Monday, April 20News That Matters

Month: ५ वर्ष अगाडि

छोरी ईश्वरको बरदान (कविता)

छोरी ईश्वरको बरदान (कविता)

साहित्य
चन्द्रा घिमिरे,   लिम्चुुङबुुङ ३ छोरा जन्मदा हर्षले गदगद भई हर्षोल्लाश मनाउछन् आखिर छोरामा के त्यस्तोे गुण छ र, बिर्सनै नसकिने अनि, छोरीमा के त्यस्तो अबगुण छ र ? जन्मिन नपाउँदै रुनु पर्ने अरुले जेसुकै सम्झिनुस् तर, म भने छोरीलाई घर कि लक्ष्मी अनि ईश्वरको बरदान सम्झिन्छु जुन घरमा पहिलो सन्तान छोरी जन्मिन्छ त्यो घर साँच्चिकै स्वर्ग समान हुुन्छ भन्छन् नि  बुुझ्नेले पहिलो सन्तान दिने आमाको कोख उज्यालो हुुन्छ तर, मलाइ त  लाग्छ आमाको कोख उज्यालो मात्र नभएर औँशीको कालो रात पनि पुुरै उज्यालो देखिनेछ छोरी जन्म देखि नै आफ्नो कर्ममा लागेकी हुुन्छिन् आफ्नो आमा बाबाले भनेको कुुरा कहिले काट्दिनन् सधैँ सहिर सत्य बाटोमा हिड्छिन् आफ्नो घर सुन्दर बनाउने छोरी परिवार खुुसि र सुुखि राखेर अगाडि बढ्ने छोरी बिहानै उठेर घरको सारा काम गरी चिया नास्ता बोकेर भाइ अनि बाबाको ढोका ढकढकाउन पुुग्छिन...
जनगनणामा भाषाको प्रश्न र भाषा राजनितिक विषयक अन्तरक्रिया

जनगनणामा भाषाको प्रश्न र भाषा राजनितिक विषयक अन्तरक्रिया

समाचार
पूणर्पुष्टि, कार्तिक १५ आउँदै गरेको १२ औँ राष्ट्रिय जनगणनामा भाषाको प्रश्न र भाषा राजनितिक विषयक सम्बन्धि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति उदयपुरले अन्तरक्रिया तथा छलफल चलाएको छ । शनिवार गाईघाटमा आठ ओटै पालिकाहरुको उपस्थितिमा छलफल भएको हो । छलफलको विषयलाई वक्ता उप प्रा. डा. तारामणी राईले सहजिकरण गर्नुभएको छ ।गएको जनगणाहरुमा आदिवासी जनजातिहरुलाई मार पर्ने किसिमको तथ्याङक संकलन भएको भन्दै यस बाट अब हामि सचेत रहनु पर्ने कुरा छलफलमा उठेको छ । राईले आउँदो जनगणनाको लागि बिभिन्न शिर्षकमा छलफल गरी सहि तथ्याङ दिन सकिने बताउनुभयो । उहाँले भाषा विषयक उठान, भाषामा राजनितिक, आउँदो जनगणनामा भाषको प्रश्न, चुनौती र निचोड गरी ५ शिर्षकमा प्रष्ट पार्नु भएको छ । छलफले आदिवासी जनजातिहरुको सहि तथ्याङक लिनु पर्ने र आफुहरुले पनि सहि तथ्याङक दिएर जनगणनामा सबैलाई उत्तिकै पहुच पुग्ने गर...
बिराटनगरको निजि अस्पतालहरुमा मनपरी शुल्क

