Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

खोटाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

खोटाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक ११ खोटाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा हिजो साँझ ७ बजेतिर भएको जिप दुर्घटनामा उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राई, बराहापोखरी–६ का ४० वर्षीय विशु राई र बराहापोखरी गाउँपालिका–६ कै ४५ वर्षीय दक्षुमान राईको घटनास्थलमै मृत्यु भएको हो । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङकाले जनाएको छ । सोही दुर्घटनामा बृहस्पतिकै २८ वर्षीय श्रीमान छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, बराहापोखरी–६ का ३२ वर्षीया नविना राई र चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार घाइते भएका हुन् । दुर्घटनामा घाईते भएकालाई उपचारका लागि धरानस्थित बीपी कोइराला ...
गाउँघरमा पनि छैन दशैँको रौनक

गाउँघरमा पनि छैन दशैँको रौनक

समाचार
पूणर्पुष्टि, कार्तिक १० यो बर्षको दशैँलाई कोरोनाले ठुलै असर पारेको छ । अन्य बेला भन्दा रमाइलो लाग्ने गाउँघर पनि सुन्य छ । गाउँघरबाट रोजगार, शिक्षा, व्यपार व्यवसायका लागि बिभिन्न ठाउँमा पुगेका मानिसहरु पनि यो बर्षको दशैँमा गाउँ पुग्न पाएन । सँधै सुन सान र बुढाबुढी मात्र रहने गाउँका घरहरुमा दशैँमा भने छोरा बुहारी, नाती नतेनी, आफन्तहरुको आवत जावतमा घर भरिभराउ हुन्थ्यो ।  तर यो बर्ष भने गाउँ पनि दशैँको सुनसानमय छ । गाउँका धेरै मानिसहरु शहरमा कर्मथलोको रुपमा कमा गर्छ र दशैँको बेला आफ्नो घर वा पुख्र्यौली घरमा गएर आफन्त मान्यजनहरुको आशिर्वाद लिने गर्छ । यो बर्ष भने दशैँ फरक तरिकाले विगतमा जस्तै गरी मनाउन सकिएको छैन । शहरबाट जानेहरु गाउँनै असुरक्षित पार्ने हो की भन्ने डरले गाउँ फर्किन सकेन र केहि फर्केकाहरु पनि सुरक्षाको घेरमामा रहेर मात्र दशैँ मनाउँदैछन् ।    घटस्थापना शुरु भएपछि...
आ-आफ्नै ठाउँबाट दशैँ मनाउन प्रधान्मन्त्री ओलाीको आग्रह

आ-आफ्नै ठाउँबाट दशैँ मनाउन प्रधान्मन्त्री ओलाीको आग्रह

समाचार
पूणर्पुष्टि, कार्तिक १० प्रधानमन्त्रि केपी शर्मा ओलीले यो बर्षको दशैँ जो जाहाँ छौ त्यही रहेर मनाउन आग्रह गर्नुभएको छ । कोरोना भाईरसको माहामारीका कारण आवत जावत नगर्न आग्रह गर्दै घरपरिवारमै चाँडबाँड मनाउन आग्रह गर्नुभयो । ओलीले दशैँमा हुने विषेश कार्यक्रमहरु पनि नराख्न अनुरोध गर्नुभयो । प्रधानमन्त्री निवासमा हुने ‘बडा दसैंको सार्वजनिक टीका कार्यक्रम’ समेत नराख्न उहाँले निर्देशन गर्नुभएको छ । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दसैं मनाउन उनले सबैमा आग्रह गर्नुभयो । अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा दसैंलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न सुझाव उहाँले...
पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिए

समाचार
पूणर्पुष्टि, कार्तिक ९ नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।...
गाईघाटको टाईम्स पोलिक्लिनिक सिल्ड

गाईघाटको टाईम्स पोलिक्लिनिक सिल्ड

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, कार्तिक ९ प्रक्रिया नपुगी अबैध रुपमा संञ्चालन गरेको भन्दै गाईघाटको टाईम्स पोलिक्लिनिक हेल्थ कियर सेन्टरलाई सिल्ड गरेको छ । स्वास्थ्य कार्यलय उदयपुरको नेतृत्वमा आइतबार सिल्ड गरेको हो ।स्वास्थ्य कार्यलय र त्रियुगा नगरपालिकामा समेत कुनै पनि दर्ता नगरी संञ्चालन गरेको पोलिक्लिनिकलाई सिल्ड गरेको स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । स्वास्थ्य कार्यलय सँगै प्रहरी, प्रशासन, स्थानीय, जनप्रतिनिधि वाणिज्य संघ लगाएतको उपस्थितिमा सिल्ड गरिएको छ ।  शनिवार मात्रै सोहि क्लिनिकमा एक जना विरामीको मृत्यु भएपछि आफन्तहरुले क्लिनिकले लापर्वाहि तरिकाले उपचार गरेको भन्दै विरोध समेत गरेका थिए । सामान्य विरामी हस्पिटल उपचार गर्दागर्दै अचानक मृत्यु भएपछि लापर्वाही हिसावको उपचारका कारण विरामीको मृत्यु भएको परिवारले आरोप लगाएका थिए । त्रियुगा नगरपालिका २ सनुवाकी २३ बर्षिय बिनि...
कक्षा १२ को परिक्षामा संक्रमित विद्यार्थीलाई अलग्गै परिक्षाको व्यवस्था

