कृषि तथा दैनिक उपभोग्य बस्तु, दुध, तरकारी जस्ता कुराहरुको सहज आपूर्तीमा सहजता ल्याउने जनाएको छ । सरकारको उ...
महिलाहरूले गरे तरकारी खाने पैसाबाट बचाएर विपन्नलाइ सहयाेग

महिलाहरूले गरे तरकारी खाने पैसाबाट बचाएर विपन्नलाइ सहयाेग

समाचार
पूर्णपुष्टि, चैत २१ । गाईघाटका केही महिलाहरुले तरकारी खाने पैसाबाट बचाएर लकडाउनको बेला खाद्यान्न अभाव पर्ने विपन्न वर्गका लागि सहयोगस्वरुप प्रदान गरेका छन् । उनीहरुले त्रियुगा नगरपालिकाको विपद् राहतकोषमा जम्मा गरी विपन्न वर्गका लागि सहयोग गरेका हुन् । १९ जना महिलाहरुले पाँच/पाँच सयको दरले र कार्की छापाखानाले पाँच हजार गरी एकमुष्टमा १५ हजार पाँच सय रुपैया नगरपालिकाका मेयर बलदेव चौधरीलाई हिजो प्रदान गरेका हुन् । महिलाहरू अधिकांश गृहिणी हुन् । उक्त रकम नगरपालिकाको विपदु् कोषमा जम्मा गरि विपन्न वर्गका लागि राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । अहिले कोरोना भाइरसको कारण देश लकडाउनमा छ । यस अवस्थामा जनजीवन र गतिविधि ठप्प छ । घरभित्रै बसेर सुरक्षित रहनुपर्ने भएकाले दैनिक ज्यालामजदुरी गरेर खाइरहेका विपन्न वर्गलाई खाद्यान्न संकट परेको छ । यस विपद्मा परेको समस्यालाई बुझेर महिलाहरुले सहयोग...
लकडाउन केही खुकुलो, गाउँघरमा कृषि कार्य सूचारु गर्न सरकारको आग्रह

लकडाउन केही खुकुलो, गाउँघरमा कृषि कार्य सूचारु गर्न सरकारको आग्रह

समाचार
पूर्णपुष्टि, चैत २० । सरकारले आजबाट लकडाउनलाई केही खुकुलो पार्दै ग्रामीण क्षेत्रमा बालीनाली लगाउने र उठाउने कृषि कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ । आज बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैंठकले खाद्य सामग्री, इन्धन लगायत दैनिक उपभोग्य बस्तुको ढुवानीलाई सहज बनाउने निर्णयका साथै ग्रामिण भेगमा कृषि कर्मका लागि सहज बनाउने निर्णय गरेको हो । खेतीका लागि बाहिरबाट श्रमिक ल्याउन भने नपाउने भएको छ । स्थानीय रुपमा नै कार्य गर्न र स्थानीय कामदार मात्र लगाउन सरकारको आग्रह छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको समन्वय समितिको बैंठकले नियमित आपूर्ती भइरहेका दैनिक उपभोग्य बस्तु तथा मुलुकभित्रै हुनसक्ने उत्पादनका विषयमा छलफल गरेको र अव केही सहज बनाउने निर्णय भएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ...

युवती भीरमुनी मृत फेला

समाचार
पूर्णपुष्टि, चैत्र २०। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ की एक युवती मृत फेला परेकी छिन् । १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत फेला परेकी हुन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगलतर्फ गएकी युवती बेलुकासम्म घर नआएपछी खोजतलासको क्रममा आज बिहान फेला परेको १ नं। प्रदेश प्रहरीले जनाएकोछ । पौने १२ बजेको समयमा उक्त भिर मुनी मृत फेला परेकी हुन् । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा थप अनुसन्धान कार्य भईरहेको  प्रहरीले जनाएको छ ।...
नेपालमा छैठाैं काेराेना संक्रमित ६५ वर्षिया बृद्धा

नेपालमा छैठाैं काेराेना संक्रमित ६५ वर्षिया बृद्धा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २० नेपालमा छैटौं कोरोना भाइरस सक्रमित एक बृद्ध फेला परेकी छिन् । उनी बागलुङकी ६५ वर्षीया बृद्धा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार पुष्टि गर्नुभयो । कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको उहाँले जानकारी दिनुभयो । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् । अहिले संक्रमण पुष्टि भएकी बृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया युवतीकी आफन्त हुन् । दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एक दिन आफन्तकहाँ बसेर उनीहरु दुबै जितमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट पछि सँगै आएकी युवतीमा संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेको बताइएको छ । बागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थि...
उदयपुरको क्वारेन्टाइनमा आज १६ जना थपिए, जिल्लाभर बस्नेको संख्या ५१ पुग्यो