बिराटनगरको निजि अस्पतालहरुमा मनपरी शुल्क

समाचार
पूणर्पुष्टि, कार्तिक १५ सरकारले संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेलगत्तै अस्पतालहरूले मनोमानी रूपमा शुल्क लिन थालेका छन् । संक्रमितको उपचार गर्दै आएका नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र न्युरो अस्पतालले मनपरी शुल्क र धरौटी रकम लिने गरेको पाइएपछि कांग्रेस विराटनगर महानगर समितिले यसको विरोध समेत गरेको छ । विराट मेडिकल कलेजले आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई तीन लाख रुपैयाँ धरौटी लिने र उपचारबापत प्रत्येक दिन २५ हजार तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपरे १५ हजार रुपैयाँ शुल्क लिने गरेको छ । अस्पताल स्रोतका अनुसार लक्षण नदेखिएका संक्रमित सामान्य बेडमा बस्दा एक लाख रुपैयाँ धरौटी लिने गरिएको छ ।   नोबेलले जनरल वार्डमा प्रतिदिन ५ हजार, भेन्टिलेटरसहितको आईसीयूमा १८ हजार र भेन्टिलेटरबिनाको आईसीयूमा उपचार गर्दा प्रतिदिन १५ हजार शुल्क लिने गरेको छ । अस्पतालले संक्रमित ...
युरोपमा फेरी फर्कियो कोरोना

युरोपमा फेरी फर्कियो कोरोना

समाचार
पूणर्पुष्टि, कार्तिक १५ युरोपमा फेरी कोरोना कहर सुरु भएको छ । कोरोनाको सुरुवाती समयहरुमा भयावहको रुपमा देखा परेको युरोपियन देशहरुमा कोरोना संक्रमणको सँङख्या घट्दै गएको थियो । तर अहिले फेरी कोरोना संक्रमितको संख्याहरु बढ्दै गएको छ । फ्रान्स र जर्मनले नयाँ प्रतिबन्धहरुको फेरी घोषणा गरिसकेको छ । त्यसअनुसार, जर्मनीले पुनः लकडाउनतिर फर्कँदै आगामी सोमबारदेखि लागू हुने गरी रेष्टुरा तथा बारहरु बन्द गर्ने निणर्य गरेको छ । फ्रान्सले त बिहीबार रातिदेखि नै लागू हुने गरी मुलुकभरि नै लकडाउनको घोषणा गरेको छ ।  फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनले मुलुकभरी बढ्दै गैरहेको संक्रमणका केसहरु र अस्पतालका सिमित क्षमताका बिच लकडाउनलाई फेरी लागु गर्नुको कुनै विकल्प नरहेको बताएका छन् । लकडाउनको घोषणासँगै अब फ्रान्समा सबै गैरजरुरी व्यवसायहरु बन्द रहनेछन् । त्यसमा रेष्टुरा, बारहरु समेत पर्नेछन् । त्यस...
मदन भण्डारी फाउन्डेशन र पार्क निर्माण समितिद्वारा बाम तथा प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याउने बृद्धा बुद्धमायाप्रति श्रद्धाञ्जली अर्पण

मदन भण्डारी फाउन्डेशन र पार्क निर्माण समितिद्वारा बाम तथा प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याउने बृद्धा बुद्धमायाप्रति श्रद्धाञ्जली अर्पण

समाचार
पूर्णपुष्टि, कार्तिक १४ । मदन भण्डारी फाउन्डेशन काठमाडौ र मदन भण्डारी स्मृती पार्क निर्माण समितिले नेपालको बाम तथा प्रजातान्त्रिक आन्दोलनमा योगदान तथा सहयोग पुर्याउनु भएकी एक बृद्धाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज श्रद्धाञ्जली अर्पण गरेको छ । सिरहाको धनगडी नगरपालिका १४ राईरैनी सर्रे आम्बासीकी ७७ वर्षिय बृद्धा बुद्धमाया सुनुवार राईको निधनप्रति दुःख ब्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो । स्वर्गिय बृद्धा र उहाँको पति बलबहादुर सुनुवार राइले २०४६ साल भदौ ९ देखि १४ गतेसम्म जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको आधार तथा संयुक्त जनआन्दोलनको कार्यदिशा तय गर्न सफल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माक्सवादी लेनिनवादको ऐतिहासिक चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न सुरक्षित स्थल उपलब्ध गराएका थिए । उहाँहरुले आफ्नै घरमा मदन भण्डारी र महाधिवेशन प्रतिनिधिहरुलाई आश...
उदयपुरमा सुस्त बालीका बलत्कारको आरोपमा २ जना पक्राउ

