Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

प्रधानमन्त्री ओली र ’रअ’का प्रमुखबीच भेट भएको पुष्टि

प्रधानमन्त्री ओली र ’रअ’का प्रमुखबीच भेट भएको पुष्टि

समाचार
पूर्णपुष्टि, कात्तिक ६ प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहका सूर्य थापाले विज्ञप्ति नै निकालेर प्रधानमन्त्री ओली र रअका प्रमुख गोयलबीच भेट भएको जानकारी गराउनुभएको हो । उहाँहरुबीच बुधबार राति नै प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।  भेटका क्रममा रअका प्रमुख गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याको वार्तामार्फत समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभएको थियो । भेटका क्रममा अरु के–के विषयमा छलफल भयो भन्नेबारे भने खुलाइएको छैन । रअ प्रमुख गोयल बुधबार दिउँसो विशेष विमानमार्फत काठमाण्डौ ओर्लिनुभएको थियो । https://www.facebook.com/permalink.php?story_fbid=202810631225549&am...
युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक ६ संयुक्त राष्ट्रसंघले यमनमा युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न आग्रह गरेको छ । युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न संघले आग्रह गरेको हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र कतिपय स्थानहरुमा नागरिकलाई अहिले मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताएका छन् । अब यमनमा तत्कालै देशव्यापी रुपमा युद्धविराम गर्नुपर्ने आवश्यकता छ । युद्धरत पक्षहरुलाई शान्तिका लागि वार्ताको टेबलमा बस्न महासचिव गुटर्रेसले आग्रह गरेको छ । हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको धारणा महासचिव गुटर्रेसले राखेको थियो । उनले यसअघि पनि केही महिना अघि मात्र यहाँका युद्धरत पक्षलाई हिंसा रोकेर शान्तिपूर...
स्कुटी दुर्घटनामा चालकको मृत्यु

स्कुटी दुर्घटनामा चालकको मृत्यु

समाचार
मोरङ, कात्तिक ६ मोरङ बेलबारीमा स्कुटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बेलबारी –४ निबासी १९ बर्षीया समिक्षा राईको स्कुटी दुर्घटनामा मृत्यु भएको हो । हिजो राती पौने १२ बजे बेलबारी–४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७  नम्बरको स्कुटी अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटी चालक राई गम्भिर घाईते भएकी थिईन । उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा आज विहानको राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक ६ आज सुनको भाउ बढेको छ । तोलामा २ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
ताप्लेजुङमा रेडपाण्डा अध्ययन केन्द्र बन्ने

ताप्लेजुङमा रेडपाण्डा अध्ययन केन्द्र बन्ने

समाचार
पूर्णपुष्टि, कात्तिक ६ ताप्लेजुङमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रको देउराली सामुदायिक वन क्षेत्रमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको हो । १ करोड ५७ लाख लागतमा जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले केन्द्रको भवनको निर्माण भईरहेको छ । यस केन्द्र बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने छ । जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन गर्न, पर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडिबुटी, रेडपाण्डा र संरक्षित जंगली जनावर, पंक्षी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन केन्द्र प्रभावकारी हुने पालिकाले जनाएको छ । रेडपान्डा दुर्लभ वन्यजस्तुको सूचीमा पर्छ ।...
सुर्खेतमा रेडपाण्डाको छालासहित ४ जना पक्राउ

सुर्खेतमा रेडपाण्डाको छालासहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, कात्तिक ६ सुर्खेतमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । दैलेख नौमुले गाउँपालिका–२ का मनोज विक, नौमुले–३ का मनबहादुर सुनार र पदमबहादुर सुनार र नारायण नगरपालिका–९ की सविता थापा पाण्डाको छालासहति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोछ । उनीहरुलाई वीरेन्द्रनगर–६ गोदाम लाइनमा रहेको भावना पञ्चकोशी होटेलबाट हिजो पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई थान रेडपाण्डाको छाला बरामद गरिएको प्रहरी जनाएको छ ।...
गाडीको ठक्करबाट १ पैदलयात्रीको मृत्यु

गाडीको ठक्करबाट १ पैदलयात्रीको मृत्यु

समाचार
पूर्णपुष्टि, कात्तिक ६ ललितपुरमा गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बालकुमारीमा नम्बर नखुलेको गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गाडीको ठक्करबाट घाइते भएका ललितपुर महालक्ष्मीस्थानका ७८ वर्षका बाबुकाजी श्रेष्ठको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका ७० वर्षका भाइलाल महर्जनको बी एण्ड बी अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिएर फरार भएको गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
करिब २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी

करिब २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी

शिक्षा, समाचार
पूर्णपुष्टि, कात्तिक ६ भुकम्पले भत्केका करिब २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको छ । अहिलेसम्म भूकम्पले भत्केका ६ हजार १८ वटा विद्यालय पुनर्निर्माण भईसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । २०७२ बैशाख १२ गतेको भूकम्पले ३२ जिल्लामा ८ हजार विद्यालयमा क्षति पु¥याएको थियो । भूकम्प गएको ५ वर्ष ५ महिनामा ६ हजार १८ विद्यालयको पुनर्निर्माण सकिएको प्राधिकरणले जनाएको छ । कोरोना सङ्क्रमण जोखिमपछि सरकारले गरेको ४ महिनाको लकडाउनका कारण विद्यालयको पुनर्निर्माणमा केही समस्या भएको प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ । चालु आर्थिक वर्षमा १ हजार ५ सय विद्यालयको काम भइरहेको र झण्डै ४ सय विद्यालय भने जग्गा अभाव र भूकम्पपछि मर्ज भएका कारण पुनर्निर्माणको सूचीबाट हटाइएको आयोजनाले जनाएको छ । जग्गा नभएका विद्यालयका लागि जग्गा खोजी गर्न प्राधिकरणले पाल...
आजदेखि बजारमा २० रुपैयाँको नयाँ नोट आउने

आजदेखि बजारमा २० रुपैयाँको नयाँ नोट आउने

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक ६  नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने भएको छ । साविकको आकार, रंग र बाह्रसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालिन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको हुनेछ । त्यस्तै पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा  नेपाल राष्ट्र बैंक लेखिएको, मध्य भागमा बाह्रसिङ्गे चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज् ट्वान्टी लेखिएको र सिरिज नम्बर अंग्रेजीमा २०२० एडी लेखिएको हुनेछ ।...
उदयपुरमा जिसस प्रमुखसहित १६ जना कोरोना संक्रमण मुक्त

उदयपुरमा जिसस प्रमुखसहित १६ जना कोरोना संक्रमण मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ५ उदयपुरमा जिल्ला समन्वय समिति प्रमुखसहित १६ जनाले कोरोना जितेका छन् । जिसस प्रमुख र बेलाका नगरपालिकाका मयेरसहित १६ जनाले कोरोना जितेर आज घर फकिएका हुन् । चौदण्डीगढी नगरपालिका–६ को सातधारेस्थित उदयपुर कोभिड १९ अस्पतालमा उपचाररत १२ देखि १८ दिनपछि  १२ पुरुष ४ जना महिला निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अव अस्पतालको आईसोलेसनमा ११ जना पुरुष र ८ जना महिला उपचाररत छन् । भने एक जना पुरुष होम आइसोलेशनमा रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।...