Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

मुख्य सचिवमा वैरागी नियुक्त

मुख्य सचिवमा वैरागी नियुक्त

समाचार
पूर्णपुष्टि, असोज १५ सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको जनाईएको छ । यस्तै सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतमा सिफारिस गरेको छ । त्यस्तै आज मात्रै मुख्य सचिवबाट राजीनामा दिएर स्वीकृत भएका लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिस गरिएको छ । त्यस्तै सरकारले कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।...
स्पेनको मड्रिडमा लकडाउनको घोषणा

स्पेनको मड्रिडमा लकडाउनको घोषणा

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १५ कोरोना सङ्क्रमितको संख्या बढेपछि स्पेनमा राजधानी मड्रिड र आसपासका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ । सङ्क्रमितको संख्या ह्वात्तै बढेको भन्दै स्पेन सरकारले लकडाउनको घोषणा गरेको हो । नयाँ घोषणामा अब राजधानी मड्रिड र आसपासका नागरिक अति–आवश्यक नपरि घर बाहिर निस्कन नपाउने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । काम, किनमेल र डाक्टरसँग भेट्नको लागि भने बाहिर जान पाउनेछन् । त्यस्तै ६ जनाभन्दा धेरैलाई जम्मा हुन पनि रोक लगाइएको छ । तर मड्रिडको क्षत्रिय सरकारले भने कानुनी रुपमा लकडाउन मान्य नभएको जनाईएको छ । स्पेनमा अहिलेसम्म ७ लाख ४८ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ३१ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १५ आज सुनचाँदीको आज घटेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
नेपाल र इजरायलीविच श्रम समझदारीमा हस्ताक्षर

नेपाल र इजरायलीविच श्रम समझदारीमा हस्ताक्षर

समाचार
पूर्णपुष्टि, असोज १५ नेपाल र इजरायलबीच श्रम समझदारीमा हस्ताक्षर भएको छ । हिजो नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजान र ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा सम्झदारीपत्रमा हस्ताक्षर भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । हिजो इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर सम्पन्न भएको हो । समझदारीपत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्र मन्त्री गबी अश्केनाजीले हस्ताक्षर गर्नुभएको हो । केयर गिभरको क्षेत्रमा पहिलो चरणमा ५ सय नेपाली श्रमिक इजरायलले लैजाने छ । तर त्यसका लागि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर हुन बाँकी रहेको छ । यो प्रोटोकलमा छिट्टै नेपालका लागि इजरायली राजदूत र नेपाली अधिकारीले काठमाण्डौमा हस्ताक्षर गर्ने दूतावासले जनाएको छ । नेपाली श्रमिक लैजान समझदारीपत...
नेपालको ४९ ठाउँमा सुपथ मूल्यका पसल

नेपालको ४९ ठाउँमा सुपथ मूल्यका पसल

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज १५ मुख्य चाडपर्वलाई मध्यनजर गर्दै सरकारले देशभरका ४९ ठाउँमा आजदेखि सुपथ मूल्य पसल खोल्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपोरडिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका सामग्री खरिद गर्न सकिने जनाईएको छ । काठमाण्डौ उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरमा सुपथ मूल्यका पसल खुल्दैछन् । काठमाण्डौ उपत्यकाका यी ठाउँसहित देशका मुख्य सहरमा पसल सञ्चालन हुनेछन् । उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउनेछ । त्यस्तै दूग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री के...
आज नेपालबाट मनसुन बाहिरिने संभावना

आज नेपालबाट मनसुन बाहिरिने संभावना

समाचार
पूर्णपुष्टि, असोज १५  आज नेपालको पश्चिमबाट मनसुन बाहिरिने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । निक्कै कमजोर अवस्थामा पुगेको मनसुन आज पश्चिम नेपालबाट बाहिरिने संभावना रहेको महाशाखाले जनाएको छ । देशभरिबाटै बाहिर हट्न भने अझै केही दिन लाग्नेछ । पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ भने पश्चिमबाट पूर्व हुँदै नेपालबाट बाहिरिन्छ । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनु पर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको छ । यो वर्ष पनि दुई दिन ढिला नेपाल प्रवेश गरेको मनसुन आज पश्चिमबाट बाहिरिए पनि देशभरिबाटै बाहिरिन भने अझै केही दिन लाग्ने जाईएको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभरका केही ठाउँमा हल्का पानी पर्ने मौसम महाशाखाले जनाएको छ । प्...
ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग गरौँ

ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग गरौँ

समाचार
पूर्णपुष्टि, असोज १५ राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग गर्न आग्रह गर्नुभएको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका ज्येष्ठ नागरिकको दीर्घायु, सु–स्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै उहाँले आ–आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आग्रह गर्नुभएको हो । नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवोभवः, पितृदेवोभवः’ को भावना रहेको र सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसाथ गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । विभिन्न क्षेत्रमा क्रियाशील ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले पुर्याएको योगदानको  मूल्याङ्कन गर्दै ज्येष्ठ नागरिकको अनुभवल...
भारतमा १५ तारिखदेखि स्कूल खोल्ने

भारतमा १५ तारिखदेखि स्कूल खोल्ने

समाचार, संसार
पूर्णपुष्टि, असोज १५ भारतमा आगामी १५ तारिखदेखि स्कूल र कलेज पनि खुल्ने भएका छन् । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि चलिरहेको लकडाउनको अन्त्य गर्दै भारतले आगामी १५ तारिखदेखि स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउनेछन् । १० वर्षमुनिका बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको जनाईएको छ । केन्द्रले अनलाइन कक्षा र दूरी सिकाइ (डिस्ट्यान्स लर्निङ) लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ । १५ अक्टोबरदेखि सिनेमा हल, मल्टीप्लेक्स, प्रदर्शनी कक्ष र मनोरञ्जन स्थल खोल्ने अनुमति भारत सरकारले दिएको छ । तर केही प्रतिबन्ध भने लागू हुनेछन् । सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशतभन्दा धेरै सीट भर्न प...