Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना बाट बच्न माक्स अनिवार्य

कोरोना बाट बच्न माक्स अनिवार्य

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, कार्तिक ९ कोरोना भाईरसबाट बच्न माक्स अति उपयुक्त र अनिवार्य रहेको एक अमेरीकी डाक्टरले बताएका छन् । हाल भाईरसको माहामारी नियन्त्रण नभईसकेको अवस्थामा माक्स अचुक उपाय रहेको उनले बताए । अमेरीका अझै पनि भाईरसको उच्च जोखिमनै रहेको देश हो ।  गत शुक्रबार मात्रै त्यहाँ संक्रमणका ८५ हजार नयाँ केसहरु फेला परेका छन् । युरोपका कतिपय देशहरुमा पनि भाइरस संक्रमणको प्रकोप बढ्न थालेका छन् । अब जाडो महिना लाग्दै जाँदा यो भाइरस संक्रमणको प्रकोप झनै खतरनाक बन्दै पो जाने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । अमेरिकाका शीर्षस्थ संक्रामक रोग विशेषज्ञ एन्थोनी एस. फाउचीले अमेरिकाभरि नै मास्कको प्रयोगलाई अनिवार्य गरिनुपर्ने स्थिति आउन सक्ने बताएका छन् । उनका अनुसार, अहिलेसम्मकै सबैभन्दा जटील र गम्भीर अवस्थामा पुगेको कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि यसो गरिनु जरुरी रहेको बताए । उनका ...
रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो कसरी प्रयोग गर्ने

रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो कसरी प्रयोग गर्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक ८ गुर्जो घरायसी औषधीको रुपमा प्रख्यात छ । यो रोग प्रतिरोधात्मक क्षमताको लागि निकै चर्चा चलेको औषधी पनि हो कोरोना भाईरसको माहामारीमा धेरै मानिसले घरायसी औषधीको रुपमा रोग प्रतिरोधात्मक क्षमता बृद्धिको लागि गुर्जो प्रयोग गरेको पाईन्छ । पछिल्लो समय मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीहरुप्रति चासो बढाउँदै गएको देखिन्छ । त्यसैमध्येको एक हो गुर्जो । नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो विक्री गर्न राखिएको पनि देखिन्छ । उपयुक्त हुने बताउँछन् ।  गुर्जो दैविक कालदेखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको बताए । रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र शरीरमा हुने एन्टीजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थित गर्ने गुण गुर्जोमा हुने उनले बताए । गुर्जोको प्...
यो बर्षको दसैँमा २ लाखले मात्र उपत्यका छाडे

यो बर्षको दसैँमा २ लाखले मात्र उपत्यका छाडे

समाचार
पूर्णपुष्ट, कार्तिक ८ बिगतको दसैँहरुमा भन्दा यो वर्षको दसैँमा निकै कम मानिसहरुले उपत्यका छाडेको छ । दसैँको वेला दिनहु लाखौँ उपत्यका बाट गृह जिल्ला जाने गरेको भएपनि यो वर्ष भने कोरोना भाईरसका कारण कम मानिसले काठमाण्डौँ छाडेको हो । गत बर्षहरुमा दसैँको वेला दिनहु जसो लाखौँ मान्छेहरुले उपत्यका छाड्ने गरेका थिए । यो बर्ष दसैँभरी जम्मा २ लाखले मात्र उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । माशाखाका अनुसार घटस्थापनाका दिन २१ हजार ६ सयले मात्र उपत्यका छोडेका थिए भने पछिल्लो २४ घण्टामा ४८ हजारले मात्र उपत्यका छाडेका छन् ।ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैंको पहिलो र दोस्रो दिन २१–२१ हजार, तेस्रो र चौथो दिन २३–२३  हजार, पाँचौं दिन २२ हजार ३ सय, छैटौं दिन २५ हजार २ सय  र सातौं दिन पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेका हुन् । योसँगै उपत्यका छोड्नेको संख्या सात दि...
दसैँमा फलफुल र सागसब्जी अनिवार्य