कक्षा १२ को परिक्षामा संक्रमित विद्यार्थीलाई अलग्गै परिक्षाको व्यवस्था

शिक्षा, समाचार
पूणर्पुष्टि, कार्तिक ९ कोरोना माहामारीकै बिच हुन लागेको कक्षा १२ को परिक्षामा कुनै विद्यार्थी संक्रमित भए अलग्गै परिक्षा गराउने राष्ट्रिय परिक्षा बोर्डले गरेको छ । लामो समयको गृहकार्य र अन्योलपछि नेपाल सरकारको सैद्धान्तिक निणर्यबाट झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गरेको छ । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड -१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ । परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल...
छोराले गरे आफ्नै आमाको हत्या

छोराले गरे आफ्नै आमाको हत्या

समाचार
पूणर्पुष्टि, कार्तिक ९ कन्चनपुरमा बन्चरो प्रहार गरी आफ्नै आमालाई छोराले हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । घरायसी विवादमा पुनर्वास नगरपालिका -३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ ।...
बिरामी आमाको स्याहार सुसारमा खटेकी छोरीको पनि ९ दिन पछि  संक्रमणबाट मृत्यु

बिरामी आमाको स्याहार सुसारमा खटेकी छोरीको पनि ९ दिन पछि संक्रमणबाट मृत्यु

समाचार
पूणर्पुष्टि , कार्तिक ९ नवलपरासीमा आमा छोरीको कोरोना संक्रमण बाट मृत्यु भएको छ । बिरामी आमाको स्याहार सुसारमा खटेकी छोरी पनि कोरोना संक्रमण बाट मृत्यु भएको हो । आमा बिरामी परेपछि छोरीले आमाको स्याहार सुसार गर्ने क्रममा छोरीलाई पनि संक्रमण भएको हुन सक्ने देखिएको छ । बिरामी आमाको मृत्यु पछि पिसिआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उता आमाको रिपोर्ट पोजेटिभ आएपछि छोरीको पनि कन्ट्रयाक टे्रसिङ गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । कावासोती नगरपालिका पिठौली चोककी ४० वर्षीया महिलाको बुधबार बिहान घरमै मृत्यु भयो । चार दिनपछि आइतबार आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि देखियो । असोज २६ गते घरमै निधन भएकी उनकी आमाको पनि पछि रिपोर्ट आउँदा कोरोना देखियो । आमालाई बिरामी परेको खबर आएपछि ती महिला उनको स्याहारसुसार गर्न खटिएकी थिइन् । त्यही क्रममा उनलाई संक्रमण भएको हुन सक्ने आफन्तको भना...
बिरामी आमाको स्याहार सुसारमा खटेकी छोरीको पनि ९ दिन पछि  संक्रमणबाट मृत्यु

बिरामी आमाको स्याहार सुसारमा खटेकी छोरीको पनि ९ दिन पछि संक्रमणबाट मृत्यु

Breaking News 1
पूणर्पुष्टि , कार्तिक ९ नवलपरासीमा आमा छोरीको कोरोना संक्रमण बाट मृत्यु भएको छ । बिरामी आमाको स्याहार सुसारमा खटेकी छोरी पनि कोरोना संक्रमण बाट मृत्यु भएको हो । आमा बिरामी परेपछि छोरीले आमाको स्याहार सुसार गर्ने क्रममा छोरीलाई पनि संक्रमण भएको हुन सक्ने देखिएको छ । बिरामी आमाको मृत्यु पछि पिसिआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उता आमाको रिपोर्ट पोजेटिभ आएपछि छोरीको पनि कन्ट्रयाक टे्रसिङ गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । कावासोती नगरपालिका पिठौली चोककी ४० वर्षीया महिलाको बुधबार बिहान घरमै मृत्यु भयो । चार दिनपछि आइतबार आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि देखियो । असोज २६ गते घरमै निधन भएकी उनकी आमाको पनि पछि रिपोर्ट आउँदा कोरोना देखियो । आमालाई बिरामी परेको खबर आएपछि ती महिला उनको स्याहारसुसार गर्न खटिएकी थिइन् । त्यही क्रममा उनलाई संक्रमण भएको हुन सक्ने आफन्तको...
कोरोनाको असर दशैँलाई, दशैँ आयो, रौनक आएन्

कोरोनाको असर दशैँलाई, दशैँ आयो, रौनक आएन्

समाचार
पूणर्पुष्टि, कार्तिक ९ हिन्दुहरुको महान पर्व वडा दशैँ नेपालीहरुको घरआगनमा छिरिसकेको छ तर पनि दशैँ जस्तो कसैलाई पनि अनुभव भएको छैन । विगतको दशैँ भन्दा यो बर्षका दशैँमा कमै मात्रामा दशैँको रोनक आएको महसुस भएको छ । दशैँ आयो तर रोनक आएन कोरोना भाईरसलाई मध्येनजर गर्दै यो बर्षको दशैँलाई हर्ष उल्लासमय बनाउन सकिएको छैन । स्वास्थ्य क्षेत्रलाई नियाल्दै दशैँलाई आआफ्नै परिवारमा सिमित राखेकोले होला मानिसहरुको आवत जावत कम छ । विगत झैँ एकआपसमा खुलेर शुभकामना आदान प्रदान गर्ने अवस्था छैन । लिङ्गे पिङहरु बन्न सकेन प्राकृतिक मौसम र समयले दशैँ त भित्रायो तर रौनक हर्ष उल्लास भने भित्रन सकेन ।  विगत वर्षमा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा र शक्तिपीठमा हुने भीडले दशैंँ स्वागत गरिरहेको हुुन्थ्यो । लामो समय बेखबर बनेकाहरु घर फर्किन्थे । वर्ष दिनसम्म नभेटिएकाहरु भेटिन्थे । बसाइँ सरेर गएकाहरु दशैंँक...