Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

सोयाबिन उद्योगमा आगलागी हुदा, चार करोडको क्षति

सोयाबिन उद्योगमा आगलागी हुदा, चार करोडको क्षति

आर्थिक, समाचार
पूर्णपुष्टि,कार्तिक १२ कैलालीको सोयाबि उद्योगमा आज बिहान विद्युत् चुहिई आगलागी भएको छ । टीकापुर नगरपालिका–३ शंकरपुरस्थित रहेको उद्योगमा आगलागी हुदा करीब  चार करोड बराबरको क्षति भएको प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक छ ।  आगलागीको खबर पाएलगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।...
डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका २ को मृत्यु

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका २ को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक १२  डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारको २ बालिकाको मृत्यु भएको छ । सायल गाउँपालिका–१ छपाली निवासी भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासीले बताए ।...
आजदेखि सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था खुल्ने

आजदेखि सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था खुल्ने

समाचार
 पूर्णपुष्टि,कार्तिक १२  आजदेखि सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था खुल्ने भएको छ । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेकोमा आजबाट खुल्ने भएको हो । दसैं बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हो ।दसैं मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् । कोरोना भाईरस कोभिड १९ का कारण यो वर्षको दसंै अरु वर्षको तुलनामा खासै चहलपहल भने भएन । दसैं टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ । हिजो र अस्ति लगाउन नभ्याएका र टाढा–टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ ।...
दैलेखमा कुटपिटपछि एकको हत्या, ६ पक्राउ

दैलेखमा कुटपिटपछि एकको हत्या, ६ पक्राउ

समाचार
पूर्णपुष्टि,कार्तिक १२ छदैलेखमा कुटपिटपछि एक जनाको हत्या भएको छ । नौमुले गाउँपालिका–१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई हिजो राति प्रहरीले पक्राउ गरेको छ । शाहीलाई हिजो बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे थाहा लगतै पुगेको जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेको टोलीले ६ जनालाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।...
सप्तरीमा कारको ठक्करबाट वृद्धको मृत्यु

सप्तरीमा कारको ठक्करबाट वृद्धको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक १२ सप्तरीमा कारको ठक्करबाट आज बिहान एक वृद्धको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाका ७५ वर्षीय तिलक सुरेतको घटनास्थलमै मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा बा १८ च ७७३४ नम्बरको कारले बाटो काट्ने क्रममा सुरेतलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार कारले ठक्कर दिएपछि भाग्न खाजेका कार चालकलाई प्रहरी चौकी मोहलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  ।...
५ दिन देखी स्थगित स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन पुन सुरु

५ दिन देखी स्थगित स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन पुन सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक १२ पाँच दिन देखी स्थगित स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन पुन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का बारेमा गर्दै आएको जानकारी आजबाट नियमित हुने भएको हो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन तथा सामाजिक सञ्जालबाट गरी निरन्तर २ सय ६० दिनदेखि कोभिड १९ का बारेमा जानकारी गराउँदै आएको छ । दशैँ पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुुुसार गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो । मन्त्रालयले दशैँ बिदाका बेलामा कोभिड १९ का बारेमा आवश्यक सूचना सामाजिक सञ्जालबाट जानकारी गराएको थियो ।...
दसा नबनोस दसैं त्यसैले चाडपर्वको समयमा कोरोनाबाट बच्ने १८ मन्त्र

दसा नबनोस दसैं त्यसैले चाडपर्वको समयमा कोरोनाबाट बच्ने १८ मन्त्र

समाचार, स्वास्थ्य
पूणर्पुष्टि,कार्तिक ११  यो बेला हरेक नेपालीको घर–आँगनमा चाडपर्वको रौनक छाएको छ । दसैंको बिदाई लगतै अर्को पर्व तिहारको आगमन हुन्छ । दसैं सकिए पनि परिवारका जेष्ठ सदस्यबाट टीका, जमरा र आर्शिवाद  लिने क्रम भने अझै सकिएको छैन । पूर्णिमा सम्म आफू भन्दा ठूलाको हातबाट टीको लगाउने प्रचलन नेपाली समाजमा रहेको छ । नेपालीहरु वर्षभरि विभिन्न कामले देश–विदेशमा रहे पनि दसैं तिहारमा भने घरमा भेला भई मिठो परिकार खानुका साथै आशिर्वाद आदानप्रदान गर्ने गरछन् । तर यो वर्ष भने कोभिड–१९ को महामारीको बीचमा दसैं–तिहार मनाइरहँदा कोरोना भाइरसबाट बच्न विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ । साँच्चै भन्नु पर्दा अहिलेको अवस्था जटिल छ । यो महामारीको विशेष अवस्था हो । कतिपय मानिसले कोरोनालाई बेवास्ता गरेको पनि पाइन्छ । तर कोभिड–१९ संक्रमणबाट बच्न सकेसम्म प्रयास गर्नुपर्छ ।   जटिल अवस्थाका दर्जनौं कोभिड संक्रमित...
सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक ११ सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । साइकल चालक मोरङको उर्लाबारी नगरपालिकाका ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका–७ का मुकेश सिंहको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–८ मा स १० प ९१३१ नम्बरको मोटरसाइकल र साइकल ठोक्किँदा साइकल चालक र मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठको विराटनगर र सिंहको राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तकोशी नगरपालिका–७ का २५ वर्षका अनिलकुमार यादवको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।...
बैतडीमा कुटपिटबाट एकको ज्यान गयो

बैतडीमा कुटपिटबाट एकको ज्यान गयो

समाचार, स्वास्थ्य
 पूर्णपुष्टि,कार्तिक ११ बैतडीमा कुटपीटबाट एकजनाको ज्यान गएको छ । पञ्चेश्वर गाउँपालिका–३ डुङरीका ३२ वर्षीय कमलबहादुर साउँदको ज्यान गएको प्रहरीले जनाएको छ । साउँदमाथि कुटपीट भएलगत्तै उनलाई उपचारका लागि धनगढी पठाएको थियो । धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाएको थियो । साउँदको कोहलपुर नपुग्दै हिजो बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साउँदलाई स्थानीय ज्ञानेन्द्र चन्द्र र विरेन्द्र चन्दले माधक पर्दाथ सेवन गरी गत असोज ९ गते राती कुटपीट गरेको प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । कुटपीटमा संलग्नध भएका  ज्ञानेन्द्र चन्द र विरेन्द्र चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु

पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,११ कार्तिक  लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पूर्वखोला गाउँपालिकाकी–३ की ६९ वर्षीया महिलाको मृत्यु भएको हो । दुबै कोरोना संक्रमितको हिजो राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषमा कोरोना संक्रमण पछि स्वासप्रश्वासको समस्या बढ्दै गएपछि रुपन्देहीको अस्पतालमा भन्टिलेटर नपाएपछि उनलाई पाल्पाको लुम्बिनी मेडिकल कलेज तानसेनमा असोज ४ गते भर्ना गरिएको थियो । पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा परी उपचारको लागि मेडिकल कलेज ल्याएको थियो । केही संकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको कार्यालयले जनाएको छ ।...