दसैँमा फलफुल र सागसब्जी अनिवार्य

समाचार, स्वास्थ्य
पुंर्णपुष्टि, कार्तिक ८ दसैँ नेपालमा मान्ने एक ठुलो पर्व हो । यो बेला हरेक नेपालीहरुको घर घरमा सागसब्जी र फलफुल भन्दा बढी मासु पाक्ने गर्छ । मासु दिनदिनानु खाँदाको असर र यसको समस्याको रुपमा उत्पन्न हुने रोगहरु प्रसस्त मात्रामा रहेको पाइन्छ ।  आवश्यकताभन्दा बढी मासु खाएमा स्वास्थ्यमा नकारात्मक असर पर्छ । अत्यधिक मात्रामा मासु खानाले स्वस्थ मानिस पनि बिरामी पर्छन् । तसर्थ सन्तुलन मिलाएर खानुपर्छ जसले स्वास्थ्यमा लाभ पु¥याओस् । यसका लागि चाँड पर्वमा मासुलाई मात्र दिमागमा राख्नु हुदैन । बिषेश गरी सागसब्जी र फलफुललाई पनि उत्तिकै महत्व दिनु पर्छ । मासुका परिकार बढी खाँदा बच्चा, वृद्ध र दीर्घ रोगीहरुको स्वास्थ्यमा नकारात्मक असर गर्छ। त्यति मात्र होइन, शारीरिक कसरत नगर्ने तर बसीबसी मासु मात्र खाने गर्दा स्वस्थ व्यक्तिलाई पनि अन्य दीर्घरोग बढ्ने सम्भावना हुन्छ । दसैंमा बालबालिका...
बाबुराम र उनकी पत्नीलाई कोरोना संक्रमण

बाबुराम र उनकी पत्नीलाई कोरोना संक्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि कार्तिक ८ बाबुराम भट्राई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत आफुहरुलाई कोरोना पुष्टि भएको जानकारी भट्टराईले गराएका छ । पूर्वप्रधानमन्त्री एंव  जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराई पछिल्लो समय  गोरखा र मधेसका जिल्लाहरूमा पार्टी प्रवेशको कार्यक्रममा व्यस्त थिए । आफूहरूलाई ’चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,’ भट्टराईको स्टाटसमा लेखिएको छ ।...
कोरोना संक्रमित एक महिलाको मृत्यु

कोरोना संक्रमित एक महिलाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपष्टि,कार्तिक ८  धनुषमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१ निवासी ६५ वर्षीया महिलाको आज  बिहान २ बजे मृत्यु भएको हो । उनको शुक्रबार स्वाब संकलन गरी परीक्षण गर्दा राति ८ बजे रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ज्वरो आउनुको साथै स्वाशप्र्रश्वासमा  समस्या भएपछि महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । अस्पतालका अनुसार महिलामा उच्च रक्तचाप, मधुमेह र दमसमेत देखिएको थियो ।...
कोरोना बाट ५ महिने शिशुको मृत्यु

कोरोना बाट ५ महिने शिशुको मृत्यु

समाचार
पूणर्पुष्टि, कार्तिक ८ कोरोना संक्रमण बाट ५ महिने शिशुको शुक्रबार मृत्युृ भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको हो । उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।...
टिकाको दिन देशभर मौसम सफा रहने

टिकाको दिन देशभर मौसम सफा रहने

Breaking News 1, समाचार
पूणर्पुष्टि, कार्तिक ८ टिकाको दिन देशभर मौसस सफा रहने भएको छ । मौसमविदहरुका अनुसार यस बर्षको टिका सफा मौसममा रहने बताउँछन् । पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविदको पूर्वानुमान छ । ‘प्रदेश १ को पहाडी भागका केही जिल्लामा पानी पर्दा पनि क्षणिक मात्रै, हल्कामात्रै हुने हुने मौसमविद  शान्ति कँडेलले बताईन् । तर त्यसले खास कुनै असर नगर्ने कँडेलले बताईन् । प्रदेश नं. १ सँग नजिक भएका प्रदेश नं. २ र बागमती प्रदेशका कुनै-कुनै ठाउँमा पनि बादल देखिने छ । तर पानी भने नपर्ने कँडेल बताउँछिन् । उनका अनुसार पश्चिम नेपालको आकाश भने पूरै छ्याङ्ग हुने छ । यो वर्ष विजया दशमीको टीका लगाउने उत्तम साइत कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटको लागि जुरेको नेपाल पञ्चांग निणर्ायक समितिले जनाएको छ ।...
नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख नाघ्यो

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ६  नेपालमा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना उपचारपछि निको भएर डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या १ लाख २ हजार ८ सय २० पुगेको हो । त्यस्तै गत २४ घण्टामा ३ हजार ६ सय ३७ मा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा ४४ हजार ८ सय ७७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै ३ हजार ७ सय ५१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।...
जवरजस्ती करणी उद्योगका फरार प्रतिबादीहरु पक्राउ

जवरजस्ती करणी उद्योगका फरार प्रतिबादीहरु पक्राउ

समाचार
पूर्णपुष्टि कात्तिक ६ मोरङमा जबरजस्ती करणीका फरार प्रतिबादीहरु पक्राउ गरेका छन् । २०७६ साल साउन १५  गते १३ बर्षीया बालिका र १९ बर्षीया युवतीलाई बलात्कार गरी फरार भएका  नपालथान–७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशन कुमार मण्डल र २३ बर्षीय मन्जित मण्डललाई प्रहरीले पक्राउ गरको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गाँउ घरमै लुकिछिपि बसिरहको अवश्थामा पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडी बढाईएको पनि उक्त कार्यालयले जनाएको छ ।...