उदयपुरमा सुस्त बालीका बलत्कारको आरोपमा २ जना पक्राउ

समाचार
पूणर्पुष्टि, कार्तिक १४ उदयपुरमा सुस्त बालीकालाई जवरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ३ बस्ने ३२ वर्षिय मो. अल्ला उदिन र त्रियुगा नपा १२ बस्ने २५ वर्षिय मो. मोदेबुललाई जिल्ला प्रहरी कार्यलय उदयपुरले पक्राउ गरेको हो । आरोपीहरुलाई तत्कालै पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए । बुधबार राति करिव साढे नौं बजेको समयमा त्रियुगा नगरपालिका २ मोथियाही स्थित स १ ह १५७६ नम्बरको अटोमा सवार १८ वर्षिय परिवर्तित नाम (मायालु) सामुहिक बलात्कारमा परेकी थिईन् ।...
जिप दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

जिप दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक १४ बेनीमा जिप दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । दुर्घटनामा गम्भिर घाईते भएकी अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा उनिको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले दिएको विवरणअनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा रघुगंगा गाउँपालिका–६ ठाडाखानीका वसन्त छन्त्याल(३०), सोही ठाउँका जिप चालक नन्द छन्त्याल, कौसभा पाइजा(५०), ठगकुमारी शेर्रपुजा (४०), सिर्जना शेर्रपुजा (२४), दीवा शेर्रपुजा (२३), इच्छा शेर्रपुजा (७), दिक्षा शेर्रपुजा (८) र बेनी नगरपालिका, ८ बस्ने दलप्रसाद गौचन (४२) रहेका छन् । बेनी–गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका–८ जलेश्वरमा रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुका...
एटीएम मेसिन तोडफोड प्रयासमा संलग्न एक जना पक्राउ

एटीएम मेसिन तोडफोड प्रयासमा संलग्न एक जना पक्राउ

समाचार
पूर्णपुष्टि,कार्तिक १४ तनहुँको माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड प्रयासमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ब्यास नपालिका–४ ट्राफिक चोकस्थित रहेको माछापुच्छ्रे बैँकको एटिम तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाले पैसा लुट्न एटीएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको साथबाट प्रहरीले लागू औषध १ सय ३५ ट्याब्लेट नाइट्राभेट पनि बरामद गरेको छ ।...
राष्ट्रिय टोलीका चार फुटवल खेलाडीलाई कोरोना संक्रमण

राष्ट्रिय टोलीका चार फुटवल खेलाडीलाई कोरोना संक्रमण

खेलकुद, समाचार
पूणर्पुष्टि, कार्तिक, १४ राष्ट्रिय फुटवल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूणर् खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरू गरेको ४ खेलाडीमा संक्रमण पुष्टि भएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरू भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए। नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूणर् खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूणर् खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ ।...
कोरोना संक्रमित दुई पुरुषको मृत्यु

कोरोना संक्रमित दुई पुरुषको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक १४  चितवन मेडिकल कलेजमा कोरोना संक्रमित दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । चितवनको रत्ननगरपालिका–९ का ८८ वर्षीय पुरुष र रुपन्देहीे जिल्ला वुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो । ८८ बर्षीय पुरुष उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित  भएको अस्पतालले जनाएकोे छ । उनी कात्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना रिर्पोट पोजेटिभ आएको थियो । अस्पतालका अनुसार ८४ बर्षीय पुरुषमा ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्यालगायतका लक्षण थियो । उनी कात्तिक ११ गते अस्पताल भर्ना  भएका थिए । उनको रिर्पोट पोजेटिभ आएको अस्पतालले जनाएकोे छ ।...