उदयपुरको क्वारेन्टाइनमा आज १६ जना थपिए, जिल्लाभर बस्नेको संख्या ५१ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १९ । उदयपुरमा क्वरेन्टाइनमा बस्ने मानिसको संख्या दिनदिनै बढिरहेको छ । यसैक्रममा आज उदयपुरमा थप १६ जना क्वारेन्टाइनमा आएका छन् । जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख मोहन सुवदीका अनुसार रौतामाईमा थप ३ जना, मोतिगडामा ४ जना र बेलकामा ९ जना गरी आज १६ जना आएका हुन् । थपिएसंगै रौतामाईमा ८ जना, मोतिगडामा ८ जना पुगेको छ । बेलकामा भने आज पहिलोदिन एकैचोटी ९ जना क्वारेन्टाइनमा आएका हुन । उता त्रिवेणी बेलसोतमा यसअघि देखिनै २६ जना रहदै आएका छन् । योसंगै जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५१ पुगेको छ । स्थानीय प्रशासन, सुरक्षाकर्मीहरु खटिनुका साथै स्थानीय सरकारले विशेष चासो र सक्रियताका साथ विदेशबाट आउने र कोरोना भाइरसको संकास्पद मानिसको खोजी थालेपछि क्वारेन्टाइनमा आउनेको संख्या बढेको जनस्वस्थ्य प्रमुख सुवदीले बताउनुभयो । यसका साथै नागरिकहरुमा पनि विदेशबाट आउने वा संकास्पदले...
प्रदेशमा कोरोना जनसुरक्षा कोषमा ११ करोड संकलन

प्रदेशमा कोरोना जनसुरक्षा कोषमा ११ करोड संकलन

समाचार
पूर्णपुष्टि, चैत्र १९ १ नं. प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा आजसम्ममा ११ करोड रुपैया बढी संकलन भएको छ । कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि खडा कोषमा यति रकम जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । कोषमा प्रदेश सरकारले १० करोड रुपैया जम्मा गरेको छ । सामाजिक संघ संस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैया जम्मा गरेका छन्् । कोषमा मन्त्रिपरिषद्का सदस्यहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्नुभएको छ । त्यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले एक लाख २१ हजार, प्रदेश सभा सदस्यहरुले २२ लाख ३० हजार, राउत कन्ट्रकसन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैया जम्मा गरेका छन् । त्यस्तै सिद्धार्थ बैङ्कले १० लाख, सिटिजन्स बैङ्क इन्टरनेशनलले ७ लाख, कृषि...
कोरोना अपडेट :  कोरोनाको आशंका गरिएका ४२ जनाको आयो रिपोर्ट, सबैको नेगेटिभ

कोरोना अपडेट : कोरोनाको आशंका गरिएका ४२ जनाको आयो रिपोर्ट, सबैको नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १९ । १ नं. प्रदेश अन्तर्गत धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस परिक्षण हुन थालेपछि रिपोर्ट छिटो आउन थालेको छ । त्यहाँ प्रयोगशाला स्थापनापछि आजै १२ जनाको रिपोर्ट आएको छ । योसंगै १ नं. प्रदेशमा ४२ जनाको रिपोर्ट आएको छ । ती सबै रिपोर्ट नेगेटिभ आएको छ । जम्मा ५४ जनाको कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएकोमा ४२ जनाको रिपोर्ट आएको हो । ४२ मध्ये हिजो ३० जनाको रिपोर्ट नेगेटिभ आइसकेको हो । अन्य १२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशका विभिन्न अस्पतालबाट ५४ जनाको स्वाब संकलन गरिएको थियो । कोरोना भाइरसको परिक्षण गर्दा ४२ जनाको रिपोर्ट नेगेटिभ आएकाो प्रदेश सामाजिक विकास मञ्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभएको छ । ४२ जना मध्ये सापाका ५, मोरङको ९, सुनसरीको २५, धनकुटाको १, तेह्रथुमको २, संखुवासभाको १, भोजपुरको २, सोल...