छोरी ईश्वरको बरदान (कविता)
चन्द्रा घिमिरे, लिम्चुुङबुुङ ३
छोरा जन्मदा हर्षले गदगद भई हर्षोल्लाश मनाउछन्
आखिर छोरामा के त्यस्तोे गुण छ र,
बिर्सनै नसकिने
अनि, छोरीमा के त्यस्तो अबगुण छ र ?
जन्मिन नपाउँदै रुनु पर्ने
अरुले जेसुकै सम्झिनुस्
तर, म भने छोरीलाई
घर कि लक्ष्मी अनि ईश्वरको बरदान सम्झिन्छु
जुन घरमा पहिलो सन्तान छोरी जन्मिन्छ
त्यो घर साँच्चिकै स्वर्ग समान हुुन्छ
भन्छन् नि बुुझ्नेले पहिलो सन्तान दिने आमाको कोख उज्यालो हुुन्छ
तर, मलाइ त लाग्छ
आमाको कोख उज्यालो मात्र नभएर
औँशीको कालो रात पनि पुुरै उज्यालो देखिनेछ
छोरी जन्म देखि नै आफ्नो कर्ममा लागेकी हुुन्छिन्
आफ्नो आमा बाबाले भनेको कुुरा कहिले काट्दिनन्
सधैँ सहिर सत्य बाटोमा हिड्छिन्
आफ्नो घर सुन्दर बनाउने छोरी
परिवार खुुसि र सुुखि राखेर अगाडि बढ्ने छोरी
बिहानै उठेर घरको सारा काम गरी
चिया नास्ता बोकेर भाइ अनि बाबाको ढोका ढकढकाउन पुुग्छिन...









