Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

मंसिर ९ देखि कक्षा १२ को परीक्षा हुने

मंसिर ९ देखि कक्षा १२ को परीक्षा हुने

शिक्षा, समाचार
पूर्णपुष्टि, कात्तिक ५ कक्षा १२ को परीक्षा आगामी मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । बिहान ८ बजे सुरु हुने परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका रहेको छ । शनिबार पनि परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भइ उपचाररत परीक्षार्थीहरुलाई परीक्षामा सहभागी नहुन बोर्डले आग्रह गरेको छ । त्यस्ता परीक्षार्थीहरुका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा परीक्षण गरिएको प्रयोगशाला रिपोर्टको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।...
नेपालमा थप ५७४३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ५७४३ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक ५ नेपालमा आज थप पाँच हजार सात सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २० हजार एक सय १८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार ९९६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९९ हजार ६०५ पुगेको छ । अब नेपालमा ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१ पुगेको मन्त्रालयले जनाएको छ ।...
प्रहरीलाई हतियार देखाउँदै भाग्ने १ जना घाइते

प्रहरीलाई हतियार देखाउँदै भाग्ने १ जना घाइते

समाचार
पूर्णपुष्टि, कात्तिक ५ बारामा प्रहरीलाई गोली हान्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बुधबार दिउँसो साढे ३ बजे सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलमा ड्युटिमा रहेको प्रहरीमाथि पेस्तोल हान्ने भारतीय नागरिक २८ वर्षीय बृजकिशोर कुशवाहलाई गोली हानेर पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहमाथि शंका लागि प्रहरी टोलीले रोक्न खोज्दा प्रहरीलाई लक्षित गरी पेस्तोल पड्काएपछि प्रहरीले १ राउण्ड जवाफी फायर गर्दा कुशवाहको बाया पाखुरामामा गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर घाईते भएपछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । कुशवाहको अहिले सिम्रौनगढको कंकाली पोलिक्लिनिकमा उपचार गराएको छ । साथबाट पेस्तोल र त्यसमा लोड भएको ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।...
दशैँपछि मात्रै तातोपानी नाका खुल्ने

दशैँपछि मात्रै तातोपानी नाका खुल्ने

समाचार
पूर्णपुष्टि, कात्तिक ५ तातोपानी नाका दशैँपछि मात्रै खुल्ने भएको छ । स्थानीय स्तरमा भएको अनौपचारिक छलफलमा चिनियाँ पक्ष नाका खुलाउन सहमत भए पनि आवश्यक तयारी गर्दा दशैँपछि नाका खुल्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । नाका सञ्चालनको मिति किटान गर्न भने बिहीबार चिनियाँ पक्षसंग छलफल हुने भन्सार कार्यालयले जनाएको छ । दशैँलगत्तै नाकाबाट व्यापार नियमित हुने भन्सारले जनाएको छ । तीन महिना बन्द भएर गत १९ असोजमा नाका खुले पनि चीनतर्फ सामान लोड गर्न गएका ७ जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएपछि सञ्चालनको दोस्रो दिनमै नाका ठप्प भएको थियो । अब भने चिनियाँ पक्षले नेपालमा नै सामान ल्याइदिने गरी तयारी थालिएको छ । चीनले नै तयार गरेको नेपालतर्फको भन्सार यार्डसम्म सामान ल्याइदिने सहमति भएको जनाईएको छ  । नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ गर्ने काम भइर...
राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

समाचार
पूर्णपुष्टि, कात्तिक ५ राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि आज राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । पोखरीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वाससमेत व्यक्त गर्नुभयो । सबै सांस्कृतिक सम्पदालाई मौलिक स्वरुपमा निर्माण गर्न सक्षम हुने आशासमेत उहाँले व्यक्त गर्नुभयो । करिब तीन सय वर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै सांस्कृतिक महत्त्व भएको राष्ट्रिपति भण्डारीले बताउनुभयो । रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुरानै शैलीमा निर्माण हुनुले प्राकृतिक सम्पदाको संरक्षण भएको पुष्टि हुने पनि उहाँले बताउनुभयो ।...
लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

समाचार
सुनसरी, कात्तिक ५ सुनसरी कोशी गाँउपालिका–१ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन । कोगापा–५ का ३८ बर्षीय अशोक यादव र भारतको जिल्ला सुपौल त्रिवेणि ग्रामपञ्चायत १ का २२ बर्षीय सन्तोष कुमार यादव पक्राउ परेको प्रहरीले जनाएको छ । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले को १७ प २८१९ नम्बरको मोटरसाईकलमा आइरहेका अशोक र अर्का भारतिय नागरिक सन्तोषलाई आज विहान ६ बजे नियन्त्रणमा लिएर चेकजाँच गर्दा ३५ बोतल डाईलेक्स डिसी र एक हजार ८० स्पास्मो प्रोक्सिभन ट्याब्लटे फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
राष्ट्रपति भण्डारीको २ महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

राष्ट्रपति भण्डारीको २ महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

समाचार
पूर्णपुष्टि, कात्तिक ५ राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम कोषमा हस्तान्तरण गरेकोे जानकारी दिएको छ ।...
नाइजेरियाको लागोसमा अनिश्चितकालिन कर्फ्यु

नाइजेरियाको लागोसमा अनिश्चितकालिन कर्फ्यु

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक ५ नाइजेरियाको लागोसमा अनिश्चितकालीन कफर््यू लगाईएको छ । नाईजेरियाको सबैभन्दा ठूलो शहर लागोसमा अनिश्चतकालका लागि कर्फ्यु लगाइएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । प्रहरी क्रुरताको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हानेको गोली लागेर झण्डै २० जनाको ज्यान गएको र ५० जना घाइते भएका प्रत्यक्षदर्शीलाई उदृत गर्दै जनाईएको छ । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको एम्नेष्टी इन्टरनेश्नलले आफूसँग ज्यान गुमाएकाहरुसँग जोडिएको प्रमाण रहेको दाबी गरेको छ । प्रशासनले गोलाबारीको यो घटनामा अनुसन्धान थालेको जनाएको छ । घटनापछि लागोससँगै अरु इलाकामा अनिश्चितकालका लागि कर्फ्यु लगाइएको जनाईएको छ ।...
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक ५ आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
एफएनसीसीआईको चुनावका स्थान तोकियो

एफएनसीसीआईको चुनावका स्थान तोकियो

समाचार
पूर्णपुष्टि, कात्तिक ५ नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । गत चैतमा हुनुपर्ने निर्वाचन कोरोना संक्रमणको कारण रोकिएको थियो । आगामी मङ्सिर ११ र १२ गते ५४ औ वार्षिक साधारण सभाको मिति तोकिएको छ । साधारणसभाको अन्तिम दिन अर्थात १२ गते निर्वाचन हुने महासंघले जनाएको छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष तथा अन्य पदहरुमा भने निर्वाचन हुनेछ । कार्यतालिका अनुसार तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइनेछ । महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरू गर्ने सूचनामा उल्लेख छ । कोरोना भाईरसको संक्रमण र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई द्धिष्टिगत गर्दै फरक–फरक ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले...